पूर्वी र मध्य अमेरिकाको रैथाने प्रजाति अहिले नेपालको वनजंगलमा मिचाहा प्रजाति बनेर फैलिएको छ । यतिखेर मनसुन वर्षाको समयमा पूर्व मेची देखि पश्चिम महाकाली सम्मको सडक छेउछाउको जंगलमा अरुबोट विरुवा (रैथाने)उम्रन, हुर्कन नपाउने गरी लहरे वनमाराले ढपक्कै ढाकेर वन क्षेत्रलाई हरियो पारेको छ । हरियो वन नेपालको धन भन्ने उक्तिलाई चुनौति दिदै नेपालको वन जंगलमा लहरे वनमाराको शान बन्न पुगेको छ । लहरे वनमाराले डरलागदो परिस्थिति कायम गरेको छ ।
विश्वको दुश्मन लहराको रुपमा परिचित लहरे वनमाराले नेपालको वनजंगलमा विध्वंस मच्चाइ रहेको छ । रैथाने प्रजाति लगभग नष्ट पारिसकेको छ । नयाँ बोट विरुवा उम्रन, बढ्न नदिने र बढेको रुखलाई पनि पुरा ढाकेर मारिदिने गरेको छ । नेपालमा नयाँ प्रजाति मिचाहा प्रजाति का वनस्पतिहरु केही दशक देखि वनजंगलमा फष्टाइ रहेका छन् । लहरे प्रजातिको वनमारा वनविनास गर्ने बलियो अस्त्र बनेको छ । लहरे वनमाराको प्रकोप ग्रस्त क्षेत्रमा जैविक विविधतामा उल्लेख्य ह्रास आएको छ । आयातित प्रजातिहरु नेपालमा थुप्रै छन् । आयातित प्रजातिहरु सबै वनमारा प्रजातिका छन् । लहरे वनमारालाई विकराल रुपमा फैलिन नदिन सबै क्षेत्रका सबै मानिस बेलैमा सचेत हुनु पर्दछ ।
वनजंगलको रुख विरुवाले हामीलाई बाँचनका लागि आवश्यक पर्ने श्वास फेर्नका लागि अक्सिजन उत्पाख गर्दछ । अक्सिजन बिना हामी एक् क्षण पनि बाँच्न सक्दैनौ । बोट विरुवा रुखको दुश्मन लहरे वनमारा मासिनको पनि दुश्मन बनेको छ । दुश्मनका विरुद्ध बेलैमा मुकाविला गर्न जरुरी छ । लहरे वनमारालाई मारेर बोटविरुवा हुर्कने, बढ्ने वातावरण नबनेसम्म वातावरण सन्तुलन, प्राकृतिक सन्तुलन हुन सक्दैन । लहरे वनमारा निश्चित परिस्थितिकीय वातावरणमा मात्र विस्तार हुने गर्दछ ।
मिचाहा प्रजाति भनेको एउटा जीव वोट विरुवा, जविजन्तु, फङ्गस वा ब्याक्टेरिया हो । जो रैथाने होइन तथा जस्ले हाम्रो अर्थतन्त्र, वातावरण र स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्दछ । जैविक विविधता संरक्षणको सन्र्भमा वनजंगल, बास स्थानको विनाश पछिको दोश्रो सबैभन्दा ठूलो चुनौति मिचाहा प्रजातिका बोटविरुवा र जीवजन्तु नै हुन । आयातित प्रजाति त्यस्ता बोटविरुवा, जीवजन्तु र सुक्ष्म जीव हुन जसलाई आफ्नो प्राकृतिक अवस्थाको हद भन्दा बाहिर ल्याइ नयाँ क्षेत्रमा स्थापित गरिएको हुर्काइएको हुन्छ । लहरे वनमारा मिचहा प्रजाति नेपालमा विभिन्न नामले चिनिन्छ । लहरे वनमाराको फूल फूल्छ । लहरा भूइमा लत्रिन्छ र साहारा पाएमा रुखमाथि चढेर फैलिन्छ । ५०० मि.मि भन्दा बढी वार्षिक वर्षा हुने र १२०० मिटर उचाइ भएको स्थानमा फैलिने लहरे वनमारा अब रैथाने प्रजाति बन्न पुग्दैछ । हावा, पानी, जीवजन्तुको ओहर दोहर, सामानहरुको ओसार पोसार आदिको माध्यमबाट लहरे वनमाराको बिउ छोटो समयमा ठूलो क्षेत्रमा प्रशारण हन सक्छ ।
लहरे वनमाराले रैथाने सम्पूर्ण वनस्पतिलाई विस्थापित गरी विकराल समस्या ल्याइ सकेको छ । चितवन राष्ट्रिय, निकुञ्ज लगायत सबै क्षेत्रमा बुटेन, मझौला तथा ठूला रुखलाई समेत वनमाराको लहराले टुप्पो सम्म ढाकेको पाइन्छ । यतिखेर वनजंगलमा लहरे वनमारा बाहेक केही देखिदैन । यस लहरे वनमाराले सिमलको रुखलाई विलय नै गरेको छ । लहरे वनमाराले घाँसे मैदान, खाली ठाउँ सबै घेरिसकेको छ । लहरे वनमारा प्रति वन मन्त्रालय, वातावरण विभाग, वनस्पति विभाग तथा वातावरण विद्धले आवश्यक चिन्ता र चासो लिएको पाइदैन । विकराल समस्या आउन नदिन बेलैमा सबै सचेत हुन जरुरी छ । वनजंगलमा लहरे वनमाराले बाघ, गैडा, हात्ती, जरायो लगायत वन्य जन्तुको वासस्थानलाई प्रभावित पारेको छ । लहरे वनमाराले कृषि वालिमा किराको प्रकोप बढाउन मद्दत गर्दै आएक्को छ ।