नेशनल स्क्र्याबल च्याम्पीयनशिप प्रतियोगिताका लागि बाराका ५ विद्यार्थी छनौट भएका छन् ।
राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदन डुमरवानामा स्क्र्याबल क्लब बाराले आयोजना गरेको जिल्लास्तरीय स्क्र्याबल च्याम्पीयनसिपबाट ५ विद्यार्थी छनौट भएका हुन् । च्याम्पीयनसीपमा भाग लिएका बाराका १० वटा विद्यालयका २० जना छात्रछात्रा मध्ये खेलमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा ४ विद्यालयका ५ विद्यार्थी छनौट भएको क्लबका बारा संयोजक भोजराज सुवेदीले जानकारी दिएका छन् ।
सुवेदिका अनुसार नेशनल स्क्र्याबल च्याम्पियनशिप प्रतियोगिताका लागि राष्ट्रिय बिभुति सामुदायिक शिक्षा सदनका रक्षा नेपाल र भवन सापकोटा, पाथिभरा स्कुलका चन्द्रप्रसाद गिरि, सुभतारा इन्ङ्खलिस बोर्डिङ्ख स्कुलका भबिन पुडासैनि र सिमरा पब्लिक स्कुलका रेहान अंसारी छनौट भएका हुन् । उनीहरुले आगामी मंसीर ४ गते तनहुँमा आयोजना हुने राष्ट्रिय प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्नेछन् । सो प्रतियोगिताबाट छनौट हुने २५ जनाले अन्र्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने सुवेदीले बताए । प्रदेश २ मै पहिलोपटक जिल्ला स्तरीय स्क्र्याबल प्रतियोगिता आयोजना गर्न सफल भएकोमा जिल्ला संयोजक सुवेदीले खुशी लागेको प्रतिक्रिया दिएका छन् ।
सन् १९४८ मा अमेरिकामा सुरु भएको स्क्र्यावल खेल नेपालमा पहिलो पटक सन् २०१५ मा पोखराबाट सुरु गरीएको स्क्र्याबल क्लवका केन्द्रीय संयोजक केशवप्रसाद पराजुलीले बताए । खेलका माध्यमबाटै अंग्रेजी शब्दको ज्ञान बाढाउने उद्देश्यले सुरु गरिएको स्क्र्याबल खेलमा अहिले ४० वटा जिल्ला समेटिएको छ । स्वयंसेवीकै रूपमा काम गर्नुपर्ने भएपनि सिकाइका हिसावले यो खेलप्रति विद्यालय, शिक्षक, अभिभाावक तथा विद्यार्थीको आकर्षण बढेको तर सरकारी विद्यालयले भने सक्रियता नदेखाएको पराजुलीको अनुभव छ ।
खेल्दै सिक्दै गर्ने भएकोले विद्यार्थीमा सिकाइ उत्प्रेरणा जाग्ने, शब्दको ज्ञान बढ्ने, नथापाउँदो किसिमले सिकाइ प्रभावकारी हुने, शब्दको हिज्जे मिलाउन सिकिने भएकोले स्क्र्याबल खेल रुचिप्रद रहेको केन्द्रीय संयोजक पराजुलीको भनाई छ । “स्क्र्यावल’’ शब्दको नेपाली रुपान्तरण नभइसकेको अवस्थामा यसलाई सरल भाषमा कोठेपद वा शब्दजाल भनेर बुझ्न सकिने वहाँको भनाई छ । नेपालमा यो खेलको सुरुवात भएको छोटो समयमै नेपाली र गणित विषयको स्क्र्वाबल बोर्ड आफैले तयार गरेर खेल सञ्चालन गरीसकिएको पराजुलीले बताए ।
राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदन डुमरवानाका प्राचार्य सागर ठाडामगरको अध्यक्षतामा भएको च्याम्पीयनसीप समापन कार्यक्रमको प्रमुख आतिथ्यता एनप्याप्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदनका सहसंयोजक श्यामप्रसाद भट्टराई, अध्यक्ष बिदुर खड्का, धनुषा स्क्र्याबल क्लवका सन्तोषकुमार साह, सहभागि विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)