भगवान रामचन्द्रजीको परम पवित्र गाथा साक्षात् भगवान शड्ढरले आफ्नी प्रेयसी पार्वतीजीलाई सुनाएका थिए । यो आख्यान ब्रह्माण्ड पुराणको उतराखण्ड अन्तर्गत आएको छ । यसमा परमात्मरूप रामरसायन, रामचरित्रको वर्णन गर्ने क्रममा विभिन्न थरीका प्रस· प्रस्तुत गरेर भक्ति, ज्ञान, उपासना, नीति, र सदाचार सम्बन्धी दिव्य उपदेश दिइएको छ । विविध विषयहरुको विवरण रहे पनि यसमा प्रधानता अध्यात्मतत्वको विवेचन रहेको हुनाले यसलाई ‘अध्यात्मरामायण’ भनिएको छ । अध्यात्मरामायण मूलतः संस्कृत भाषामा रहेको छ । यसलाई पनि विभिन्न कालखण्डमा विभिन्न लोक भाषाहरुमा पनि भावानुवाद, शब्दानुवाद, छायानुवाद जस्ता अनुवादहरु गरिएको पाइन्छ । यहाँ भानुभक्ताचार्यद्वारा अध्यात्मरामायणको नेपाली भावानुवाद तथा श्री मुकुन्द आचार्यद्वारा गरिएको भोजपुरी भाषामा भानुभक्तीय अध्यात्मरामायणको शब्दानुवादको चर्चा गरिएको छ ।
अयोध्या काण्डको एउटा प्रसंग । अध्यात्मरामायणको मूल संस्कृत भाषाका श्लोकहरुबाट ः–
इत्युक्त्वाः बहुशो नत्वा स्वानन्दाश्रुपरिप्लुतः ।
उवाच वचनं राम ब्रह्मणा नदितोऽस्म्यहम् ।।
रावणस्य वधार्थाय जातोऽसि रघुसत्तम ।
इदानीं राज्यरक्षार्थं पिता त्वामभिषेक्ष्यति ।।
यदि राज्याभिसंसक्तो रावणं न हनिष्यसि ।
प्रतिज्ञा ते कृताराम भूभारहरणाय वै ।। (अ.रा., अ.कां. प्रथम सर्ग ३२÷३३÷३४) अर्थात् श्री नारदजीले आनन्दाश्रुपुरित आ“खा लिएर भन्नु भयो–हे रघुश्रेष्ठ, मलाइ ब्रह्माजीले पठाउनु भएको छ । तपाईको अवतार रावणको वधकोनिम्ति भएको थियो । तर अब पिता दशरथले तपाईलाई राज्यशासनकोलागि अभिषिक्त गर्न लाग्नु भएको छ । अतः हे राम ! यदि राज्यभोगमा आशक्त भएर तपाइले रावणलाई मार्नु भएन भने, तपाईले पृथ्वीको भारहरण गर्नेे जुन प्रतिज्ञा गर्नु भएको थियो । त्यो के हुने हो ? यसै प्रसंगलाइ भानुभक्त आचार्यले निम्नानुसार नेपाली भाषामा वर्णन गरेका छन–
बिन्ति गर्नु कुरो थियो मन विषे बिन्ती ग¥या त्यो पनि ।
ब्रह्माको बिन्ति लिई हजुरमा आइ रह्या“छु भनी ।।
भूकोभार म दुष्ट मारिहरु“ला जान्छु अयोध्या महा“ ।
भन्या येति वचन् गरी कन हजुर पाल्नू भयेथ्यो यहा“ ।।
यसतो हो तर गादि दीन दशरथ राजाजीका मन भयो ।
ख्वामित्ले अब राज्यमा भुलिदिया भार हर्नु काम ता रह्यो ।।
यसै प्रसंगलाई मुकुन्द आचार्यले भोजपुरी भाषामा निम्नानुसार शब्दानुवाद गर्नु भएको छ–
हे परमेश्वर अपने हईं, सबके अन्तरयामी ।
तहियो राउर आज्ञा से, ब्रह्माजी के संदेश कहतानी ।।
भूभार के हरे खातिर, भगवान अपने एतहा“ अइनी ।
मानुस रुप धरके अपने, सुन्दर लीला कइनी ।।
अयोध्या में रउआ अउरी, ना भूलेके परल ।
पृथ्वी लोक के राक्षस सब से, खाली करे के परल ।।
एउटै प्रसंग तीन भाषामा प्रस्तुत गरेर रामकाव्यको वानगी प्रस्तुत गर्ने प्रयास गरिएको छ । वेदव्यासजीद्वारा रचित मूल अध्यात्म रामायणको भाषा, रस, वर्णन चातुर्य निर्विवाद अतक्र्य रहेको कुरा सर्वविदित नै रहेको छ । नेपाली भाषाविद्हरुको अनुसार भानुभक्तको रामायाणका पदहरु साहित्यिक अुनुशासनको सीमा भित्र रहेका छन् । जसको कारणले नेपाली जनमानसमा अति लोकप्रिय तथा परम धार्मिक कृतिको रुपमा भानुभक्तीय रामायण प्रसिद्ध रहेको छ । यसको रचनाको कारणले नै भानुभक्त आचार्यलाई