वीरगंजमा कृष्ण जन्माष्टमी धुमधामका साथ मनाईएको छ । विश्व हिन्दु परिषदको ५७ औं अन्तराष्ट्रिय स्थापना दिवसको अवसरमा परिषद्दले सोमबार वीरगंजमा शोभायात्रा निकाली श्री कृष्ण जन्माष्टमी मनाएको हो ।
वीरगंज १० गहवाबाट निकालिएको शोभा यात्रा रेल्वे रोड हुदै विर्ता, अलखियामठ, आर्दशनगर, घडिअर्वा, माईस्थान, घण्टाघर हुदै पुन गहवाको श्रीकृष्ण मन्दिरमा परिणत भएको थियो । शोभायात्रामा सहभागिहरुले भगवान श्रीकृष्ण, जय श्री राम, हर हर महादेव लगायत धार्मिक नारा लगाउँदै उत्साहपूर्वक यात्रा सम्पन्न गरेका थिए ।
शोभायात्रा सम्पन्न पश्चात श्रीकृष्ण मन्दिरमा आयोजित एक सभालाई सम्बोधन गर्दै विश्व हिन्दु परिषदका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले आज निकालिएको शोभायात्रा हिन्दु धर्मावलम्बीहरुको लागि ऐतिहासिक र गर्भको कुरा भएको बताए । ‘समाजमा रहेको विभिन्न जातजातिका हिन्दु हामी एकआपसको सहोदर दाजु भाई नै हो, उनले भने, ‘ विश्व हिन्दु परिषदको दृष्टीमा कुनैपनि समुदाय सानो ठूलो छैन सब सम्मान रुपमा रहेको हुनाले आफनो धर्म संस्कृति जोगाउँन सम्पूर्ण हिन्दु समाज एकजुट हुनुपर्छ । ’बैद्धिक सनातन धर्म यस्तो धर्म होे, जहाँ हामी आमालाई पुजा गर्छौ, ‘ नेपाल एउटा यस्तो पवित्र भुमि हो जहाँ हामी कन्यालाई पुजा गछौ महासचिव सिंहले भने, विश्वको ऐतिहासिक चिनारी पनि हो यसको संमरक्षण गर्न पनि हाम्रो कर्तव्य रहेको हुनाले सम्पूर्ण हिन्दुसमाज एकजुट भएर सनातन धर्मको रक्षा गर्नुपर्छ । ’
वीरगंज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा निकालिएको शोभा यात्रामा विश्व हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष ओम प्रकाश साह, जिल्ला सचिव कृष्ण मोहन सहाय, वीरगन्ज महानगर अध्यक्ष बृजेश मल्लिक, जिल्ला सदस्य मोहन पटेल, अजय सिंह लगायतको स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।
परिषदको कार्यालय एक कार्यक्रम विच आजै उद्घाटन गरिएको छ । वीरगंज गहवा स्थित भिमसेन मन्दिर अगाडी रहेको परिषदको कार्यालय विश्व हिन्दु परिषद नेपालका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले विधिवत रुपमा पुजापाठ गरी उदघाट्न गरेका हुन ।
कार्यक्रममा हिन्दु स्वयंसेवक संघका राष्ट्रिय प्रचारक बेद प्रकाश जी, संघका जनकपुर सम्भाहक रन्जीत साह, परिषदका युवा कार्यकर्ता अमन साह, सागर सर्राफ, राज सोनी लगायतको युवाहरुको सहभागिता रहेको थियो ।

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)