मेष : साता मध्यम फलदायी रहला । साताको शुरुमा शारीरिक रोगमा धनखर्च हुनसक्छ । आर्थिक समस्या अनावश्यक वादविवाद देखा पर्ने हुँदा सतर्कता आवश्यक छ । मध्य अन्त्यतिर धार्मिक भ्रमण, काममा भाग्यले साथ दिने, सरकारी उल्झन सुल्झने ग्रहयोग रहेको छ । वैदेशिक क्षेत्रका काममा सफलता मिल्ने नोकरीमा सन्तोष देखा पर्ला । साताको उत्तराद्र्धमा सोचे अनुसार अनुकुल रहनेछ ।
वृष : साता मिश्रीत फलदायी रहला । साताको शुरुमा व्यापार व्यवसायमा लाभ प्रगति हुनेछ । दामपत्य जीवनमा सुमधुरता आउनेछ । प्रेम प्रसंगमा सफलता मिल्नेछ । अविस्मरणीय रमाइलो यात्रा हुनेछ । मध्यतिर खानपानको लापरवाहीले शारिरीक समस्या आउने पारिवारिक सदस्यको स्वास्थ्य उपचारमा धन खर्च हुने देखिन्छ । अन्त्यमा समस्याबाट राहत मिल्नेछ । भाग्यले साथ दिनेछ । राज्यबाट सहयोग मिल्ने ग्रहयोग छ ।
मिथुन : साता रमाइलो गर्दै वित्ला । साताको शुरु र मध्यतिर कडा परिश्रम पश्चात काममा सफलता मिल्नेछ । आफन्तको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा लाभ प्रगति हुनेछ । मनोरन्जनात्मक रमाइलो यात्रा हुने देखिन्छ । साताको अन्त्यमा भने शारीरिक समस्या मनमा बेचैनी, शंका र भय देखा पर्ला । शुक्रवार शनिवार विशेष सतर्कता आवश्यक छ ।
कर्कट : साता फलदायी नै रहला । यो साता प्रतिस्पर्धात्मक प्रतियोगितामा सफलताको योग छ । विदेशी आफन्तको सुसमाचार आउने छ । शिक्षामा धन खर्च पढाई लेखाइमा अभिरुचि बढनेछ । शत्रुहरु शरणागत हुने छन् । वादविवाद मुद्दा मामिलामा विजयको योग रहेको छ । व्यापार व्यवसायमा लाभ प्रगति हुने पनि देखिन्छ । साता अनुकुल छ ।
सिह : साता मिश्रीत फलदायी रहला । साताको शुरुमा घरायसी समस्या मनमा बेचैनी रातीमा अनिद्राले सताउन सक्छ । माता पिताको स्वास्थ्य उपचारमा धन खर्च हुने देखिन्छ । मध्य अन्त्यतिर शिक्षामा धनखर्च पढाईमा अभिरुचि सन्तान सुख मिल्ने छ । विरोधीहरु पराजित हुनेछन. । आफन्त एवं मित्र सहयोगले महत्वपूूर्ण काममा सफलता मिल्नेछ ।
कन्या : साता मध्यम फलदायी रहला । साताको शुरुमा राज्यपक्षबाट लाभ समर्थन र सहयोग मिल्नेछ । मित्र सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।
मध्यतिर घरेलु समस्याले उगं्ररुप लिनेछ । घर वाहन परिवार सम्बन्धि झन्झट झमेला र चिन्ताले मन खिन्न हुनेछ । अन्त्यमा असल संगत मनमा शान्ति सदविचार आउनेछ । विदेशी आफन्तको सहयोग मिल्ने ग्रहयोग छ ।
तुला : साता रमाइलो गर्दै वित्ला । साताको शुरुमा प्रभावशाली मानिससँग तपाईको भेटघाट हुनेछ । घरमा अतिथिको आगमन अतिथि सत्कारमा धनखर्च हुने देखिन्छ । मध्यतिर पुराना साथी भाईसँग भेटघाट हुनेछ । राज्यपक्षबाट सहयोग मिल्नेछ । आफन्त एवं मित्र सहयोगले महत्वपूर्ण काममा सफलताको योग रहेको छ । अन्त्यमा पेट सम्बन्धि समस्या बेचैनी अनिन्द्राले सताउँला । सतर्कता आवश्यक छ ।
वृश्चिक : यो साता तपाईको मनमा शान्ति शरीरमा स्फूर्ति र अनुहारमा कान्ँित देखा पर्ला । बोली व्यक्तित्व बढनेछ । मानसम्मान पाउने ग्रहयोग छ । महत्वपूर्ण मानिससँग भेटघाट हुनेछ । सरकारी उल्झन सुल्झने छ । मित्र सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । बुद्धि पु¥याएर प्रयास गर्दा सता सफलताको नजिक रहेको देखिन्छ ।
धनु : साता मिश्रीत फलदायी रहला । साताको शुरुमा अनावश्यक खर्च र व्यर्थ भ्रमण हुन सक्छ । मध्यमा तपाईको बोली व्यक्तित्व बढनेछ । सामाजिक कार्यमा व्यस्तता बढनेछ । मानसम्मान र पुरस्कार पाउने देखिन्छ । अन्त्यतिर घरमा अतिथि आगमन अतिथि सत्कारमा धनखर्च हुनेछ । तपाईको रिसले काम विग्रंन सक्छ । सतर्कता आवश्यक छ ।
मकर : साता मध्यम फलदायी रहला । साताको शुरुमा प्रशस्त धनलाभ हुनेछ । गीत संगीत श्रवण लेखनमा मन जानेछ । रमाइलो यात्रा पनि हुन सक्छ । मध्यतिर अनावश्यक खर्च व्यर्थ भ्रमण र झूटा आरोप लाग्न सक्छ । मनमा बेचैनी उच्च रक्तचाप बढनेछ । यसर्थ खादा,हिडदा, बोल्दा विशेष सतर्कता आवश्यक छ । साताका शुक्रवार र शनिवार चाहि राम्रो छ । यी दिनमा मनमा सन्तोष काममा जस मिल्ने रिसको मात्रा बढने हुँदा रिसमा नियन्त्रण चाहि आवश्यक छ ।
कुम्भ : साता मिश्रीत फलदायी रहला । साताको शुरु मध्यतिर मनमा शान्ति, काममा सफलता मिल्नेछ । वैदेशिक कार्यबाट लाभ हुनेछ । सरकारी काम सुल्झने छ । प्रशस्त धनलाभ हुने देखिन्छ । अन्त्यमा अनावश्यक खर्च, शरीरमा चोट पटक आँखा सम्बन्धि समस्या, उच्च रक्तचाप जस्ता समस्या देखा पर्ने हुँदा खाँदा, हिडदा, बोल्दा विशेष सतर्कता आवश्यक छ ।
मीन : साता रमाइलो गर्दै वित्नेछ । यो साताका गोचर ग्रह अनुसार धार्मिक तीर्थ यात्रा हुने धार्मिक क्षेत्रमा धनखर्चको योग छ । काममा भाग्यले साथ दिनेछ । आफू भन्दा ठूला मानिस तपाईको बोली र कामबाट प्रभावित हुनेछन् । सरकारी काममा सफलता मिल्नेछ । रोकिएका अधुरा काम बन्ने योग छ । प्रशस्त धनलाभ हुने उधारो धन उठने ग्रहयोग देखिन्छ । प्रयास गर्दा साता फलदायी नै रहला ।