सुख्खाबन्दरगाह भन्सार बिस्तारको लागि नेपाल सरकारले लिन थालेकोे सिर्सिया, अलौंको झण्डै १७ बिगहा जग्गा नामसारी गराइसकेको छ । सुख्खा बन्दरगाह कार्यालय वीरगंजलाई बिस्तारको लागी सरकारले लिन लागेको सिर्सिया, अलौंको जग्गामध्ये करिब १७ बिगहा जग्गा बन्दरगाह भन्सार कार्यालयको नाममा नामसारी गराइसकेको हो ।
नेपाल सरकारले तोकेको मूल्य अनुुसार मूआब्जा पाईसकेका स्थानीयहरुले करिब १७ बिगहा जग्गा नामसारी भइसकेको जनाए । सुख्खा बन्दरगाह भन्सारले पनि यो कुरा स्वीकारेको छ । त्यो जग्गा गत वर्षको माघ महिनादेखि असारसम्म मूआब्जा दिएको मध्ये भएको बुझिएको छ ।
सुख्खा बन्दरगाह भन्सार कार्यालय र एकिकृत भन्सार जाँच चौकी (आइसीपी) को जग्गाको ठाउँ कम भएकोले ट्रेन इन्ट्री लगायत अन्य व्यापारको लागि भएको समस्या हल गर्न नेपाल सरकारले सिर्सिया र अलौंको जग्गा अतिग्रहण गर्न प्रकृया अगाडी बढाएको हो । व्यापार व्यवसाय परियोजनको लागि नेपाल सरकारले लिन लागेको जग्गाको न्युनतम मूल्य प्रतिकठ्ठा २४ लाख र अधिकत्तम मूल्य रु ६७ लाख प्रतिकठ्ठाको दरले मूआब्जा दिईएको सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगंजले जनाएको छ । हालसम्म करिब १७ बिगहा जग्गाको प्रतिकठ्ठा उक्त मूल्यका आधारमा कुल १ अर्ब ५९ करोडभन्दा बढि रकम भुक्तानी गरिसकिएको छ ।
मूआब्जाको विषयलाई लिएर आन्दोलित भएका सिर्सियाबासीहरुले मूआब्जा लिई जग्गा दिन लागेकोले हाललाई केही समस्या नरहेको कार्यालयको भनाइ छ । अहिले मूआब्जा दिने र जग्गा लिने काम सूचारु रहेको वीरगंज सुख्खा बन्दरगाहका कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । अहिले ६५ बिगहा जग्गा सरकारको नाममा ल्याउन बाँकी छ । यो वर्षभित्र यो कार्यले पूर्णता पाउने प्रमुख खत्रीको भनाइ छ । जग्गा सरकार मातहत आईसकेपछि आयात निर्यात अर्थात कामकै आधारमा डिपिआर तयारी गरी त्यही अनुसारको संरचना बनाई काम सम्पादन गरिने प्रमुख खत्रीले बताए । बलियो र फराकिलो पूर्वाधारको लागि यो जग्गा लिन लागिएकोले व्यापारीहरुलाई व्यवसाय गर्न समेत सहजता हुने प्रमुख खत्रीले बताए । उनले सबै जग्गाको मूब्जा दिई नामसारी भईसकेपछि मात्रै जग्गा खाली गराई आवश्यक कार्य थालनी हुने जनाइएको छ । जग्गाधनीले स्वच्छाले नै जग्गा लिन निवेदन दिएको आधारमा जग्गा लिइएको कार्यालयले तर्क गरेको छ ।
तर सिर्सिका स्थानीय एवम् मुआब्जा संघर्ष समितिका सचिव विजय कुमार तिवारीले सिर्सिया बासी आफू खुसी जग्गा नदिएको बताउँछन् । सरकारले नै आफूहरुलाई जग्गा दिन बाँध्य पारेको उनले दावी गरे । जग्गा दिई सकेकाले पनि मूअब्जा नपाई भौतारिने अवस्थामा रहेको उनको भनाइ छ । कुनै पनि गाउँको बस्ती एकै दिनमा नबसी अनेकौं संस्कृति, सदभाव, स्कुल, स्वास्थ्य संस्था लगायतको समाजिक विकास भएको ठाउँलाई सरकारले बिस्थापित गरिरहेको छ । यस्तो अवस्थामा अर्को ठाउँमा ती सुविधा सहितको विकल्प तयार पारी बस्ती स्थानान्तरण गर्नु पर्नेमा सरकार चुकेको उनको तर्क छ ।
‘‘एउटा सुकुमबासीलाई जब सरकारले जग्गाको व्यवस्था गरिरहेको छ भने घरबार भएकाहरुलाई अन्यत्र पठाउँदा उचित व्यवस्था गर्नु पर्ने होइन उनले प्रश्न गरे । ‘ यो सरकार निकम्मा छ । सरकार भएपछि त जनताको कुरा सुन्ने पो हुनु पर्छ उनले प्रष्ट्याए ।’ जनताको शासन भएको देशमा जनताकै सम्पति लुटिरहेको सरकारले जनताको आवाजलाई नसुन्दा बितृष्णा जागेको पीडितहरुको भनाइ छ । ‘सरकारले दिइरहेको १० धुर घडेरीको पैसाले उसले अर्काे ठाउँमा २ धुर पनि किन्न सक्दैनन्,’ सचिव तिवारीले भने, ‘जब सस्तो नै जग्गा छ भने हामीलाई यही वडाको अन्य ठाउँमा सरकारले नै जग्गा खरिद गरी उचित बासस्थान बनाइ दियोस्’ उनले तर्क गरे ।
‘‘हाम्रो छेउमै तत्कालिन पंचायतकालमा नेपाल सरकारले २०/२२ बिग्हा जग्गा अधिग्रहण गरेर पल्लटिङ्गको विकास ग¥यो, त्यो बस्तीको लागि बिक्री गरिदियो । तर आजसम्म बस्ती बसेन, तिवारीले भने, त्यो जग्गा बस्ती बसाउनको लागि हो भने हामी पिडितलाई सरकारले त्यो जग्गा दिदा हामी त व्यवस्थित भईहाल्छौ नि ।’’ सिर्सियाबासीले यही कुराको मांग राखेर प्रधानमन्त्री र गृहमन्त्रीलाई निवेदन पनि दिएको मुआब्जा संघर्ष समितिका सचिव तिवारीले बताए । ‘ हाम्रो मांग पूरा भएन भने फेरि आन्दोलन गर्छांै’ संघर्ष समितिका सचिव तिवारीको दावी छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)