बाराको कलैया स्थित मुख्य बजार क्षेत्रमा सवारी पार्कीङ्गको उचित व्यवस्था नहुँदा सडक अस्तव्यस्त बनेको छ ।
निश्चित स्थानको अभावमा जथाभावी सडकमै सवारी साधनहरु पार्किङ गर्दा सडक अस्तव्यस्त बनेको हो । सावारी पार्किंङ्गले सडक जाम हुँदा सवारी तथा पैदल यात्रुलाई आवागमनमा समस्या हुने गरेको छ । विभिन्न सेवा लिन आउने सेवाग्राहीले कलैयाको मालपोत कार्यालय, घण्टाघर दायाँबायाँ, मुख्य बजारसहितका सडकमै साईकल, मोटरसाईकल, कार लगायतका सवारीसाधन पार्किङ्ग गर्दा सडकमा हिड्ने बटुवालाई हिंड्न तथा सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालय, मच्छरहट्टा चोक, महाबिर स्थान, दही बजार, अदालतको सडक खण्डमा पिकअप भ्यान, ट्याक्टर, ट्रक मोटरसाईकल लगायतको फिल्म हलका सवारी साधन जथाभाबी पार्किङ गरिएको पाइन्छ भने यहि कारण बटुवाहरु दिक्क मान्दै बाटो खोजिरहेको देख्न सकिन्छ ।
कलैया नगरपालिकामा दर्जनौको सँख्यामा रहेका बैंक, बित्तिय संस्था लगायतका कार्यालयले सवारीसाधन पार्किङ्गका लागि उचित स्थानको व्यवस्था नगर्दा समबन्धित कार्यालयमा सेवा लिन आउने सेवाग्रहीहरुको सवारीसाधनले घण्टौं बाटोको आधा भन्दा बढी हिस्सा ओगटेको हुन्छ ।
जसले गर्दा अनाहकमा सर्वसधारणले सास्ती भोग्नु परेको नागरिक समाज बारा कलैयाका अध्यक्ष उमेशलाल दासले बताउनु भयो । घर साहुले पहिलादेखि निर्माण गरेका पक्की घरमा नै पार्किङ्गको व्यवस्था नरेको कारण घरभाडामा लिएर कार्यालय सञ्चालन गरेको स्थानमा ठाउँ नभेटेपछी सेवाग्रहीहरुले नजिकैको सडकमा आफ्नो सवारी पार्किङ्ग गर्ने गरेको एनसीसी बैंक कलैयाका प्रबन्धक अमित चौधरीले बताउनुभयो । सर्वसाधारणले खेप्नुपरेको असुविधालाई ध्यानमा राखेर कलैयामा संञ्चालित कुनै पनि बैंक तथा बित्तिय संघ, संस्थाहरुले पार्किङ्गको व्यवस्था गरेका छैनन् ।
यसैविच कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले पार्किंङ्गका लागि यसै हप्ता ठोस निष्कर्ष निकाल्ने बताउनुभयो । वहाँले यसबारे आफुले पहिले पनि पहल गरेको तर कोभिड लगायत कारणले रोकिएको बताउँदै अब चाँडै व्यवस्थित पाकिंङ्ग निर्माण गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)