राष्ट्रपति चुरे—तराई मधेश संरक्षण विकास समितिका भूगर्वविद् प्रेमनाथ पौडेलले चुरे संरक्षित क्षेत्रमा नदीजन्य साम्रगी उत्खननका लागि एक्जाभेक्टर प्रयोग गर्न नमिल्ने बताउनुभएको छ । निजगढ नगरपालिकाले निषेधित तथा संरक्षितका खोलाहरुमा ढुंगा,गिटी, बालुवा उत्खनन तथा बिक्रीका लागि ठेक्का लगाएपछि स्थलगतरूपमा अनुगमनका गर्न आएका भूगर्वविद् पौडेलले चुरे संरक्षण क्षेत्रका खोलाहरुमा ढुंगा, गिटी बालुवा निकाल्न एक्जाभेक्टर प्रयोग गर्न नमिल्ने स्पष्ट पार्नु भएको हो ।
राष्ट्रपति चुरे—तराई मधेश संरक्षण समितिको प्राविधिक टोलीसहित नगरप्रमुख, उपप्रमुख स्थानिय प्रशासनका प्रमुखहरुको जम्बो टोलीले गएको आइतबार दिनभर निजगढ नगरपालिकाले ठेक्का लगाएको खोलाहरुको अनुगमन गरेको थियो । निजगढले बकैया, बगर, धन्सार, शक्ती, लाल र भक्तलाल खोलाको माथिल्लो तटमा उत्खनन्का लागि साउन १९ गते झण्डै १३ करोड मुल्य तोकेर ठेक्का सार्वजनिक गरेको छ । सम्बन्धित कार्यालयको सहमति नै नलिई चुरे र वन क्षेत्रमा आईई गरेर खोला ठेक्का लगाएपछि नगरपालिका र वन कार्यालय विच विवाद देखिएको छ ।
भदौको २५ भित्र ठेक्का सम्झौता गर्नेगरी निजगढले १ करोड ६१ लाख घनफिट ढुंगा, गिटी वालुवा उत्खनन् तथा बिक्री गर्न ठेक्का लगाएको हो । अनुगमन पश्चात भूगर्वविद्ध पौडेलले चुरेको मापदण्ड भित्र बसेर स्थलगत रुपमा लिइएको तथ्याकंलाई केलाएर मात्र ढुंगा, गिटी, वालुवा निकाल्न मिल्ने–नमिल्ने विषयमा निर्णय गरिने बताउनुभयो ।सरकारले २०७३ असार २ गते बारा सहित देशभरका ३६ जिल्लालाई चुरे वातावरण संरक्षण क्षेत्र घोषणा गरेको छ । जसमध्ये बाराको उत्तरी भेगको २० हजार ५ सय २६ हेक्टर भूभाग चुरे संरक्षित क्षेत्रभित्र पर्दछ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले सन् २०१५ सार्वजनिक गरेको प्रतिवेदनमा निजगढ नगरपालिका १० ओटा वडाहरु संरक्षित क्षेत्रभित्र पर्दछ । हाल नगरपालिकाले सोही संरक्षित क्षेत्रका आधा दर्जन खोलाहरुको आईई गरेर ढुंगा,गिटी, वालुवा निकाल्न ठेक्का लगाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नगरपालिकाले लगाएको ठेक्काका आधारमा तोकिएको क्षेत्रवाट ढुंगा,गिटी निकाल्न उचित छ–छैन् चुरे संरक्षण समितिको प्रतिवेदनका आधारमा नगरपालिका अगाडि बढ्ने र त्यसमा आफुले समन्वयकारी भुमिका खेल्ने बताउनुभयो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)