वीरगंजमा नेपाल भारत खुला सिमा सम्बाद विषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । वीरगंजको रोयल पार्टि प्यालेशमा आयोजित कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले खुला सिमाना सिमा क्षेत्रका जनताहरुको लाईफ लाईन भएकाले कुनैपनी बन्देज लगाउन नहुने बताएका छन् । उनले नेपाल भारतको सम्बन्ध त्रेतायुगदेखी राम सिताको युगदेखी रहि आएकाले सिमामा लगाईने कुनै पनि बन्देज आफूहरुलाई स्वीकार्य नहुने बताएका थिए ।
कार्यक्रममा सहभागिहरुले सिमा क्षेत्रका जनताको भावना विपरीत सिमामा तारवार तथा परिचयपत्र लगाइने कुरा अनुचित नहुने बताएका थिए । उनिहरुले नेपाल भारतको सम्बन्ध सदिऔ देखि खुला सिमानाकै कारण अपनत्व कायम भएकोले यसमा छेकवार लगाउदैमा नरोकिने बताएका थिए ।
नेपाल भारत खुला सिमा सम्वाद समुह प्रदेश नम्बर २ का संयोजक राजिव झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजपाका अध्यक्ष मण्डलका सदस्य शिर्ष नेता राजेन्द्र महतो, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा, रमेश पटेल, मन्जुर अन्सारी, वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, पत्रकार एवंम् विश्लेषक चन्द्रकीसोर झा, नेपाल भारत सहयोग मञ्चका संयोजक अशोक बैद्य, नेजामुद्दिन समानी, नेतृ सुष्मा द्विवेद्वि, मोनिका सिंह, युवा अभियन्ता प्रकाश थारु, कमल चौगाई, शिवम साह, रामतुल्लाह खाँ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण नेपाल भारत खुला सिमा सम्वाद समुहका ओम प्रकाश सर्राफले गरेका थिए।