ऋषि पञ्चमी व्रत युवतीहरुको लागि प्रकृतिले एउटा अनुपम वरदान प्रदान गरेकी छिन् । जुन यौवनावस्था सुरु हुन थालेको त्यसले संकेत गर्छ । ठाउँ वा समूदाय अनुसार त्यसलाई नछुने हुनु, पर सर्नु, मेन्सुरेसन, छुवाइल, महिनावारी, ऋतुमती भइल आदि भन्ने गरिएको छ । यो वास्तवमा स्त्रीहरुको पुष्पित अवस्था हो । पारिवारिक सुख, शान्ति, आरोग्यता, धन धान्य, असल सन्तान, बैभव र विजय प्राप्तिको लागि तथा महिला महिनावारीका समय स्त्री र पुरुषद्वारा परिवारमा जानेर, नजानेर हुन पुगेका त्रुटी र गरिएका पापकर्म निवारणको लागि यो ब्रत नेपालमा गरिने चलन चलेर गएको हो ।
यस दिन ब्रतालुहरु कुनै पवित्र नदी नाला, तलाउ वा घरमै गंगाजल मिश्रित पानीले नुहाएर घरको कुनै सफा ठाउँमा गाइको गोबरले लिपेर तामाको पूर्ण कलश अष्टदलमा स्थापना गरी सप्त ऋषिहरुको प्रतिमालाइ पंचामृत स्नान गराएर सेता बस्त्र, सेता फूल, अक्षता, दूध, दहि, घ्यू , मह, चिनी, नैबेद्द, जनै, आठवटा पान सुपारी जस्ता सामाग्रीहरु तयार पारी गर्ने गरिन्छ ।बशिष्ठ ऋषिकी पत्नी अरुन्धतीको पूजा गर्दा स्त्री बर्गले सौभाग्य सामाग्रीहरु अर्पण गर्नु पर्दछ । ऋषि पंचामिको पूजा सामग्रीमा वेलपत्र नभई नहुने पूजा सामग्री हो ।यस व्रतमा ब्रतीले हलोले नजोतेको, कोदालोले नखनेको साग प्रयोग गर्नु भन्ने बचन रहेकोले नेपाली समाजमा पूजा सकिएपछि कर्कलोको साग, समाको भात खाने चलन छ । यस व्रतमा साग,नीवारहरु,साँवा (श्यामाक) , कन्द–मूल , फलफूल बाहेक अरु कुरा खाइन्न । हलो, कोदालो द्वारा उत्पन्न चिज बिज अन्नपात खाइदैन ।ब्रह्मचर्यमा रहनु यसको अनिबार्य नियम हो । पारिवारिक आनन्द सौभाग्य वृद्धि, अज्ञात पापबाट मुक्ति, शारीरिक सौन्दर्य, प्राप्ति ऋषि पञ्चमी व्रत गर्ने चलन रहिआएको छ ।
ऋषि पञ्चमी व्रत युवतीहरुको लागि प्रकृतिले एउटा अनुपम वरदान प्रदान गरेकी छिन् । जुन यौवनावस्था सुरु हुन थालेको त्यसले संकेत गर्छ । ठाउँ वा समूदाय अनुसार त्यसलाई नछुने हुनु, पर सर्नु, मेन्सुरेसन, छुवाइल, महिनावारी, ऋतुमती भइल आदि भन्ने गरिएको छ । यो वास्तवमा स्त्रीहरुको पुष्पित अवस्था हो । प्रकृतिको साश्वत् नियमानुसार वनस्पति जगत तथा प्राणी जगत्का प्रत्येक नारी पात्र पल्लवित हुनु, पुष्पित हुनु तथा फल धारण गरेर त्यसको प्रतिरूप उत्पादन गर्नु अनिवार्य हुन्छ । वनस्पति जगत्मा पूmलहरुमा ‘एन्ड्रोसियम’ तथा ‘गाइनोसियम’ जस्ता भाले–पोथी अङ्गहरु हुन्छन् । भाले अङ्गबाट निःसृत पराग–कण गाइनोसियम जस्तो पोथी अङ्गमा सिंचन भएपछि मात्र वल्ल फल धारण हुने अवयव पोथी अङ्गलाई प्राप्त हुन्छ । सोही अनुसार प्रकृतिले प्राणी जगतमा पनि व्यवस्था गरेकी छिन् । जसलाई माथि उल्लेखित नामहरु दिइएको छ । वनस्पति जगतमा त भाले अङ्ग स्वयं सक्षम न भएको हुनाले यो कर्म किरा, फट्याङग्रा, हावा, पानीबाट हुने गर्दछ । तर प्राणी जगतमा भने यो कर्म प्रत्यक्ष लैङ्गिक क्रियाबाट मात्र सम्पादन हुने गर्दछ ।
नवयुवती शारिरीक रुपमा पुष्पित भएपछि पुरुषवून्दको अव्यक्त रूपले चाहना गर्न थाल्छिन् । प्रत्यक्षतः मुखले न भने पनि उनीहरुको नशालु नयनले र अन्य शारिरीक गतिविधिले चाहना व्यक्त गरिरहेको हुन्छ । पुरुष प्रतिको आकर्षण या आशक्ति नै उनीहरुको चाहनाको जबरजस्त संकेत हो । किन भने फल उत्पादनकोलागि स्त्री अङ्गले त्यसको सिंचनकोलागि पर्खिरहेको हुन्छ । सिंचन पाएमा फलकोलागि तत्काल गर्भ धारण हुन्छ । सिंचन भएन भने पर्खिरहेका ती पूmलहरु नष्ट भएर मानव शरीरबाट बाहिर निस्कन विभिन्न चेष्टा गरी निस्कन्छन् । यसलाई नै माथि भनिएका नामाकरण मध्ये पनि लिन सकिन्छ ।
नवयुवती ऋतुमती भएपछि सामाजिक, धार्मिक तथा नैतिक बन्देजको कारणले सिंचन नपाएको अवस्थामा सो रज (फुल) नष्ट भएर मृत अवस्थामा शरीर बाहिर निषर्जित भएपछि निकै दुर्गन्धित हुन्छ । सम्भवतः यस कै कारणले आदि वैद्य तथा आधूनिक स्वास्थ्य वैज्ञानिकहरुले पनि त्यसबाट बच्न तथा त्यस्तो अवस्थामा स्त्रीहरुसित लसपस नगर्न सुझाएका हुन् । यसको प्रत्यक्ष अपराधबोध स्त्री जातिको मन मस्तिष्कमा पर्न गएको जस्तो सो समयमा उनीहरुले महसुस गरेको जस्तो गर्छन् । तथापि यो प्राकृतिक नियम भित्रकै एक अवशेष हो ।
यसका भएको केही कमजोरीलाई सच्याउन बैधिक विधि पनि तयार नभएको होइन । ऋषि पञ्चमी व्रतमा–कश्यपोऽत्रिर्भभारद्वाजो विश्वामित्तस्तु गौतमः । जमदग्नीर्वशिष्ठश्च सप्तैते ऋषयः स्मृताः । (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नी र वशिष्ठ आदि सप्तऋषि) को पूजन तथा व्रत गर्नाले ऋतुमती भएको अवस्थामा स्त्री जातिले पुरूष स्पर्ष, भान्छा तथा खाना पकाउने भांडा आदिको स्पर्षदोषबाट मुक्ति पाउन सकिन्छ भन्ने धार्मिक मान्यता पनि रहेको यसै कारण हुन सक्छ । त्यसैले ऋषिपञ्चमी व्रत हाम्रो समाजमा निकै लोकप्रिय पनि रहेको छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)