भन्ने लायकको विकास निर्माणको काम भएको छैन् । महानगर प्रमुखमा विजय सरावगी जितेर आएपनि न गाउँमा बाटोघाटो सही तरिकाले बनेको छ, न त बत्ती नै लागेको छ । सबै सडक खाल्डो खुल्डो र बर्षातमा हिलामय हुन्छ । हाम्रै वडामा बनेको एउटा नयाँ बस्तीसम्म जाने व्यवस्थित सडक छैन् । झण्डै ५ वर्ष हुन लाग्दा पनि पानी निकासको लागि नाला निर्माण भएको छैन् । मुख्यतः बाटोघाटोकै अवस्था दयनिय छ । अन्य विकसको के कुरा गर्नु ? समग्रमा भन्नु पर्दा महानगर भई जनप्रतिनीधि आईसके पनि पहिलेको तुल्नामा फरक ढङ्गले कुनै क्षेत्रको विकास भएको छैन ।
के विकास हुनु ?, भएकै छैन् । हेर्नुस् न, गण्डकदेखी जगरनाथपुरसम्मको बाटो त पुरै खराबै खराब छ । बाटोको दैनिय अवस्थाले गण्डकको बाटोमा मेरो गाडी फसेको थियो । जेसिबीले गाडी निकाल्नलाई १० हजार खर्च माग्दैछन् । हाम्रो भाडा नै त्यति छैन । कसरी चलाउने गाडी ? अनि के को विकास भन्ने ? घण्टाघर पावर हाउस चोक मै हेर्नुस् न कस्तो अवस्था छ । बजारको बाटोको अवस्था बेहाल छ, ग्रामिण भेगको कुरै छोडौं । मेरो वडामा केही न्युन काम भएको छ तर महानगरको विकासको अनुभूति गर्ने लायक कुनै काम भएको छैन । व्यवस्थित बाटो नै नभएको ठाउँको अन्य विकासको के परिकल्पना गर्न सकिन्छ ? खाल्डो खुल्डो बाटोको कारण गाडीमा क्षति हुनुको साथै दुर्घटनाको जोखिम पनि उच्च नै रहेको छ । ड्राईपोर्ट चोकमा बाटोकै समस्याका कारण केही दिन पहिले दुर्घटना बाट एकजनाको मृत्यु पनि भयो । समग्र रुपमा भन्नु पर्दा खासै विकास भएको देखिन्न् ।
वीरगंज महानगरपालिकाका मेयर साहेबले त चुनवाको बेला म केही पनि खादैन भनेका थिए, तर वहाँजतिको खाने नेपालमै कोही छैन जस्तो लाग्छ मलाई । कुनै काम नै नगरि लुुट्ने काम मात्रै गरेका छन् । बर्षातको समयमा यति न हिलो हुन्छ कि हामीलाई घरबाट बाहिर निस्कन नै समस्या हुन्छ । हाम्रो क्षेत्रबाट निर्वाचित संघीय सांसद प्रदीप यादव र प्रदेश सांसद जन्नत अंसारीले गाउँको २, ३ ठाउँमा ढलान सडक र नालाको काम गराएका छन् । तर महानगरको तर्फबाट पैसा घोटाला गर्न माटो पुर्ने काम मात्रै भएको छ । हाम्रो वडामा मात्रै समस्या छैन, महानगरभित्र पर्ने सबै ग्रमिण भेगको उस्तै अवस्था छ ।
भएको छ विकास, केही ठाउँमा सडक पुर्ने काम मात्रै भएको छ । बाँकीको सडकको अवस्था कमजोर नै छ । यो बाहेक त अन्य कुनै क्षेत्रमा महानगरपालिकाले विकासे गरेको छैन् । चुनावको बेला धेरै विकासको कुरा सुनेको थिए । तर यतिका वर्ष वितिसक्दा पनि केही विकास भएको देख्दिन् । विकास भएको सुन्नलाई धेरै सुनिएको छु, तर व्यवहारमा भएको देखिएको छैन् । अनुभूति गर्ने खालको कुनै काम नै भएको छैन ।
हामी गाउँभन्दा अलि बाहिर बसेका छौं । गाउँको केही ठाउँमा सडक र नाला ढलान भएको छ । तर हाम्रो घर भएको ठाउँको सडकको अवस्था झनै खराब छ । त्यो बाहेक अरु कुनै काम भएको देखिएको छैन् । हामी आफ्नो खेतीपातीसंगसगै अरु खेतमा पनि रोपनी, सोहनी गर्छाै । यसका साथै बाख्राहरु पालने गरेका छौ । कृषकको लागि धेरै कुरा आएको सुनिन्छ तर हालसम्म हामीले केही पनि पाएका छैनौं । अन्य काम बारे मलाई केही थाहा छैन ।
महानगरले सन्तुष्ट गर्ने लायक काम नै गरेको छैन् । जति गर्नु पर्ने हो त्यसको ४० प्रतिशत मात्रै काम भएको छ । महानगरभित्रको बाटोघाटोको अवस्था पनि ठिक छैन् । बनेको दुई महिना मै भत्किन्छ सडक । ठेकेदारको गल्ती हो, कि महानगरको भन्न सकिदैन् । घण्टाघर बाईपासदेखी परवनीपुर सम्मकै सडकको हाल बेहाल छ, महानगरले अग्रसरता लिनुपर्ने थियो । करिब १० वर्षदेखी गण्डक नहरको सडकबाट आवत जावत गर्न समस्या छ । दिनदिनै बिग्रिरहेको छ । अवस्था उस्तै छ । अन्य ग्रामिण भेगमा पनि बाटोको अवस्था विजोग नै छ । बाटोघाटो मात्रै विकास होईन, अन्य क्षेत्र पनि हो, तर कुनै क्षेत्रलाई समेटिएको छैन् । मुखौटे विकास धेरै भएको छ तर व्यवहारिक विकास भएको छैन् ।
वीरगंजको बजार क्षेत्रमा केही काम भएको छ, तर बाहिर अर्थात वीरगंज बजार क्षेत्र बाहेक महानगरको कुनै ठाउँमा विकास भएको छैन् । जस्तो पहिले थियो, त्यसतै अहिले पनि छ । बर्षातको समयमा हिलो र सुख्खा वा घाम लागेको बेला धुलो, वीरगंज महानगरपालिकाको अवस्था एकदमै विजोग छ । वीरगंज महानगरपालिकालाई नेपालको आर्थिक तथा औधोगिक नगरीको रुपमा चिनिने गरिए पनि यहाँको विकासको अवस्था भने सन्तुष्ट जनक मात्रै होईन, केही भएकै छैन् भन्नुपर्छ । महानगरकै मात्र के कुरा गर्ने ? यहाँ त देश चलाउने नै खाली सत्ताको लागि लडिरहेका छन् । सत्ता जस्तै जनताको विकासको लागि लड्ने नेता त मैले देखेकै छैन् । यहाँसम्म की वीरगंजका मेयर विजय सरावगीले त ‘मेरो कसम’ भनेर २० बर्षमा हुन नसकेको काम ५ वर्षमा गरेर देखाउँने उद्घोष नै गरेको थिए । तर त्यो नारामा मात्रै सिमित रहयो । मेयर साहेबले बाचा गरेको १० प्रतिशत काम गरेको चाहि भन्न सकिन्छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)