अहिले चारैचिर चहलपहल देखिएको छ । लकडाउनले बन्द अवस्थामा रहेको बजार, होटल, यातायात विस्तारै तग्रिर्दे छन् । त्यसको भिडसंगै निजि विद्यालयले पनि आफ्नो लय लिदै छन् ।लामो लकडाउनमा घरबस्दाको पट्यार लाग्दो दैनिकी र खर्चिलो, झन्झटिलो लाग्ने अनलाईन कक्षाबाट बिस्तारै विद्यार्थीहरुले छुट्टि पाउँदै छन् ।
लामो समयपछि विद्यालय जान पाउँदा र साथीहरुसंग भेट्न पाउँदा मख्ख छन् विद्यार्थीहरु । तिनै मध्यकी एक हुन श्रेया मण्डल । उमेरले १४ टेकेकी श्रेया कक्षा आठमा पढ्छिन् । उनी पढ्ने विद्यालयको नाम नवदपि एकाडेमी हो । स्थायी घर राजविराज भएपनि सानै देखि आफ्ना परिवारसंगै डेरामा बस्दै आएकी हुन उनी । उनका वुवा राघवेन्द्र मण्डल सरावगी ग्रुपमा कार्यरत छन भने आमा शुष्मा मण्डल यसै विद्यालयकी शिक्षिका हुन । वुवा आमा आफू र दुई भाई सहित पाँच जनाको परवार छ उनको । उनी घरकी जेठी सन्तान हुन ।
लकडाउनमा घरमै बस्दाका दिनहरु पट्यार लाग्दो रहेको उनी बताउँछिन् । अझ अनलाईन कक्षाले त निकै गाह्रो बनाएको उनको अनुभव छ । उनी भन्छिन् ः सुरुमा केही समय कोरोनाको त्रासले गर्दा विद्यालय बन्द भएको त राम्रो थियो किनकी कोरोना संक्रमणको भय मनमा गडेर बसेको थियो । तर बिस्तारै घरबसाई बोरिङ्ग हुन थाल्यो अझ विद्यालयले अनलाईन कक्षा संचालन गर्ने भनेपछि हामीलाई समस्या भयो कारण मोवाइलको अभाव घरमा दुईवटा मोवाइल थियो वुवा र आमाको उहाँहरुलाई नै आवश्यक थियो तयो । अब मलाई र भाईको लागि दुई वडा मोवाईल फोनको आवश्यकता थियो ।
आमाले पनि अनलाईन पढाउनु पर्ने र भाई र मेरो अनलाईन को समय उही थियो । त्यो संगसंगै इन्टरनेटको पनि आवश्यक प¥यो । जसले गर्दा कमाइ नभएको समयमा वुवा माथि आर्थिक भार पर्नगयो । तर वुवाले सबै व्यवस्था गरिदिनु भयो । त्यत्रो खर्च गरेपछि त राम्ररी पढ्न पाइन्छ भन्ने थियो तर छिनछिमै जाने बिजुली र बिचबिचमा काटिने इन्टरनेटको समस्याले अनलाईन कक्षा पनि उति प्रभावकारी भएन । जसोसे गरेर लकडाउन कटाइयो । अब त विद्यालयमै आएर पढ्न पाइएको छ । उनले ती दिनहरु सम्झिदै भनिन । विद्यालयमा आउँन पाउँदा निकै उत्साहीत छिन उनी ।
विज्ञान विषय मन पराउने उनी भविष्यमा डाक्टर बन्ने लक्ष्य लिएकी छिन् । उनको लक्ष्यमा उनका वुवा आमाको पनि साथ रहेको उनी बताउँछिन् ।
अध्ययनमा बढी रुचि राख्ने उनी विद्यालयमा हुने अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रियता देखाउने गरेको विद्यलयकी प्रधानाध्यापक शुशिला साहले बताइन ।
उनी भन्छिन् श्रेया सानै देखि अध्ययनरत छात्रा हुन । विद्यालयको होनहार विद्यार्थी हुन । पढाईमा अब्बल उनी गित गाउन, डान्स गर्न, स्पोर्टस लगायतका कार्यक्रमहरुमा सहभागी हुन्छिन् । गुरुगुरुआमाको आदर गर्ने र साथीहरुसंग मिलेर बस्ने मिलन्सार स्वाभव छ उनको ।
अरु विद्यार्थीभन्दा भिन्न पाउँछु उसलाई । हरेक विषयमा जान्ने उत्सुक्ता बढी पाएको छु मैले । पढाएको समयमा होस् वा अन्य केही पनि कुरा ध्यान दिएर सुन्ने उसको बानी छ । लामो समय पछि यसरी विद्यालयमा आउँदा छुट्टै उत्साह पाएकी छु मैले उसमा ।