बाराको सिमरामा कभर्डहल नहुँदा दैनिक हुने खेल अभ्यास प्रभावित भएको छ । कभर्डहल नहुँदा दैनिक खेलाडीहरुले खेल खेल्न पाएका छैनन् । त्यसैले पनि त्यहाँका खेलाडीहरुलाई कभर्डहलको आवश्यकता खड्किएको हो ।
राष्ट्रियस्तरको सिमरा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिने सिमरा रंगशालामा कभर्ड हल नहुँदा विशेषतः कराँते, तेक्वान्दो लगायतका इनडोर खेलका खेलाडीलाई समस्या भएको छ । खुल्ला आकाशमुनी खेल अभ्यास गर्नु पर्ने बाध्यता बर्षात्को समयमा निकै प्रभावित भएको खेलाडीहरुले गुनासो गरे । पानी पर्दा होस् वा हावाहुरी चल्दा ओत लाग्ने कभर्डहल नहुँदा प्रशिक्षक सहित अभ्यासरत बालबालिकालाई झन समस्या भएको उनीहरुले तर्क गरे ।
६ वर्ष माथिका बालबालिका जो हरेक दिन बिहान ५ बजे सिमरा रंगशाला पुगेर ७ बजेसम्म अभ्यासमा जुट्छन् । तर मौसममा आएको परिवर्तनले ओत खोज्दै खेलाडीको भागाभाग हुने गरेको नेपाल सितोरियो कराँते संघ सिमराका मुख्य प्रशिक्षक सानु पटेलले बताए । आम्दानीको माध्यमभन्दा पनि राष्ट्रिय प्रतिष्ठाको विषय तथा स्वास्थ जीवनको पर्याय बनेको खेल खेल्न नपाउनु बिडम्बना भएको उनको तर्क छ ।
दुई जना महिला सहकर्मी तथा एक जना सहायक प्रशिक्षकसँगै बिहानको २ देखि ३ घण्टाको समय र उर्जा लगानी गरेर सिमरा रंगशालाको एक कुनामा ७५ जना खेलाडीलाई उनीहरुले कराँते सिकाइरहेका छन् । न्युन शुल्कमा कराँते सिकाईरहेका प्रशिक्षकहरु त्यो रकमबाट पनि न्युनतम रकम बचाएर जम्मा गर्ने र प्रतियोगिताहरुमा सहभागिता जनाउन जाँदा त्यसैबाट खर्च जोहो गर्ने तर्क गर्छन् ।
रंगशालामा कभर्डहल नभएकोमा झाडीहरुका हेर्दै त्यसको छाँयामा खेल अभ्यास गर्नु परेको सहज स्थिति उनीहरुले खुलासा गरे । म्याटमा खेल्नु पर्ने खेलका लागि समथर जमिन समेत नहुँदा खेलाडीहरुको शारिरिक सन्तुलन नमिल्ने लगायतका समस्या हुने गरेको प्रशिक्षक पटेलले बताए । ‘स–साना बालबालिकाहरुका लागी झाडी वा चौरमा अभ्यास गराउनु असुरक्षित हुन्छ । व्यवस्थित शौचालय र खानेपानीको असुविधा, अधुरो शौचालयका कारण महिला खेलाडीहरु बिषेशतः पिडित छन् उनले भने । तर सम्बन्धित सरोकारवालाले चासो नदिँदा जोखिम र समस्याकै बीच अभ्यास गराउनुको विकल्प नभएको उनले बताए ।
आफ्नो ठाउँ तथा देशको पहिचानसंगै आत्मसुरक्षाका लागी अति महत्वपूर्ण यस्ता खेललाई अन्य खेल सरह प्राथमिकता नदिएकोमा प्रशिक्षकहरुले निकै गुनासो गरे । मुलुकले उच्च पदक प्राप्त गर्ने यस्ता खेललाई सम्बन्धित निकायले वास्ता नगरेको खेलाडीहरुले पनि बताए । पछिल्लो समयमा स्थानीय सरकारहरु सर्वेसर्वा भए पनि जितपुरसिमरा उपमहानगरपालिकाले समेत फुटबल, क्रिकेट जस्ता खेलका लागि मात्र बजेट विनियोजन गरेको उनीहरुको भनाइ छ । इनडोर खेललाई बेवास्ता गर्दा पछिल्लो समयमा खेलाडीहरुको मनोबल गिर्न थालेको खेलाडीहरुले तर्क पनि गरे । खेल सामग्रीको अभावमा दाताहरुको सहयोगले प्रतियोगिता भइहाले पनि प्रभावकारी अभ्यासको कमीले दक्ष खेलाडी उत्पादन हुन नसक्दा पराजित भएर चित्त बुझाउनु पर्ने बाध्यता रहेको प्रशिक्षक पटेलले पनि तर्क गरे ।
जग्गा भने कभर्डहलको लागि नभएको होइन
सिमरा रंगशालामा कभर्ड हल निर्माणका लागि जग्गा भने छुट्याइएको छ । तर हल निर्माणमा लागि छुट्याईएको बजेट समेत उपमहानगरले सडक स्तरोन्नतिमा रकमान्तर गरेपछि खेलाडीहरु बिलखबन्दमा छन् । उप–महानगरपालिकाले गत आ.व. २०७७/२०७८ मा सिमरा र भलुही कभर्डहल निर्माण शिर्षकमा छुट्याएको ३० लाख रुपैंया वजेट रकमान्तर गरी बाटो ढलान गरेको खेलाडीहरुले दावी गरे । यो तथ्य बुझ्न जाँदा कुनै जवाफ नपाएको उनले गुनासो गरे । रंगशालामा कभर्डहल निर्माण गर्नका लागि जितपुरसिमरा उपमहानगरले २०७४ सालमा २५ लाख रुपैया बिनियोजन गरेको थियो । त्यो रकमले हल बनाउने क्षेत्रमा पर्खाल लगाउने काम मात्रै भएको छ । थप बजेट नआउँदा कभर्ड हलले पूर्णता नपाएको नव जन जागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीले बताए ।
रंगशाला वरिपरि निर्माण भैरहेको प्याराफिटका लागी २०७७ सालमा युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत राष्ट्रिय खेलकुद परिषद् राखेपले दिएको २ करोडमा बोलपत्र आह्वान गर्दा १ करोड ७० लाखको टेण्डर स्वीकृत भएपछिको बाँकी रकमबाट शौचालय तथा क्यान्टिन भवनको सुरुवात गरिएको उनको भनाइ छ । यो र त्यहाँ बन्दै गरेको अधुरो शौचालय र क्यान्टिन भवन नै खेलडिहरुको ओत लाग्ने ठाउँ बनेको छ । रंगशालाको स्तरोन्नतिको रुपमा उपमहानगर र क्लबको संयुक्त लगानीमा फारलाइट समेत जडान गरिएको छ । कोरोना माहामारिका बिच यहि बैशाखमा सम्पन्न ११ औं जितपुरसिमरा गोल्डकप रातीको समयमा खेलाउन फारलाइट जडान गरिएको थियो ।
रंगशालाको स्तरोन्नतिका लागी स्थानीयदेखि केन्द्रियस्तरसम्म पनि बजेट ल्याउन प्रयासरत रहेको नव जन जागृति युवा क्लवको दावी छ । खेलकुदको विकासमा स्थानीय तहको भूमिका नै महत्वपूर्ण हुने हुँदा पनि स्थानीय तहको तुलनामा जितपुरसिमरा उपमहानगरमा नगर खेलकुद विकाश समिति समेत गठन हुन नसक्नु बिडम्बना भएको क्लवका महासचिव ठकुरीले बताए ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)