नेपाली हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको रौनक यस वर्ष पनि जताततै फैलिसकेको छ । आफ्ना श्रीमान्को स्वास्थ्य, दीर्घायुको कामना गर्दै महिलाहरु यो पर्वमा व्रत पनि बस्ने गर्दछन् । अविवाहित महिलाहरु भने योग्य वर प्राप्तिको कामना गर्दै ब्रत बस्ने गर्दछन् । भाद्रशुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा अघिल्लो रात अर्थात द्धितीयाका दिन मीठो मसिनो खानेकुरा खाई दिदिबहिनी जम्मा भएर दर मानी खाने चलन छ । तीजका दिन व्रत बसिन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक मान्ने पनि चलन छ । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ । तर वर्तमानमा भने तीज आउनु पूर्व महिलाहरु तारे होटेल र डिस्को र बारहरुमा पुगेर मदहोश हुने पनि गरेका छन् । अहिले तीजको धार्मिक पक्षलाई ओझेलमा पारी तडकभडकलाई बढि प्रश्रय दिने गरेको देखिन्छ । तीजको प्रमुख पक्ष गौण बन्दै जाँदा भड्किलो र खर्चिलो हुँदै गरेको तीज कस्तो तरिकाले मनाइनु पर्छ भनी स्थानीय महिलाहरुसँग लिएको प्रतिकृया :
- राधिका के.सी.
पहिलेको जस्तो मौलिक तिज त अहिले त्यति छैन । अहिले त तडकभडक छ । हाम्रो धर्म संस्कृतीलाई जोगाउने तरिकाले साडी ब्लाउज लगाएर आफ्नो घर गृहस्थी र आयस्रोत अनुसारको मनाउनु पर्छ । पहिरन त अब रातो, पहेलो, हरियो नै हुन्छन् । त्यसैले श्रृगार पनि रातो नै हुन्छ । कालो र गोरो छालालाई हेरेर हामीले छाला अनुसारको मेकअप गर्ने, छाला कालो हुनेहरुले धेरै मेक हप नगर्ने, पहिरन अनुसार आफ्नो अनुहारको बनावट अनुसार श्रृगार गर्ने गर्नुपर्छ ।
- तस्विरन खातुन
तीज नजिकीदै जाँदा बजारमा किनमेल गर्नेको घुइचो हुन्छ । त्यसमा पनि तीज हिन्दु नारीहरुका लागि विशेष भएकोले तीजमा आफु बिषेश नै देखिउँ भन्ने हेतुले हरेकको पहिरन र श्रृगाँर पनि त्यस्तै हुन्छ । तर मेरो विचारमा तीज हो भन्दैमा धेरै तडक भडक र आफ्नो स्तर भन्दा माथि देखावटी गर्नु उचित हुदैन । साडी चोलो र आफूसंग छ भने सामान्य गरगहना लगाएर तीज मनाउँदा राम्रो हुन्छ । आफुलाई पनि सजिलो हुने आफ्नो गच्छे अनुुसारको साधारण पहिरन र श्रृगाँर गर्नु उचित हुन्छ ।
- लक्ष्मी कर्ण
तीज नेपाली दिदी बहिनीहरुको ठूलो पर्व हो । तीज हाम्रो संस्कार र धर्म संग जोडिएको छ । आफ्नो धर्म संस्कृतिलाई झल्काउने किसीमको पहिर र श्रृङ्गार हुनुपर्छ । तिजको पहिरन र श्रृङ्गार भनेकै प्रायः रातो र हरियो हो । साडी चोाले, पोते, टिका हामी नेपाली नारीहरुको पहिचान हो । देखासिकी र तडकभडक रहीत मौलीक पहिरन र श्रृङ्गार गरर नै तीज मनाउँनु पर्छ ।
- उर्मिला थापा
