वीरगंज । श्री श्री गोपाल सेवा समिति एवम् पर्साका यदुबंश धुमधामका साथ श्री कृष्णको जन्माष्टमी मनाउँदै छन् । पर्साका यदुबंश एवम् गोपाल सेवा समितिले विभिन्न पूजा, पाठ, आराधना गरी वीरगंजको पानीटंकीस्थित कृष्ण जन्माष्टमी मनाईरहेका हुन् । यही भाद्र १४ गतेदखी कृष्णको ५२४८ औं जन्माष्टमीको अवसरमा विभिन्न कथा, भजन, किर्तन, प्रसाद वितरण र संस्कृति कार्यक्रम गरी जन्माष्टमी मनाईरहेको श्री श्री गोपाल सेवा समिति पर्साका अध्यक्ष बिरेन्द्र यादवले बताए ।
प्रत्येक वर्ष झै यस वर्ष पनि कृष्ण भगवानको जन्मको उत्सवमा विभिन्न संस्कृषि कार्यक्रम, भजन, किर्तन, प्रसाद वितरण, भोज भतेर गरी धुमधामका साथ मनाईरहेको अध्यक्ष यादवले बताए । भजन, किर्तन, गीता पाठ गरी राती १२ बजे भगवान कृष्णका जन्म हुन्छ । जन्म पश्चात प्रसाद वितरण गरिने गरिन्छ । यो कार्यक्रम निरन्तर ६ दिनसम्म हुने गरेको उनले बताए ।
कलयुगको सबैभन्दा साक्षात भगवान कृष्णसंग यदुवंशको परिवारीक सम्बन्ध रहेकोले हामी वर्षेनी घरपरिवारको साथमा श्री कृष्णको जन्मउत्सव मनाउने गरेको उनको भनाई छ । यदुबंश समुदायका माता देवकी र बुवा बुबा बासुदेवको कोखबाट श्री कृष्णको जन्म भएकोले हामी पनि यदुवंश भएको नाताले वर्षेनी धुमधामका साथ जन्म उत्सव मनाउँदै आएको उनले बताए ।
हामीले वीरगंजको रानीघाटस्थित ज्योति क्लोनीमा २ कठ्ठा ६ धुर जग्गा धर्मशाला र छात्रावास बनाउनको लागि खरिद गरेको बताए । आमागी दिनमा त्यहाँ सबै कुराको व्यवस्थापन गरी श्री कृष्ण भवगानको जन्माष्टमी मनाईने अध्यक्ष यादवले बताए ।
आज मंगलबार दोस्रो दिन प्रदेश नं. २ की अर्थराज्य मन्त्री उषा यादव लगाायत पर्साका विभिन्न यादव परिवारको उपस्थितिमा भगवान कृष्णको पुजापाठ गरिएको श्री श्री गोपाल समित पर्साका कोषाध्यक्ष रामबडाई यादवले जानकारी गराए ।