झण्डै २ वर्ष अगाडी लिएको वहाँको अन्तरवार्ताले अझै उर्जा जागरित हुन्छ । यस्तो थियो वहासँग गरिएको कुराकानीको निचोड :
अधिकारको बहस र न्यायको लागि दिनरात लडिरहने वीरगंजकी एक महिला अधिकारकर्मी जब घर फर्किन्छिन् तब घरको चुलोमा आगो बाल्ने दायित्व पनि उनकै काधमा आउँछ हरेक दिन । उनले घरमा खानाको प्रबन्ध पनि आफैले गर्नुपर्छ यो त उनको हरेक दिनको दिनचर्या नै हो । कार्यक्रम तथा प्रहरीमा जाने बेलामा त उनका अरु पनि साथीहरु हुन्छन् । तर आउने बेलामा एक्लै हुने उनीसँग कहिले काही त रिक्सा भाडा समेत हुदैन । अर्काको अधिकार र न्यायको बहस गर्ने उनलाई अफ्नै लागि बहस गर्ने आवश्यकताले कुनै समयमा ठूङ्ग मारे जस्तो हुन्छ ।
वर्तमानका मानिसलाई १५ औ सन्तानको रुपमा वि.सं. २०२२ सालमा उनी जन्मिएकी हुन् भन्दा उति विश्वास नलाग्न सक्छ । तर नवलपरासीको राम ग्राममा बुवा शेषनारायण पौडेल र आमा लक्ष्मीदेवीको कोखबाट १८ औ सन्तानमध्येकी १५ औं सन्तानका रुपमा जन्मेकी राजकुमारी उपाध्यायको बाल्यकाल संयुतm परिवारमा नै वितेको पाइन्छ । सामान्य आर्थिक स्थिति भएर पनि छोराछोरीमा धनी उनका बुबाले सबै सन्तानलाई पढाएकैले उनले पनि २०३५ सालमा आदर्श मा.वि. परासीबाट एस एल सी दोस्रो श्रेणीमा उर्तीण हुने अवसर पाएकी रहिछन् । बुबा पेशाले अधिवतmा तर आमा भने गृहिणी नै थिइन् । वि.सं. २०३६ सालमा जनकपुर घर भई परासी कृषि सामाग्री संस्थानमा नायव सुब्बा पदमा कार्यरत ऋषभराज शर्मासंग राजकुमारी विवाह बन्धनमा बाधिन पुगेकी उनको वीरगन्ज बसाइ भने २०३९ साल यता भएको रहेछ । जानकी मन्दिरका पूजारी समेत रहेका ससुरा श्री पुन्य प्रसाद शर्माको दुईवटा विवाह भएकोले जेठी तर्फका छोरा ( श्रीमान्) लाई घरमा बस्न नदिए पछि जनकपुरको बसाई छोडेर नवयुगल वीरगंजमा सरेको अतितलाई सम्झदै राजकुमारीले बताइन् । वीरगंज मालपोत कार्यालयमा जेठाजु कार्यरत रहेकोले वीरगन्ज आएपछिका केही दिन उनीहरु दुवै उहाँसँगै बसी पछि डेरामा बस्न थालेको र हालसम्म निरन्तर डेरामा बस्दै आएको उनको कथन छ ।
श्रीमानको सरुवा पनि पछि रौतहटमा भए पछि भने श्रीमान्कोे बसाई गौर र वीरगंजमा हुन थालेको थियो । उनको एक छोरी र तीनजना छोराहरु छन् । छोरा छोरी सानै भएको र कमाई कम भएको कारण उनलाई दैनिकी चलाउन एकदम गा¥हो थियो । त्यसै बेला श्रीमान् बढी पैसा कमाउनका लागि सरकारी जागिर छाडेर भारत तर्फ लागेको तर्क गरिन् । श्रीमान् भारत लागेपछि घर परिवार चलाउनका लागी उनले चप्पल कारखाना, मोज्जा कारखाना र ज्योती फर्ममा काम गरेको उनको अतित छ । त्यही क्रममा भने एमाले निकटको भातृ संगठनमा रहेर काम गर्न पुगेकी राजकुमारी पछि अनेमसंघको नगर कमिटी अध्यक्ष समेत भएको बताइन् । संगठनमा लाग्ने र समस्यामा परेकाहरुको काममा अग्रसर हुने उनको पहिले देखिको बानीले पछि जिल्ला महिला अधिकार मंच पर्साको समेत अध्यक्षकोे जिम्मेवारी सम्हाल्ने मौका जुरेको र यसै क्रममा मानव अधिकार संरक्षक संजालको सल्लाहकार भएको उनको विगतको गोरेटोले वर्तमानको अवस्थासम्म ल्याइ पु¥याएको पाइन्छ ।
