जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक गठन भएको खुशीयालीमा वीरगंजमा दिप प्रज्वलन गरिएको छ । जसपा लोकतान्त्रिक वीरगंज महानगर कमिटीका अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा बुधवार दिप प्रज्जवलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य रमेश कुर्मीले अब पार्टी पुरानै ठाउँमा फर्किएको बताए ।
एकअर्काको आरोप प्रत्यारोप र अन्तरद्वन्दका कारण पार्टीको मात्रै नभई सिंगो मुलुककै विकासमा बाँधा अड्चन आई पर्ने हुँदा पार्टीका नेतृत्व पंक्तिले लिएको निर्णय देश र जनताको हितमा रहेको सांसद कुर्मीले बताए ।
वीरगंज महानगर कमिटी अध्यक्ष सर्राफले आगामी दिनमा पर्सा जिल्लामा जसपा लोकतान्त्रिकलाई एक नम्बर पार्टी बनाउने जिकिर गरे । उनले भने, ‘यो पार्टीसँग सबल नेतृत्व छ, असल कार्यकर्ता छन् र यथेष्ट एजेण्डा छन् ।’ युवाहरुलाई रोजगारीको सृजना गर्ने र विकास निर्माणका कार्यहरुलाई तिव्रताका साथ अगाडी बढाउने बताउँदै अध्यक्ष सर्राफले चुनौती तथा बाधा अड्चनहरुको सामना गर्दै पार्टीका सांगठनीक संरचनाहरुलाई सशक्त बनाउने प्रतिबद्धता जनाए ।
दिप प्रज्वलन कार्यक्रममा पार्टीका जिल्ला सचिब राजेश साह, श्रीराम गिरी, नेता अनिरुद्ध कलवार, महिला नेतृ मुन्नी श्रीवास्तव, कृष्ण पटेल, नगर सचिब सञ्ज्य पटेल, नगर उपाध्यक्ष महमद भोला, युवा नेता सन्तोष गुप्ता, जितेन्द पटेल, राहुल शर्मा, सागर सर्राफ, अरसद शेख लगायतको उपस्थिती रहेको थियो ।