शिक्षा सबैका जिवनको लागि अपरिहार्य हो । शिक्षा एउटा यस्तो संवेदनशील शब्द हो, जसले प्रत्येक व्यक्तिको सर्वाङ्गीण विकास गर्दछ । शिक्षा विना मानिसको जीवन सार्थक हुन्छ भन्ने ठान्नु निरर्थक हुनेछ । शिक्षाले नै हरेक व्यक्तिको सोच्ने र स्तरीय काम गर्ने क्षमतालाई निखार्दछ । अझ मानिसको चेतनालाई सबल बनाउने काम नै शिक्षाले गर्दछ । त्यसै मध्ये वीरगंज निवासी पम्फा गिरी थापा विगत लामो समयदेखि विभिन्न क्षेत्रमा कार्यगरी सेवा दिदै आफुलाई पर्सा जिल्लामा चिनाउन सफल भई अझ केही गरु भन्ने उद्धेश्यले केही समयदेखि आर्चाय एकेडेमीको प्रिन्सीपल पदमा बसी गुणस्तरीय शिक्षा प्रदान गर्नु अति आवश्यक रहेको तर्क गरिन । बर्तमान समयमा शिक्षाको अवस्था, र शैक्षिक क्षेत्रलाई कसरी गुणस्तरिय बनाउन सकिन्छ भन्ने बिषयमा रहेर आजको यस अकंमा मध्य नेपाल सन्देशको लागी गरिएको कुराकानी :-
१) वर्तमान अवस्थामा निजी विद्यालयको शैक्षिक स्तर कस्तो छ ?
वर्तमान समयमा खास गरी तराई क्षेत्रमा दिनप्रतिदिन निजी विद्यालयको संख्या बढ्दो छ । जसले गुणस्तरीय शिक्षा दिनु भन्दा पनि शिक्षालाई व्यापारीकरण गरेको जस्तो मैले आभाष गरेकी छु । यस कारणले पनि सम्बन्धीत निकायले यस विषयमा छानविन गर्नुपर्ने गुणस्तरीय शिक्षा छ कि गुणस्तरहिन शिक्षा छ भनेर ? त्यसको मापन गरि कारर्वाही गर्नु आवश्यक छ कुनै कुुनै विधालयमा पहिला भन्दा धेरै नै राम्रो पनि छ । किनभने पहिला पहिला नीजि विद्यालयहरुमा मन्टेश्वरी ट्रेनिङ्ग प्राप्त शिक्षकहरु अनुभवी र दक्ष शिक्षक हुँदैन थिए । तर अहिले केही शिक्षकहरु तालिम प्राप्त अनुभवी शिक्षकहरु छन् । अहिले शिक्षाको क्षेत्रमा व्यक्तिहरुको संलग्नता पनि बढ्दो छ । त्यस्तै शिक्षाको स्तरमा पनि वृद्धि भएको छ । पठनपाठन शैलिमा पनि विषय केन्द्रित भई विद्यार्थी केन्द्रित पद्घतीको विकाश भईरहेको छ । यसैलाई आद्यार मानेर शिक्षाको स्तरलाई मापन गर्न सकिन्छ ।
२) नेपाल सरकारको नियममा प्रत्येक विद्यालयले जम्मा विद्यार्थीको १० प्रतिशत छात्रवृति गरिब असाहयलाई प्रदान गर्ने व्यवस्था छ । तर विद्यालयले आफन्त र सोर्स फोर्स भएको व्यक्तिलाई दिएको पाइन्छ नि ?
त्यस्तो त नहुनु पर्ने हो । सरकारले जुन कोटा छुट्याएको छ । त्यो अनुसारको सबैले पाउनुपर्छ । यसमा हामीले आफन्त भन्दा पनि जो साच्चै पढ्न चाह्न्छन् तर आर्थिक अभावले गर्दा शिक्षाबाट बन्चित छन त्यस्ता विद्यार्थीहरुलाई झन् बन्चित गर्नु हुदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।
३) तपाईको विद्यालयले दलित जनजाति भनेर छुट्याएर छात्रवृति दिनु भएको छ की ? सोर्स फोर्सबाट आएका विद्याथीहरुलाई दिनुभएको छ ?
सोर्सफोर्सबाट आउने विद्यार्थीलाईभन्दा पनि आर्थिक अवस्था कमजोर भएका दलित,गरिब जेहेन्दार फरक क्षमता भएका र छात्रबृतिका असली हक्दारलाई नै पहिलो प्रथमिकतामा राखेका छौ र प्रदान पनि गरेका छौ ।
४) तपाईले शिक्षासंग सम्बन्धित पेशालाई नै किन रोज्नु भएको हो ?
