राज्यको भविष्यका अमूल्य सम्पति भनेको युवा हुन् । जति युवावर्गमा लगानी गर्न सक्यो, उति देश विकाशको पाटोमा उति फड्का मारिरहेको हुन्छ । यति मात्र होइन । युवा राजनीति, आर्थिक र सामाजिक परिवर्तनका धरोहर पनि हुन् । राज्यको यस्तो सम्पतिलाई सहि ठाँउमा प्रयोग गर्न सके मात्र समृद्ध मुलुक निर्माणको परिकल्पना गर्न सकिन्छ । समाज परिवर्तनको संवाहक मात्र नभएर देशलाई काँधमा बोकेर हिड्न सक्ने शक्ति युवामा छ । यति मात्रै होइन । युग परिवर्तनको मार्गमा विकाश र निर्माण परिचालनमा गुणात्मक लक्ष्य बोकेर दिगो विकाशको बाटो पर्खिएर बसेका युवालाई श्रमको विजारोपण गर्ने जोस र शक्तिलाई लगानी गर्ने सहज वातावरण सहितको प्लेट फर्म आवश्यक छ ।
आजका युवाले फरक दृष्टिकोणबाट महशुस गर्ने गरी त्यस्तो वातावरण बनाउन जरुरी भएको छ । नेपालमा कुल जनसख्याको ४०.३५% प्रतिशत जनसंख्या युवाहरुको छ । श्रम शक्ति सर्वेक्षणलाई आधार मानेर हेर्दा २०७४ को तथ्याङ्कले प्रत्येक बर्ष करिव ५ लाख युवा श्रम वैदेशिक रोजगारीको निमित्त निस्कने गरेका छन् । यो तथ्याँकलाई आधार मान्दा १५ बर्षदेखि ३९ बर्षसम्मका युवाहरुको समूह बेरोजगारीको मारमा परेको प्रष्ट हुन्छ । वैदेशिक रोजगारीको लागि जाने युवाको उमेर पनि १८ देखि ४५ बर्षसम्मका हुने तथ्याङ्कले देखाउँछ । राज्यले युवाहरुलाई रोजगारको व्यवस्था गर्न नसकेकै कारण आज मुलुकलाई चाहिने दक्ष्य युवाशक्ति अन्य मुलुकमा श्रम बेच्न बाध्य भएका छन् । यो मुलुकका लागि रेमिट्यान्स प्राप्त गर्दाको फाइदाभन्दा कयौं गुणा घाटा हो ।
युवाको लागि रोजगार तथा अवसरको खाँचो
योग्यता, क्षमता र दक्षता भएका युवाहरुलाई पनि राज्यले विकाश र निमार्णको बाटोमा अवसर दिन सकिरहेको छैन । यसको अतिरिक्त हाम्रो जस्तो सानो मुलुकका युवालाई थप समय सापेक्ष रोजगार मुलक शिक्षा दिन पनि कमी भइरहेको छ । व्यवसायिक शिप तथा तालिमको अभाव, संचार तथा प्राविधिक विकाशको लागि जनशक्ति परिचालन गर्ने परियोजनाहरु नभएकै कारण पनि युवाको रोगजारीमा प्रभुत्व जम्न नसकेको हो । युवालाई चाहिने र अहिलेको समयले माग गरे जस्तो हरेक कार्यमा फरक दृष्टिकोण पु¥याउन देशले नै ठोस नीति लिन सक्नु पर्छ ।
सामाजिक परिवर्तनसगै सांस्किृत स्वास्थ्य अनि शिक्षा जस्तो कुरामा युवाहरुको भूमिका कतै न कतै फितलो हुनु हुन्न ।
युवाहरुका लागि स्थानीय सरकार संघीय शासन प्रणाली र स्वरोजगार मुलुक विकासका सार्थक बनाउन आर्थिक श्रोतको निकै ठूलो भूमिका रहन्छ । अहिलेको परिवेशमा प्राविधिक ज्ञान अनि शिपको सहि प्रयोग गर्न सके मात्र रोजगार मुलक व्यवसायिक शिप विकाश हुन सक्छ । शिक्षा र तालिमलाई फरक तरिकाले उपयोग गर्न सक्नु पर्छ । स्थानीयस्तरमा ७ सय ५३ सरकार छन् । ती सरकारले युवा शक्तिको पहिचान गरी विभिन्न कार्यमा संलग्न गराउन सकेनन् । उदाहरणका लागि संघ सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावशाली कार्यान्वयनका लागि स्थानीय सरकारहरुले युवाहरुलाई पूर्णरुपले लगाउन सक्नु पथ्र्यो । युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गरी उत्पादन गर्ने कार्यमा यस्ता कमजोरी हुने हो भने जुन सरकार आए पनि खासै अर्थ रहन्न ।
सहुलियत व्याजदरको कर्जा
आर्थिक अवस्थाको कमजोरीका कारण कतिपय योजनाहरु गर्न सक्ने क्षमता भए पनि शिरानी लाएर सपना देख्नु शिवायः केहि उपलव्धी हातमा पर्ने देखिदैन । विद्यार्थी तथा वित्पन्न, आदिवासी जनजाति तथा महिला वर्गका लागि बैंक तथा बित्तीय संस्थाले सस्तो व्याजदरका ऋण उपलब्ध गराउन सके केही गर्छु भन्ने सोच भएका व्यक्तिहरुले सानो लगानीमा व्यापार व्यावसाय गर्ने वातावरण सिर्जना हुन सक्छ । योग्यता र क्षमता भएर पनि आर्थिकको कारणले बाँधिएका हातमा शिप अनि तालिमको अवसर सँगै सानो पूँजीको व्यवस्था हुन सके त्यसले देशको उन्नति र प्रगतिमा बल पुग्ने हुन्छ ।
अन्त्यमा, जतिसुकै देशको विकाश र समृद्घतामा युवा शत्तिलाई परिचालित नगरेसम्म देशको विकाश अनि निर्माणले लिएको गति कछुवाको ताल हुने भएको हुनाले नेपालको श्रम बजारमा युवाहरुको यति ठुलो जनसङयाको उच्चतव लाभलाई प्रयोग गर्ने वातावरण हुनपर्दछ । युवाहरुलाई राष्ट्रिय विकासमा प्रसस्त युवा परिचालन गर्नपर्दछ । शिक्षा स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा विशेष अवशर युवालाई दिन सके परिणाम अत्यन्तै फलदायी हुनसक्ने छ । हाम्रो देशका युवाहरुले वेरोजगारी भएकै कारण विदेशीनु पर्ने यो बाध्यताको अन्त्य कहिले हुने हो सम्बन्धित चासोको विषय बन्नुपर्दछ ।
नयाँ नयाँ कार्यक्रमा युवा जनशत्तिको प्रभावले अत्यन्तै महत्वपुर्ण भुमिका खेल्ने भएकाले यतातिर ध्यान जान जरुरी छ । हरेक राजनिती परिवर्तन , लोकतन्त्रको स्थापना र अन्य सामाजि आन्दोलनमा युवाको सहभागिताले ठुलो अर्थ राख्छ । युवाहरु राष्ट्रको महत्वपुर्ण स्रोत भएको हुनाले राज्यका हरेक गतिविधिमा युवाको पहँुच अमुल्य छ । परिवर्तनको संबाहक, दिगो विकाश तथा विकाशका उत्प्रेरकहरुलाई समय सापेक्ष काममा लगाउन सके मात्र देशले विकाश र निमार्णको पाटोमा दिर्धकालिन रुपले फड्का मार्नेछ ।