सिमसिमे झरीमा भिज्दै एक महिला जिल्ला अदालत काठमाण्डौ हाता भित्र हतासिएर पस्छिन । भित्र पस्ना साथ प्राङ्गणमा रहेका एक अधिवक्ता निर पुगेर मसिनो आवाजमा भन्छिन् । सर सम्बन्ध विच्छेद गर्न कति दस्तुर लाग्छ ? ति अधिवक्ता भन्छन् नानी सम्बन्ध विच्छेद गर्न दस्तुर लाग्दैन । तपाई उ त्यो कानूनी साहता केन्द्रमा जानुस् । त्यो तपाइहरु जस्तै महिलाको लागि व्यवस्था भएको समिति हो । कहिले पनि त्यो समितिको बारेमा केहि नसुने कि नजानेकी ती महिला एकछिन अलमलमा पर्छिन् जाउ कि नजाउ भनेर ।
काठमाण्डौ मूलपानी बस्ने वर्ष ३० कि ती महिलाको सोही स्थान बस्ने वर्ष ४६ का रमेश गहतराजसँग ११ वर्ष पहिले मागी विवाह भएको रहेछ । आमाको मृत्यु पश्चात घरमा कोहि पनि महिला नभएको र महिला नहुदाँ ‘घर’ घर जस्तो नलाग्ने भन्दै बाबुले छोरा रमेशको मागी विवाह गरिदिएका रहेछन् । ३ जनाको परिवारमा उनीहरुको जीवन हासी खुशी नै चलिरहेको पनि रहेछ । रमेश गाडीको एउटा ग्यारेजमा काम गर्थे भने उनकी पत्नी एउटा स्कुलमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएकी रहिछन् । दुवै दम्पतीको राम्रैसँग गुजारा चलिरहेको पनि रहेछ । साथमा रहेका बुवाले आफनो छोरा बुहारीलाई संरक्षण गर्दै आएका बसेका रहेछन् । तर यो वीचमा ती दुइ दम्पतीबाट २ सन्तान भएको खुलासा भयो । हजुरबुवा नाती नातीनाको प्यारो साथी नबने कुरै भएन । बच्चाहरुलाइ के चाहिन्छ ? के खान्छन ? त्यो सबै हजुरबुवाले रेखदेख गर्नु स्वभाविकै हो । बच्चाहरु विस्तारै ठूलो हुदै छन् । आफनो बच्चाहरु ठूलो भइरहेको ती दम्पतीले पत्तो समेत पाएका थिएनन् । किनकी बच्चाहरुको सबै रेखदेख हजुरबुवाले गदैआएको रहेछन् ।
त्यति राम्रो जीवन चलिरहेका ती दम्पतीको सम्बन्धमा एकदिन अचानक चिसो पन छिरेछ । त्यो जुन ग्यारेजमा रमेश काम गर्थे त्यसको साहुले आफ्नी छोरी विवाह गर्न प्रस्ताव राखेका रहेछन् । तर रमेशले त्यो प्रस्तावलाई हुदैन भने छन् । किनकी उनी पहिले नै विवाहित थिए । मेरो राम्रो परिवार छ सायद तपाइलाई थाहा छैन होला भन्दै साहुलाइ भनेछन् । तर साहुले आजको आधुनिक समयमा पनि तिमी यस्तो कुरा गर्छौ । अहिलेको समयमा दुइ महिला कस्को हुन्न र ? जस्ता प्रश्न गरेर रमेशको दिमागलाई एकोहरो बनाएछन् । रमेशले त्याँहाबाट काम पनि छोड्न सकेनछन् । किनकि आमा ब्लड क्यान्सर भएर मृत्यु भएको र आमाको उपचारमा लागेको ६ लाखको ऋण त्यो साहुलाई तिर्न रहेछ । त्यो ऋण कसरी तिर्ने भन्ने कुराले रमेशलाई बारम्बार सताउँदो रहेछ । यता पत्नीको महिनाको ८ हजार पारिश्रमिकले घर चलाउन त्यति सजिलो हुने कुरा भएन । त्यसमाथि दुई बच्चा बृद्ध बुवा सबैको ख्याल राख्नु पर्ने जिम्मेवारी उनीहरुलाई हुन्थ्यो । ग्यारेज साहुले आफ्नी छोरी सित विवाह गरे ऋण पनि चुक्ता गर्ने बाचा गरेका थिए । र साथमा बुवाको औषधी उपचार र बच्चाहरुको खर्च पनि बेहोर्ने कुरा गर्दै आएका रहेछन् । रमेशले केही सोच्नै सकेन छन् । किनकी उनको पत्नीलाई आफ्नो पति माथि पूरा विश्वास थियो । तर समयले यस्तो कोल्टे फे¥यो ।
