वीरगंज । परीक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन अखिल क्रान्तिकारी जितपुर सिमराले माग गरेको छ ।
अखिल क्रान्तिकारीले जीतपुर सिमरा उपमहानगरपालिका र इलाका प्रशासन कार्यालय सिमरा मार्फत जिल्ला प्रशासन कार्यालय बारालाई ज्ञापन पत्र बुझाउँदै कक्षा १२ का परिक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन माग गरेको हो ।
अखिल क्रान्तिकारी जीतपुर सिमराका अध्यक्ष दिपेन्द्र यादवको नेतृत्वमा मंगलबार गएको विद्यार्थी नेताहरुले जीतपुर सिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक बाबुलाल सहनी र इलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकाल ज्ञापन पत्र बुझाउँदै खोप लगाउन माग गरेका हुन् ।
ज्ञपान पत्र बुझाउँदै अखिल क्रान्तिकारीका अध्यक्ष यादवले १२ कक्षाको परीक्षा तयारी गरिरहेका सबै परीक्षार्थीलाई कोभिड विरुद्धको भ्याक्सिन लगाएपछि मात्रै परीक्षा गरिने भनेर राष्ट्रिय परीक्षा बोर्डले भनिसकेको अवस्थामा जीतपुर सिमरा उपमहानगरपालिकामा परिक्षार्थीहरुलाई खोप लगाउन कुनै तयारी नदेखिएकोले ध्यानकार्षण गराइएको वताए ।
उनले भने ूबोर्डकै पहलमा कक्षा १२ को परीक्षा पर्खेर बसेका विद्यार्थीलाई प्रवेशपत्र देखाएर कोभिड विरुद्धको भ्याक्सिन दिने काम देशका विभिन्न स्थानमा भइरहेको छ । नजिकैको वीरगञ्ज महानगरपालिकाले समेत कक्षा १२ का परीक्षार्थीलाई भ्याक्सिन लगाउन सुरु गरिसकेको छ । तर जीतपुर सिमरा उपमहानगरपालिकाले भने यझै यसतर्फ कुनै सुनुवाई नै गरेकोले ज्ञापन पत्र मार्फत खोप लगाउन ध्यानाकर्षण गराएका हौं ।ू
राष्ट्रिय परीक्षा बोर्डले यही महिनाको अन्त्य वा असोजको पहिलो सातादेखि परीक्षा गर्ने तयारी गरिरहेको छ । सबै परीक्षार्थीलाई भ्याक्सिन लगाइसकेको निश्चित गरेपछि बोर्डले परीक्षा लिने निश्चित छ । तर जीतपुर सिमारा उपमहानगरपालिकाले विद्यार्थीलाई अहिलेसम्म भ्याक्सिनको व्यवस्था नगरिदिँदा आउँदो परीक्षा दिन पाउने हो कि होइन भन्ने चिन्ताले विद्यार्थीलाई पिरोल्न थालेको छ ।
कक्षा १२ को परीक्षा तयारी गरिरहेका विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गरी विद्यार्थीको भविष्यमा खेलवाड नगरिदिन अखिल क्रान्तिकारी जीतपुर सिमरा उपमहानगर कमिटी अनुरोध छ । उपमहानगरले भ्याक्सिन उपलब्ध नगराएकै कारण विद्यार्थीको परीक्षा छुट्ने स्थिति आउनु हुँदैन पनि ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएको छ ।
ज्ञापन पत्र बुझाउनमा अखिल क्रान्तिकारी जीतपुर सिमराका उपाध्यक्ष शशिकान्त चौधरी, श्यामकुमार पासवान, सचिव तोप बहादुर श्रेष्ठ९रवि०, कोसाध्यक्ष शुष्मा श्रेष्ठ, सह सचिव दिलशाद आलम, सदस्य प्रशांत बजगाई लगायतको सहभागिता रहेको थियो ।

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)