नेपाली साहित्यको आदिकविको गरिमामय पगरी प्राप्त भएको छ । तरबारको बलले नेपालको एकीकरण गर्नमा पृथ्वी नारायण शाहको पराक्रमको वर्णन रहेको पाइन्छ भने भाषा शास्त्रको बलले नेपाली बौद्धिक तथा जनसाधारण समाजको एकीकरण गर्नकोलागि भानुभक्त आचार्यको भानुभक्तीय रामायणलाई प्रतीक मानिएको छ । कतिपय विद्वानहरुले भानुभक्तीय रामायणलाई अध्यात्म रामायणको अनुवादको रूपमा प्रेषित गरेर भानुभक्तको त्यस महान् प्रयासलाई होच्याउने कु–कृत्य गरेको भए पनि वास्तवमा भानुभक्तीय रामायणको भाषा तथा शब्दानुशासन निश्चित रूपमा नेपाली साहित्यको प्रारम्भिक उत्थान कालको मौलिक रचना रहेको ठोकुवा गर्न सकिन्छ । यो महान् कर्म नेपाल आमा र नेपाली भाषा साहित्य प्रतिको उनको महान् उपलब्धी मात्रु पर्दछ ।
वस्तुतः रामायणको कथा वस्तु पद्मपुराणमा प्रथमपल्ट उल्लेख रहेको पाइन्छ । रामायणको बीज रूप यसलाई नै मानिएको छ । त्यसमा उल्लेखित श्लोक अनुसार–आदौ रामतपोवनादिगमनं, हत्वा मृग काञ्चनं, वैदेहीहरणं जटायुमरणं सुग्रीवसम्भाषणम् । बालीनिग्रहणं समुद्रतरणं लङ्गापुरीदाहनं, पश्चाद्रावणकुम्भकरणहननमेतद्धि रामायणम् ।। यसै बीज रूपलाई आधार मानेर हिन्दूबहुल क्षेत्रका विभित्र विद्वानहरुद्वारा विभित्र भाषामा रामकथा लेखन गरिएको छ । कम्ब रामायण, आनन्द रामायण, रामचरित मानस, गैरहिन्दु कवि चकबस्तको रामायण आदि रामकथा ग्रन्थहरु यसका उदाहरणहरु हुन् । यसलाई फलानो रामायणको अनुवाद हो भन्नु पाण्डित्यको अभाव मात्रु पर्दछ । एक श्लोकको बीज रामायणलाई विभित्र भाषाका विद्वान भक्त कविहरुले आफ्नो कल्पना, शब्द, रस, माधुर्य जस्ता सामथ्र्य, अनुसार विस्तृत रूपमा वर्णन गरेर महाकाव्यको रूप दिएका कैयन उदाहरणहरु विद्यमान रहेका छन ।
यसै क्रममा श्री मुकुन्द आचार्यद्वारा भोजपुरी भाषामा पनि रामायणको अनुवाद गरिएको छ । मुकुन्द आचार्यको भोजपुरी रामायण अनुवादको प्रथम संस्करणको ‘अनुवादक के कथनी’ शिर्षक अन्तर्गत भनिएको छ–छन्द के ज्ञान हमरा ओतना ना भइला से हम खाली अन्त्यानुप्रास मिला के भावानुवाद कइले बानी । छन्दको ज्ञान न भएको स्वीकारोक्ति अनुवादकको नम्रताको परिचायक रहे पनि साहित्यमा काव्य रचनाको क्रममा केवल अन्त्यानुप्रास मिलाएर मात्रै साहित्यिक अनुशासनको पालना गरिएको तथ्य मान्य हुन सक्दैन । किनकि शब्दानुशासन, काव्यानुशासन साहित्यमा भएन भन्ने पदलालित्य आउन सक्दैन । पदलालित्य भएन भन्ने साहित्यमा रस प्रवाहित हुन सक्दैन । काव्यमा रस नै भएन भन्ने आचार्यहरुको मतानुसार त्यो काव्य नै हुन सक्दैन । आचार्य विश्वनाथका अनुसार–वाक्यं रसात्मकं काव्यम् अर्थात् रसपूर्ण वाक्यहरु रहेको कृतिलाई मात्र काव्य भन्न सकिन्छ ।
मुकुन्द आचार्यजीको रामायणको अनुवाद साहित्यिक दृष्टिकोणले जस्तो सुकै भए पनि धार्मिक दृष्टिकोणले भन्ने स्तुत्य काम नै मान्नु पर्छ । किन भने ‘मरा’, ‘मरा’ भनेर पनि रामको प्रभावले ‘रत्नाकर’ नामक डा“का पनि महाकवि बाल्मिकीको रुपले विख्यात भएको उदाहरण जनमानसको सामू विद्यमान रहेकै छ । भोजपुरी साहित्यकोलागि मुकुन्दजीले गर्नु भएकोले प्रयासलाई स्तुत्य नै मान्नु पर्छ । भोजपुरी साहित्यको सुरुवातको समयमा यस प्रकारको काम हुनुको प्रयास भविष्यमा कोशेढुंगा साबित हुनु हो ।