यस मध्य नेपालले आफनो पहिलो बार्षिक उत्सव मनाई रहदा विर्नाचनको माहौल थियो । आम जनतामा पविर्तनको जोश थियो । नेताहरुमा निर्वाचित जनप्रतिनिधि बन्ने आशा थियो भने आम जनतामा निर्वाचन पछि विकास र निकासको आशा थियो । जनताले स्थानीय तहका जनप्रतिनिधिलाई विकासका लागि मत दिएका थिए । २० वर्ष देखि नेतृत्व विहिन रहेका स्थानीय तहमा जनप्रतिनिधि आउदाँ आफनो गाउँठाउँको विकास हुनेमा विश्वस्त भएर उत्साहपुर्वक मतदानमा सहभागी भएको ४ वर्ष पुग्नै लागेको छ ।
पुरानाभन्दा पनि नयाँले केही गर्लान की भनेर नयाँलाई विश्वास गरेका थिए । आम जनताको समस्या बुझ्लान र हामी संगसंगै विकास गर्लान् भनेर सोचेका थिए । स्थानीय निकाय कर्मचारीको भरमा चलेको बेला आफुले पाएको दुःख, विकासको गतिमा भएको अवरोध हट्ला भनेर निर्वाचनमा होमिएका थिए आम जनता । निर्वाचन पछि विकास होला तथा विभिन्न गरिरोध र नाला तथा बाढीको निकास होला भनेर सोचेका थिए । तर अहिले विकास र निकास भन्दा पनि जनप्रतिनिधिहरु आपसी द्धन्द्धमा फसेका छन् ।
पर्सा जिल्लामा रहेका १४ जटा स्थानीय तहमा एक पछि अर्काे गरी विवादका घटनाहरु बाहिर आउन थालेका छन् । पर्सा जिल्लामा एक पछि अर्काे गरी मेयर र उपमेयरको विवाद बाहिर आउन थालेका छ । आफनै पार्टीका मेयरका विरुद्धमा समेत आरोप प्रतिआरोपमा लागेका छन । विकासकाको काममा लाग्नु पर्ने जनप्रतिनिधिहरु आफनो विलासीता तर्फ उन्मुख भएका छन । विकास निर्माणको काम भन्दा पनि आफनो स्वार्थको काममा बढी ध्यान दिन थालेका छन ।काम गर्लान् भनेर मत दिएको तर आपसी द्धन्द्धमा जनप्रतिनिधिहरु फस्न थाले पछि जनताहरु निराश बनेका छन र भन्न थालेका हामीलाई विकास र निकास देउ । आपसी द्धन्द्ध आफै मिलाउ । हुन पनि हो धेरै दिन पछि आफना प्रतिनिधि पाएका जनताले काम खोजेका छन् । जनप्रतिनिधिसंग अपेक्षा गरेका छन् । त्यसै हामीलाई विकास र निकास देउ, आपसी द्धन्द्ध आफै मिलाउ ।
स्थानीय तह र जनप्रतिनिधिसंग नागरिकका अपेक्षा धेरै भए पनि केही स्थानीय तहमा भने प्रमुख र उपप्रमुख तथा पार्टी कार्यकर्ता र जनप्रतिनिधि बिच विवाद देखिन थालेको छ । प्रमुख र उपप्रमुखको आपसी विवादका कारण विकास निर्माण र नितिगत काम गराईमा असहज भएको नागरिकले महशुस गर्न थालेका छन् । जनताको काम गर्नका लागि स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु विकास निर्माणको काम भन्दा पनि आन्तरिक द्धन्द्धमा फस्दा जनताको काममा बाधा पुग्न थालेको छ । निर्वाचनको समयमा गर्नै नसक्ने वाचा गर्ने तर अहिले आएर काम गर्नुको सट्टा विभिन्न आपसी झगडा गरेर जनतालाई डाटने काम भईरहेको आम नागरिकको बुझाई छ ।
स्थानीय तहले जनताको काम गर्नुको सट्टा विभिन्न वहाना बनाएर जनतालाई ठग्ने काम भएको आम बुझाई छ । हुन पनि हो निर्वाचन भएको ४ वर्ष हुनै लाग्दा स्थानीय तहको काम कार्वाहीले गति लिन सकेको छैन । वाचा अनुसारको काम अगाडी बढन सकेको छैन बरु वाचा नै नगरेको करको भारले चर्चा पाएको छ । विकासका लागि भनेर मत लिएकाहरु अव विकास र निकास तिर अगाडी बढनु पर्छ ।
पछिल्लो असारको १० गते बसेको परिषद आज सम्म सम्पन्न हुन सकेको छैन । जनताको आखाँमा छारो हान्नका लागि परिषद शुरु भएको समाचार बाहिर दिने तर आज सम्म किन सम्पन्न हुन नसकेको भनेर जानकारी मांग समेत नदिने यो कस्तो नियत हो जनप्रतिनिधिको ? परिषद भयो भनेर बाहिर आयो तर पछिबाट परिषद किन हुन नसकेको भनेर वडाअध्यक्षहरुले निवेदन दिएको समाचार सुन्दा आम जनताले के सोच्ने ? विकासका र निकासका मुद्धालाई छोडेर कता हराए हाम्रा जनप्रतिनिधि ? हामीले विकास र निकासका लागि मत दियौ अव खबरदारी गर्ने पालो । विकास र निकासका लागि हाम्रो खबरदारी गर्ने हो की ?