प्रतिबन्धित लागु औषध कारोबारमा युवाहरुको संलग्नता बढिरहेको पाइएको छ । विगतका बर्षहरुभन्दा गत वर्ष प्रहरीको फन्दामा परेका मानिसको तथ्याँकले यस्तो पुष्टि गरेको हो ।
सीमासँगैको जिल्ला भएको पर्साको अवस्था पनि यस्तै छ । पर्सा प्रहरीले गत आर्थिक वर्षमा लागु औषध जस्ता जघन्य अपराधमा संलग्न ७ जना महिला सहित १ सय ८१ जना मानिसलाई पक्राउ गरेको छ । जसमा १८ वर्ष मुनिका २ जना, १८ देखि २५ बर्षका ८८ जना, २६ देखि ३५ वर्षका ५६ जना, ३६ बर्षमाथि ४५ वर्ष उमेर समूहका २३ जना, ४६ बर्षदेखि ६० वर्षका ११ र ६० वर्षमाथिका ३ जना मानिस गएको आर्थिक बष लागु औषधसँगै पक्राउ परेको पर्सा प्रहरीको तथ्याँकमा उल्लेख छ । अघिल्लो वर्ष लागु औषध कारोवारमा नै १८ वर्ष मुनिका १ जना, १८ बर्षदेखि २५ वर्षका ८२ जना, २६ बर्षदेखि ३५ वर्षका ५५ जना, ३६ बर्षदेखि ४५ वर्षका २३ जना, ४६ बर्षमाथि ६० वर्षसम्मका ८ जना र ६० वर्ष माथिका १ जना गरी कुल १ सय ७० जना मानिस पक्राउ परेको पनि प्रहरीको तथ्याँकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७६÷७७ मा ६ सय २४ केजी लागु औषध गाँजा बरामद भएको पर्सामा गएको आर्थिक बर्ष ०७७।०७८ मा प्रतिबन्धित लागु औषध गाँजा मात्र ७ सय ८६ केजी प्रहरीले बरामद गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा निकै बढि हो । त्यसै गरी अघिल्लो आ.ब.मा २८ केजी चरेश बरामद गरेको पर्सामा प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे आएयता मात्र १ सय ५२ केजी अर्थात १ सय २५ केजी बढि चरेस बरामद गरेको पर्सा प्रहरीको तथ्याँकले देखाएको छ । त्यसै गरी अघिल्लो वर्षभन्दा २१ केजी हिरोईन पनि बढि बरामद भएको पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले बताए ।
अघिल्लो आर्थिक बर्ष २०७६/७७ मा ४१ केजी हिरोईन बरामद भएको पर्सामा गत आर्थिक वर्ष ६९ केजी हिरोइन बरामद भएको उनले बताए । अफिम जस्तो कुरा त गएको बर्ष ७ केजी बढि बरामद भयो यो निकै चिन्ताको बिषय हो प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक खनालले भने । अघिल्लो आर्थिक बर्षमा अफिम १ केजी मात्र पर्सा प्रहरी मातहतले बरामद गरेको उनको तर्क छ ।
तयारी अवस्थामा प्रतिवन्धित लागु औषध लिएर भारतबाट आउने युवाहरुले गत वर्ष ३ हजार ८ सय ८९ पिस डाइजिपाम, ४ हजार १ सय २१ पिस नुर्फिन र २ हजार ८ सय २९ पिस नाट्राभेट ट्याब्लेट ल्याएको पर्सा प्रहरीको तथ्याँकमा उल्लेख छ । यो परिणाम अघिल्लो आर्थिक वर्ष डाईजिपाम ३ हजार ३ सय ६४ पिस, नुर्फिन ३ हजार १ सय ११ पिस र नाट्रोभेट ट्याब्लेट ६ हजार १२ पिस बरामद भएको थियो । यता अघिल्लो बर्ष तयारी अवस्थाको फेनारगन भारतबाट ३ हजार ५३ पिस नेपाल भित्र्याएका कारोवारीले गत वर्ष ६ हजार ४ सय ४४ पिस फेनार्गन नेपाल भित्र्याएको तथ्याँक छ । त्यसै गरी १०० एम.एल.को कोरेक्स अघिल्लो वर्ष भन्दा गत वर्ष १ हजार २ सय ७ बढि बरामद भएको छ । अघिल्लो वर्ष कोरेक्स ८ सय ३४ पिस मात्रै बरामद भएको थियो भने गत वर्ष बढेर २ हजार ४९ पिस बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।
पर्दा अगाडी धेरै मानिस र लागु औषध पक्राउ परे पनि पर्दा पछाडी ठूलै गिरोहको हात हुन सक्ने पर्सा प्रहरीको अनुमान रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय सिमानाकाबाट हुने अबैध औषध कारोबारको घटना न्युनिकरण गर्न पर्सा प्रहरीको भूमिका सकृय हुँदा तुलनात्मक रुपमा बढि मानिस र लागु औषध पक्राउ परेको प्रहरीको दावी छ । कारोवारी बढ्दै जाने र प्रहरी सकृयताले प्रहरीको फन्दामा पर्ने मानिस र लागु औषधको परिणाम बढि देखिनु निकै चिन्ताको बिषय बनेको छ । कारण यो धन्दामा सबैभन्दा बढि युवा जमातको सम्लग्नता भेटिएको छ । लागु औषध जस्ता अबैध कारोबार गर्ने मुख्य कारोबारी कानूनको दायरामा नआउँदा उनीहरुले प्रयोग गरेका युवा जमात बढि फस्दै गएको पर्सा प्रहरीले पनि जनाएको छ । त्यस्ता कारोवारीले युवाहरुलाई उनीहरुका खर्चको जोहो चाँडो हुन्छ भनी बढि पैसा कमाई हुने बढि लोभ लालच देखाई प्रयोग गरेको खुलेको प्रहरी नायव उपरिक्षक खनालले पनि बताए । पक्राउ परेका युवाहरुले पनि आफूहरुलाई प्रयोग गरिएको बताउनुले प्रहरीको अनुसन्धान अब व्यापक गर्नुपर्ने निस्कर्षमा प्रहरी पुगेको उनको तर्क छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले प्रहरीको सक्रियताले लागु औषध बरामद तथा नियन्त्रणमा बढि सफलता प्राप्त भएको दावी गरे । लागु औषध सेवन गर्ने प्रयोगकर्ता बढेकोले यसको कारोबार पनि बढेको उनको तर्क छ । त्यसको अलावा बढि पैसा कमाउने लोभ र लागु औषध सेवन गर्ने लत लाागेका युवाहरु यसमा अझ फस्दै एसपी पाण्डेले बताए ।
लागु औषध जस्ता कुलतमा नफस्न र यसको रोकथामको लागि प्रहरीले स्कुल, कलेज, गाउँ टोलमा विभिन्न संघसंस्थासँग मिली जनचेतना फैलाउँदै आएको कार्य कोरोनाको कारण रोकिदा पनि लागु औषधको कारोवारले तिव्रता पाएको प्रहरी उपरिक्षक पाण्डेले बताए । ‘‘भदौं महिनादेखि नै यो जनचेतना अभियानलाई निरन्तरता दिने योजना प्रहरी पुगिसकेको उनको दावी छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)