तीजमा प्राय सबै महिला दिदीबहिनीहरुले व्रत बस् ने चलन छ । व्रतका कारण कमजोरी त हुन्छ नै त्यसमाथि पनि गर्मी त्यस्तै छ । त्यस कारणले पहिरनमा चाहि धेरै भारी पहिरन नलगाई साधारण लगाउने । श्रृगाँर गर्दा चाहि फेसहरु ओईली हुँदा ओईली नहुने खालका मेकअपहरु गर्ने भन्दा ओभर मेकअप नगर्ने । ओभर मेकअप गर्दा एकदमै भद्धा र नराम्रो देखिन्छ । एक त व्रतको कारणले गर्दा अनुहार थकित देखिन्छ । मेकअप गर्दा फाउन्डेशनको प्रयोग नगर्ने । फाउन्डेशनको धेरै प्रयोगले पनि पसिना धेरै आउने र छाला कालो देखिने हुन्छ । त्यसैले पहिरन अनुसारको साधारण मेकअप गर्नु नै उचित हुन्छ ।
- सुमित्रा सापकोटा
तीज हिन्दु नारीहरुको महान पर्व भएकाले हरेक नारीलाई राम्रो लगाउन र राम्रो देखिन रहर हुन्छ । तीज गर्मीको समयमा हुने भएकाले श्रृङ्गार गर्दा सबैभन्दा पहिला आईस वा काक्रोको गुदी अनुहारमा १० मिनेट जति लगाएर मात्र क्रिमहरुको प्रयोग गर्दा राम्रो हुन्छ । दिनभरी घाममा बस्नु पर्ने भएकाले त्यसो गरेर मेकअप गर्दा त्यसले पसिनाहरु सोस्छ र गर्मी हुदैन । फेसको मेकअपमा पनि फेसको वेस मेकअप हुन्छ । फेसको वेस मेकअपमा पहिला एउटा जेल जस्तो हुन्छ । त्यसलाई अलि अलि गरेर हातले अनुहारको सबै भागमा एकनासले लगाउने त्यसले गर्दा मेकअप लामो समयसम्म टिकिरहन्छ । गर्र्मी भएकाले लाइट र सधारण मेकअफ गर्ने त्यस्तै लिकुईड आईस्याडोको प्रयोग नगर्ने र आईलाईनर, लिपस्टिकहरु पनि वाटर प्रूफ नै प्रयोग गर्ने । पहिरनमा चाही पातला धेरै भारी भएको साडीहरु नलगाउने, धेरै देखावटी नगर्ने, आफूलाई सजिलो हुने खालका पहिरन लगाउने ।
- ज्योति श्रेष्ठ
तीजमा महिलाहरुले गर्ने श्रृगाँर र पहिरन आ–आफ्नैै चाहना अनुसारको हुन्छ । तर मेरो बिचारमा चाही तीजमा प्रायले निराहर ब्रत बस्ने परम्परा पनि छ र बस्छन् पनि । महिला भनेको घरको गृहणी हुन । घरको सबै कार्य सकेर उनीहरु व्रत बस्नु पर्ने, मन्दिर जानु पर्ने र बेलुकी आफ्नो परिवारलाई पकाएर खुवाउनु पर्छ । आफु भोको भएर पनि घरको सम्पुर्ण कार्य भार सम्हाल्नु पर्ने भएकाले साधारण पहिरन र श्रृगाँर गर्दा नै उचित हुन्छ । व्रत बसेका बेला शरीर यसै पनि कमजोर हुन्छ त्यस माथि पनि भारी गरगहना र गहिरो मेकअपले आफैलाई गाह्रो पर्न सक्छ । तीजका बेला सबैलाई राम्रै लगाउ र राम्री देखियौ भन्ने चाहना त हुन्छ नै । तर पनि आफ्नो परम्परा बचाउने खालको, संस्कृति झल्किने खालको पहिरन र श्रृगाँर मात्रै लगानु उचित हुन्छ ।
- डा. लक्ष्मी थापा
तीज हिन्दू नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । तीजको इतिहास पार्वती र शिवसंग जोडिने हुनाले अनादिकालदेखि नै यस पर्वको अस्तित्व रहेको छ । तीजमा महिलाहरुले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । तर यसरी निराहार ब्रर्त बस्दा स्वास्थ्य कमजोर हुने हुन्छ । त्यसैले आफ्नो परम्परा संगसंगै स्वास्थ्यलाई पनि ध्यानमा राखी तीजको व्रत बस्नृे र तीज मनाउने गर्दा राम्रो हुन्छ । मेरो विचारमा धेरै तामझाम नगरी आफूलाई सुहाउँदो पहिरन र साधारण श्रृङ्गार गर्नु नै उचित हुन्छ ।
