कोशेली युथ क्लबको आयोजनामा बाराको सिमरामा तेस्रो भेट्रान कप २०७८ सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने नारा सहित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ गैह्रीटोलमा आजबाट प्रतियोगिता सुरु भएको हो । असोज ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव एवं वरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले उद्घाटन गर्नुभयो ।
उद्घघाटन सत्रलाई सम्बोधन गर्दै लामाले स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रसंगै पर्यटन प्रवर्द्धनमा पनि ठूलो टेवा पुग्ने उल्लेख गर्नुभयो । चालिस वर्षभन्दा माथिका खेलाडीहरूको सहभागितामा हुने प्रतियोगितामा २० वटा भेट्रान टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई आर.एन ईन्टरप्राईजेज सिमरा प्रायोजन तथा यु आर गोल्ड प्रिमियम मसला चियाले सह प्रायोजन गरेका छन् । प्रतियोगिता मुल आयोजक समितिका संयोजक सोमलाल बोम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशेली युथ क्लबका अध्यक्ष बिशाल घिमिरेले स्वागत गर्नुभएको हो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य शोभा कार्की, नेकपा एकीकृत समाजवादी युवा संघका केन्द्रिय सदस्य गणेश रिजाल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरे, वडा नम्बर २ का वडा सदस्यहरू रामचन्द्र अधिकारी, चिनिमाया परियार, नाटा प्रदेश नम्बर २ का अध्यक्ष मोहन शर्मा, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सत्य श्रेष्ठ, समाजसेवी रवीन्द्र खकुरेल, सिमरा फाउण्डेशन सिमराका अध्यक्ष आरिफ हुसेन, वडा नम्बर ३ का वडा सचिव अनिल बिश्वकर्मा, युवा व्यवसायी उमेश चौलागाई लगायतको सहभागिता रहेको थियो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)