किड्नीको खराबीले २०६५ सालमा पतिको मृत्युपछि उनको घरायसी जिम्मेवारी झन् पूरै आफ्नो टाउकोमा आइपरेको उनले तर्क गरिन् । घरायसी जिम्मेवारीसँगै सामाजिक काममा पनि उनले आफ्नो निरन्तरतालाई कम गरिनन् । अधिकारको क्षेत्रमा काम गर्दै गर्दा भने अनेकाखालका चुनौतीहरु आएको उनसँग तितो अनुभव छ । सामाजिक सेवा र अधिकारको क्षेत्रमा काम गर्ने जो कोहीलाई पनि नेता भनेर अरुले सम्बोधन नगर्न उनको सुझाव छ । पहिलेको अधिकारकर्मीको पनि धेरै काम र सामाजिक सेवाको क्षेत्रमा राजनीतिकर्मीले स्थान ओगटे पनि पछिल्लो समयमा राजनीतिकर्मले सर्व साधारणको हितको पक्षमा उति सेवा मुलक कार्य सम्पादन गर्न नसकेको उनको बुझाइ छ । समाजमा अनेक प्रकारका सामाजिक विभेद र सस्यामा परेका व्यक्तिको अधिकारका क्षेत्रमा काम गर्ने शिलशीलामा प्रहरी कहाँ नपुग्दै घर परिवार र समाजमा नै बसेर धेरै पीडितको समस्या समाधान गर्न सफलता मिलेको उनको अनुभव छ । प्रहरी कहाँ गएर भए पनि कतिपय महिलाको समस्या समाधानका लागि उनले सहजीकरण गर्दै आएकी छन् । नेपाल सरकार, राजनीतिक दल, बिभिन्न गैर सरकारी संघ संस्था, सबैले महिलाकै क्षेत्रमा काम गर्छौं भनेर प्रायः हरेक दिन जसो आउने दिवसहरुमा चर्का नारा लगाउने र जुलुस, सभा, समारोह, गोष्ठी गर्ने गरे पनि कुनै पीडित व्यक्ति तथा महिला सहयोगको याचना गरेर आउँदा भने त्यस्ता व्यक्तिहरुले सहयोग गर्नुको साटो आफू व्यस्त रहेको, भोली आउछु, बाहिर छु, प्रहरी कहाँ जानुस् जस्ता जवाफ दिएर पन्छिने गरेको धेरैको वास्तविकता उनलाई राम्रैसँग थाह छ ।
महिला अधिकारका लागि बिशेषतः काम गर्दै आएकी राजकुमारीले घरपरिवार र समाजबाट पीडित महिला एक्लै प्रहरीमा जाँदा प्रहरीले उल्टै घरायसी झगडा घरमा नै मिलाउनुस् तपाईको लागि मात्रै हामी बसेको होईन जस्ता कुरा गरेर पीडितको कुरामा नूनचुक लगाइदिने गरेको कुरा पीडितले उनीसँग पुगेर गुनासो गरेको धेरै उदाहरण भएको उनले तर्क गरिन् । सभा सम्मेलनमा भाग लिने धेरैले पीडित महिलासंग बसेर सेल्फी खिच्दै हाय हेल्लो गर्दै हिड्न सबै तयार भए पनि पीडित महिलाको पक्षमा सम्बन्धित निकायमा गएर न्यायको लागि वकालत गरिदिने भने कमै हुने गरेको तथ्य राजकुमारीले राम्रैसँग देखेको सुनाइन् । यहाँसम्मकी पीडितसंग पैसाको बारगेनिङ्ग गर्न सकेत केही त पछि नपरेको उदाहरण उनले दिइन् । महिलाको क्षेत्रमाकाम गर्छु म अधिकारकर्मी हँु भनेर आउने जो कोहीलाई पनि सम्बन्धित निकायले छानबिन गर्न अत्यन्त जरुरी रहेको उनको बुझाइ छ । यहाँ महिलाको नाममा धेरै नै चलखेल भईरहेको छ । अन्यायमा परेको कतिपय महिलाहरुले न्याय पाउनुको सट्टा झन् हिंसामा परिरहेका हुन्छन् उनले भनिन् ।
अहिलेको समयमा महिला मात्रै हिंसामा परेका छैनन् । कतिपय ठाउँमा पुरुष पनि पीडित भएका छन् । तर पुरुषहरुले पनि पीडितको पक्षमा डटेर आवाज उठाएको भने उति देखेकी छैन । महिला र पुरुष एक रथका दुई पांग्रा हुन् । महिला विना पुरुष र पुरुष विना महिलाको जिवनको कल्पना पनि गर्न सकिदैन । त्यसैले जो कोहि महिला या पुरुषलाई हिंसा गर्नु न्यायसँगत नभएको उनको बुझाइ छ । जो कोही होस् हिंसामा परेकालाई समान रुपमा न्याय सम्पादन हुनुपर्छ अधिकारकर्मी राजकुमारीको भनाइ छ ।
२०७३ साल कार्तिक ६ गते अधिकारकर्मी राजकुमारी उपाध्यायसँग मध्य नेपालले गरेको कुराकानी ।
२०७४ सालमा अश्विन महिनामै उनि बोक्सीको आरोपमा यातना खेपिन् राजकुमारी उपाध्याय मै अधारीत एक वृतचित्र :-