- गुड्डी जोशी
तीज भनेको हिन्दु नारीहरुको महान् चार्ड हो । यसलाई सबै दिदिबहिनीहरु एकै ठाँउमा जमघट भएर बडो हर्षाेलासका साथमा मनाईने गरिन्छ । तीजमा प्राय जसो विवाहित महिलाहरुले आफ्नो श्रीमानको लामो आयुकोे लागि व्रत बस्ने प्रचल्न पनि छ । तीजमा त हरेक दिदिबहिनीहरु एकदमै श्रृगाँरिएर, गहनाले सजिएर व्रत बस्ने, नाच गान गर्ने प्रचलन छ । तर केहि समयदेखि तीजमा लगाईने पहिरन र श्रृगाँरमा एकदमै प्रतिस्पर्धात्मक भावना उत्पन्न भएकोे छ । अरु बेलामा जस्तो लगाए पनि तीजमा चाही गरगहना धेरै लगाउने र देखाउने प्रवृति एकदमै छ । गहनाले सजिएर व्रत बस्ने, नाच गान गर्ने प्रचलन छ । तर केहि समयदेखि तीजमा लगाईने पहिरन र श्रृगाँरमा एकदमै प्रतिस्पर्धात्मक भावना उत्पन्न भएकोे छ । अरु बेलामा जस्तो लगाए पनि तीजमा चाही गरगहना धेरै लगाउने र देखाउने प्रवृति एकदमै बढेको छ । मेरो बिचारमा चाहि तीजमा लगाउने पहिरन आफ्नो छ । मेरो बिचारमा चाहि तीजमा लगाउने पहिरन आफ्नो गच्छे अनुसार जति सकिन्छ त्यसै लगाउनु पर्छ । अरुको देखावटी नगरी आफुमै रमाउनु पर्छ ।
- राधा हमाल
तीजको मेकअप एकदमै साधारण होस । मेकअप गर्दा वाटर प्रुफ मेकअप गर्ने किन भने यो पसिनाले पनि बगाउदैन र लामो समय सम्म रहिरहन्छ । क्रिमहरु आफ्नो अनुहारमा सुहाउँने खालकोे् प्रयोग गर्ने, यो होईन कि अरुले जे प्रयोग ग¥यो आफुले पनि त्यहि देखासिखी गर्नु हुदैन । त्यसले अनुहारलाई नकारात्मक असर पार्न सक्छ । पहिरन पनि एकदमै साधारण खालको लगाउने । किन भने तीजको दिन व्रत हुन्छ, जसले गर्दा शरीर कमजोर भईरहेको हुन्छ । गहनाहरु पनि ठिक्कको लगाउने । अरुलाई देखाउनको लागि आफ्नो शरीर नै भारी हुने किसिमको गरगहना सके सम्म प्रयोग नगर्ने । गरे ता पनि सानो र साधारण गहनाको प्रयोग गर्ने ।
- रञ्जु फुयाल
हरेक ठाउँको आ–आफ्नै संस्कार र रिती हुन्छ । तीज विशेषत नारीहरुको चाड हो । यसलाई नारीहरको दुखेसो पोख्ने एक अर्कामा माया, सद्भाव, सहयोग बाडेर नाँचगान गर्दै मनाइने गरिन्छ । पछिल्ला दिनहरुमा तीज एउटा भड्किलो चाडको रुपमा विकसीत भएको छ । तिजका मौलीक रौनक हराउँदै गएको छ भने बढी तडक भडक, अरुको देखासीखी हावी भएको छ । त्यो हाम्रो संस्कार हुदै होईन त्यसले आफूलाई सहज हुने आफ्नो गच्छ्य अनुशारको पहिरन र पहिरनमा सुहाउँदो मेकअप गरि दिदीबहिनी संगिनीहरुसंग रमाइलो गर्दै मनाउनुपर्छ । तीजलाई भव्य भन्दा पनि सभ्य गरी मनाउनु पर्छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)