संविधान दिवसको अवसरमा पर्सामा ७ जना कर्तव्य ज्यान सजाय पाएका कैदी सहित २४ जनाले आम माफि पाएका छन् ।
कैदी जीवन विताएर समाजमा घुलमिल हुन सक्ने र पुनः अपराध गर्न नसक्ने खालका २४ जनालाई कारागार विभागको सिफारिसमा राष्ट्रपति कार्यालयले आज आम माफि दिएको हो ।
विभिन्न अपराधमा कैदी जीवन विताईरहेका कर्तव्य ज्यान मुद्दाका षेश इमामुदिन, अमरुलाह मिया, रोकैया खातुन, मिश्रीलाल राउन अहिर, विनोद विक चितैने, जमुना माझि र लालबहादुर साह तेली सहित ७ जना त्यसैगरी सवारी ज्यान मुद्दाका जगतनारायण राउत कुर्मी, धरेन्द्र पासवान, जोखु राय थारु, कन्हैया प्रसाद कुशवाहा र अनुप कुमार रुम्बा सहित ५ जना आम माफि पाएका छन् ।
यसैगरी विभिन्न स्थानको चोरीमा संलग्न रहेका अब्दुलजानी हकिम, राजेश साह कानु, सुनिल सहनी मलाह, सरोज चौधरी र महमद हुसेन आजाद अंसारी सहित ४ जना त्यसैगरी ज्यान मार्ने उधोगका अजमुदिन अंसारी, सुनर पासवान, डाका मुद्दाका रमेश मुखिया बिन, विष्णु दयाल हजरा दुसाद र नकबजनी चोरीका सरोज चौधरी र अजाद अंसारी आम माफि पाएको वीरगंज कारागारका प्रमुख कृष्ण गैरेले बताए ।
पछिल्लो समय राजनितिक पहुचका आधारमा आम माफि दिदै जादाँ पुनः अपराधमा सक्रिय हुने क्रम पनी बढेको छ । पर्सामा २०७४ असोज १३ गते वीरगंज कारागारका प्रमुख चक्रपानी गौतम र कारागार विभाग काठमाडौँको सिफारिसमा कर्तव्य ज्यान मुदाका फुलहसन अंसारीलाई आम माफि दिएको थियो । आम माफि पाएका उनले पुनः आफ्नो पहिचान बनाएर अपराधी गतिविधिमा सक्रिय रहेको आरोपमा पक्राउ परेका छन् । विग्तमा ४० प्रतिशत सजाय भुक्तान गरिसहेकाहरुलाई आम माफि दिने प्रावधान थियो भने पछिल्लो समय बढाएर ५० प्रतिशत सजाय भुक्तान गरेपछि मात्रै सिफारिस गर्ने प्रावधान राखिएको छ ।
यस्तो थियो फुलहसनको क्राईम हिस्ट्री
२०६३ फागुन २६ राजेश्वर साहको घरमा १ लाख १४ हजार चोरी
२०६५ कार्तिक १२ गते २० लाख रुपैयाँ फिरौति मागेर जाटाशंकर साहको हत्या
२०६५ पुस ७ गते राजेश क्यालको हत्या ३० लाख फिरौति
२०६५ पुस १९ गते बाराको कन्या प्रावि प्रधानाध्यापक माथि गोलि उर्मिला खतिनी माथि गोलि प्रहार
जन्मकैद सहित सजाय
२०७३ पुस १० गते राजन बानिया हत्या २५ लाख रुपैयाँ क्यानटीन चलाउने कारागार भित्रै
२०७४ असोज १३ गते आम माफि
२०७६ साउन १ गते बाराको प्रसौनी बम विस्फोट
२०७६ साउन २४ गते सुतलि बम विस्फोट विर्ता
२०७६ साउन २८ गते सुतलि बम विस्फोट वीरगंज घण्टाघर
२०७७ देखी लागु औषधको कारोबारमा सक्रिय
२०७८ भदौँ २८ गते घरबाटै पक्राउ
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)