म पहिले देखिनै शैक्षिक क्षेत्रमा लाग्न चाहान्थे । पछि नर्सहरुले लगाएको पोशाक र उनिहरुको सेवा भावले म प्रभावित भए र नर्स पेसामा आबद्ध भए । मलाई समाज सेवा गर्न एकदमै रहर पनि थियो । पछि म शिक्षा संकायमा भर्ना भए । स्नातकोत्तर गर्न पनि सफल भए ।
विरामीहरुको सेवा गर्दागर्दै अब म आफैले केही गर्नु पर्छ भन्ने सोच आयो । नारीले केही गर्न सक्दिन भन्ने यो समाजलाई केही गरेर देखाउने अवसर जुटे जस्तो भो र मैले केही गर्न सक्छु भन्ने आत्मा विश्वास पनि बढ्यो । त्यस पछि मलाई के लाग्यो भने अब म आफै कुनै संस्था सन्चालन गरेर केही गर्छु यसरी म शैक्षिक क्षेत्रमा आबद्ध भए र मेरो बुबा पनि एउटा शिक्षक हुनुभएकोले धेरथोर उहाँ बाट पनि म प्रभावित भए र यो पेशामा आबद्ध भए ।
५) यहाँ महिला त्यसमा पनि शिक्षा क्षेत्रलाई अंगाल्दै आउदा कतिको अपठ्यारो महसुस भएको छ ?
चाहे ठूलो होस् या सानो काम गर्ने क्रममा चुनौती बाधाहरु आउछन नै । त्यस्ता बिग्नबाधा आएपनी मैले त्यस्लाइ एउटा अवसरको रुपमा लिएर हिड्ने गरेकी छु समस्यालाई आफैले लिएर हिड्दा समाधानका उपायहरु निस्किन्छन । त्यसैले म त्यस्ता समस्याबाट कहिल्यै विचल्लित नभै त्यस्को डटेर सामना गरि अगाडि बढिरहेकी छु ।
६) तपाईको विद्यालयले लिएको शुल्क अनुसारको शिक्षा दिन सकिरहनु भएको छ त ?
सबैभन्दा पहिला हामीले गुणस्तरीयता लाई बढी ध्यान दिएका छौ । बालमैत्री पूर्ण शिक्षा दिनुपर्छ भन्ने हाम्रो यस विद्यालयको लक्ष्य हो ।
हामीले विषय केन्द्रित भन्दा पनि विद्यार्थी केन्द्रित भएर पठनपाठन गराईरहेका छौ । गुणस्तरीय तलिम प्राप्त र अनुभवी शिक्षकहरु राखेका छौ । हाम्रो विधालय मन्टेश्वरी बेसमा आधारित छ । त्यसैले हाम्रो विधालयको वातावरण पुर्ण बालमैत्री छ । हामीले विद्यार्थीको संख्या भन्दा पनि शिक्षाको गुणस्तरमा बढी जोड दिएका छौ । अरु विद्यालयले पनि बालमैत्री भएरै शिक्षा दिनु पर्छ । किनभने विद्यालय भनेको यस्तो ठाउँ हो जहाँ बालबालीकाहरुले आफ्नो भविष्य निर्माण गर्छन । त्यसैले पनि हामीले उनिहरुको भविष्यसंग खेलवाड नगरी क्वान्टिटी भन्दा पनि बढी क्वालिटिमा फोकस गर्नु पर्छ ।
७) नीजि विद्यालय महंगो भएको गुनासो पटक पटक आउँदा पनि अभिभावकले बच्चालाई सरकारी विद्यालयमा पढ्न नपठाई नीजि विद्यालयमै पठाउनुको कारण यहाँको बिचारमा के होला ?
निजि विद्यालय महंङ्गा नै हुन्छन । किनभने विद्यार्थी भित्र रहेको आन्तरिक गुणहरुको प्रष्फुटन गराउनका लागि निजि विद्यालयले धेरै अतिरिक्त क्रियकलाप गराउने भएकाले गर्दा सरकारी विद्यालयको तुलनामा निजि विद्यालय बढी महङ्गा हुन्छन । यहाँ अनुशासन पनि हुन्छ । बिद्यार्थीहरुले राम्रो हेरचाह र गुणस्तरिय शिक्षा पाउँछन् भन्ने विश्वास अभिभावकहरुमा भएकाले जति महंगो भए पनि निजि विद्यालयनै सबैको रोजाई बन्न पुगेको हो ।
७) तपाई कसको हौसलाबाट स्कुल संचालन गर्न उत्साहित हुुनुभयो ?
सबै भन्दा ठूलो साथ र सहयोग भनेको परिवार को हो । मेरो घरपरिवारबाट नै सहयोग र साथ पाएर म यो स्थान सम्म आइपुग्न सफल भएकी हु । मेरो ६ वर्षिय छोरो छ । म उसलाइृ छोडेर कहिलेकाहि शनिबार पनि विद्यालय जानुपर्ने हुन्छ । त्यो बेला बाबुको रेखदेख सबै सासुससुराले नै गर्नुहुन्छ । मेरो श्रीमान्ले पनि मेरा सबै कुरामा साथ र सहयोग गर्नु भएको छ ।