अन्ततः रमेश जेठी पत्नीसँग सम्बन्ध विच्छेदको फैसला गर्न सम्म पुगेछन् । यो कुरा पत्नीलाई सारै असह्य भएछ । तपाइले त्याँहाबाट काम छोडी दिनुस् समेत भनिछन् । तर रमेश काम छोड्न सक्ने र उनको आमाको उपचारमा भएको औषधी खर्चको ऋण यत्तिकै अरुलाई बोकाएर हिड्न सक्ने अवस्थामा पनि पुगेनछन् । आमाको औषधी उपाचारमा लागेको ६ लाखको ऋण चुक्ता गर्न पहिलो पत्नीलाई सम्बन्ध विच्छेद गरेर कान्छी घरमा ल्याउने निधोमा उनी पुगन वाध्य भएछन् । ती पति पत्नी बीच हरेक दिन हुने झगडा एक दिन बुवाले थाहा पाउँदा हात हालाहालसम्मको अवस्थामा पुगेछ । मेरो बुहारीलाई तैले किन पिटेको ? भन्दै बुवाले छोराको हातबाट लठ्ठी फ्याकि दिन परेछ । बुवाले कारण खोज्न लागे पछि सबै बुझदै गर्दा छोराले अर्कै विवाह गर्ने फैसला गरेको खुलासा भएछ ।
यो कुरा थाहा पाएपछि छोरा प्रति बाबुले पनि घृणा मिश्रित व्यवहार गर्न परेछ । अरुलाई सहयोग गर्ने नाउँमा तैले आफ्नी विवाहित पत्नीलाई विच्छेद गर्न लागिस । त मेरो छोरा होइन तलाई धिक्कार छ । जा आजबाट म तलाइ छोरा भन्दिन भन्न उनले बाँकी राखेनछन् । बाउले यस्तो भनेको सुनी छोरा केहि बोल्न सकेनन् । बाबुले यदि त अर्कै विवाह गर्ने चक्करमा छस भने बाहिर राख म बाचुन्जेल यो घर भित्र अर्की ल्याउन र आउन दिन्न । बाबुको अडानको अघि छोराको केहि चलेन र उनी बाहिर कोठा लिएर राख्ने निधोमा पुगेछन् । तर पहिलो पत्नी हुदाँ हुदै अर्की पत्नी ल्याउन कानून सम्वत पनि मिल्दैन । समाजले पनि राम्रो भन्दैन भन्ने कुराको हेक्का रमेशले राखेका थिए । र उनलै सम्बन्ध विच्छेदको लागि पत्नीलाइ प्रस्ताव गरे । पतिको प्रस्ताव बमोजिम उनी अदालत आइपुगेकी रहिछन् ।
अदालतको ढोकामा मात्रै पुगेर सम्बन्ध विच्छेद हुदैन, प्रकृयामा जानु पर्छ एक अधिवक्ताले सुझाएपछि उनी आफूले कानूनी प्रकृयामा लाग्ने दस्तुर तिर्न नसक्ने र आफुलाई कानूनी ज्ञान पनि नभएकोले एक अधिवक्ताले सुझाएको कानूनी सहायता केन्द्रमा पुगिन् । सहायता केन्द्रमा रहेका अधिकृतसँग आफ्नो घटना उनले सुनाइन् ।
पतिले सम्बन्ध विच्छेदको प्रस्ताव त राखे । तर विच्छेद भैसकेपछि पनि उनी जान्थिन् कँहा ? मेरो कोहि छैन ? जस्ता त्रासले उनलाई झस्काइ रहेको उनको बोली र हाउभाउले झल्किरहेको थियो । तर त्यो अवस्थामा उनको ससुरा बुवाले साहयता दिएका थिए । आफ्नो छोराले गति छाडेको भन्दै बुहारीसँग माफि मागेका ससुरा स–साना बच्चाहरुको भविष्यलाई लिएर चिन्तित रहेछन् । तर छोराले बाटो विराए पनि आफ्नी बुहारीलाई कुनै पनि हालतमा नछोड्ने उनको अडानले बुहारीलाई अलि ढाढस रहेछ । अन्तिममा आफ्नै ससुरा बुवाले बुहारीलाई छोराविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा हाल्न अदालतमा लिएर आए । पत्नीले सम्बन्ध विच्छेदको लागि अदालत समक्ष चढाएको निवेदन दर्ता भई प्रकृया पनि अगाडी बढ्यो । अदालतबाट पतिलाइ पत्र गयो ।
पत्र पाएको एक हप्तामा पति रमेश पनि अदालतमा हाजिर भए । त्यति बेला उनका बुवा थिए । आफ्ना बुवा तर्फ उनी शिर ठाडो पारेर हेर्न पनि सकिरहेका थिएनन् । सम्बन्धित अधिकारी समक्ष आफ्ना कठिनाइहरु सुनाए । उनले आफनो कुरा भन्दै जाँदा त्यँहा उपस्थित सबैको आखा रसाएको थियो । यस्तो पनि घटना हुँदो रहेछ भनेर । तर अन्तिममा उनी मिल्न सकेनन् आफ्नी पत्नीसँग विच्छेद गरे सम्बन्ध । अनि अर्कै महिलासँग बाध्य भए विवाह गर्न । यता ससुराले पनि आफ््नी बुहारीको विहे गराइ दिए ।
( माथि प्रस्तुत घटना वास्तविकतामा आधारित हो । गोपनीयतालाई मनन् गरी घटनाका पात्रहरुको परिचय परिवर्तन गरिएको छ । )
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)