सिमरा कलेज बाराले स्नातकोत्तर (एम बि एस) कक्षा प्ररम्भ गरेको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित कलेजले बुधबार एक औपचारीक कार्यक्रमका विच विद्यार्थीहरुलाई स्वागत गर्दै एम.बि.एस कक्षा सुरु गरेको हो । कलेजका संचालक समितिका अध्यक्ष मदन बहादुर क्षेत्रिको अध्यक्षतामा कलेजकै भवनमा कक्षा शुभारम्भ एवं अभिमुखिकरण कार्यक्रमको आयोजना गरेर विद्यार्थीको स्वागत सँगै कक्षा प्ररम्भ गरीएको हो ।
जितपुरसिमरा उपमहानगरपालिका मै पहिलो पटक संचालनमा आएको एम बि एस काक्षामा अध्ययन गर्न लागेका विद्यार्थीहरुलाई खादा र अविर लगाई नोटबुक दिएर स्वागत गरीएको थियो । यो सँगै जितपुरसिमरा उपमहानगरपालिका वासीलाई एम.वि.एस. अध्ययन गर्नका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ । त्रिभुवन विश्वविद्यालयले मास्टर अफ विजनेस स्टडिज अर्थात एम.बि.एस को कक्षा संचलन गर्न स्वीकृति दिएपछीका आवस्यक प्रकृया पुरा गरेर कलेजले कक्षा प्रारम्भ गरेसँगै यो बाध्यता हटेको हो ।
एमबिएस कक्षा सञ्चालनबाट जीतपुरसिमरा र यस आसपासका विद्यार्थी हर्षित भएका छन् । एबिएस अध्ययनका लागि भर्ना भएर कार्यक्रममा उपस्थित पर्सा बढ्नीहारका रमेश तिमिल्सीना, सिमराकी एलिना रायमाझी, फत्तेपुरका आश्विन गौतम, रजघट्टाकी शिला खतिवडा लगाएतका विद्यार्थीहरुले अब भने पढाई पुरा गर्ने सपना पुरा हुने भो भन्दै हर्ष व्यक्त गरे ।
जितपुरसिमरा क्षेत्रमा उद्योग कलकारखाना धेरै भएको र ति कलकारखाना सँगै विभिन्न रोजगारमुलक कार्यमा संलग्न हुनुपर्दा अन्यत्र धाएर उच्च शिक्षा पढ्ने रहरलाई पुरा गर्न नपाएकाहरु यस क्षेत्रमा नगन्य मात्रामा छन् । यसरी रोजगार गर्ने मात्रै नभएर यस क्षेत्रका सबैलाई उच्च शिक्षा आर्जन गर्नुप¥यो भने हेटौंडा, विरगञ्ज जानुपर्ने बाध्यताबाट मुक्त गर्ने उद्देश्यले काम सँगै पढाई पुरा गर्न सक्ने सुअवसर प्रदान गरेको भन्दै कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले सिमरा कलेज परीवारलाई धन्यवाद समेत दिए ।
प्राध्यापक राजु कार्कीले स्वागत गर्नुभएको कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष भोला प्रसाद अधीकारी, जितपुरसिमरा कार्यपालीका सदस्य शोभा कार्की, शुभारम्भ कलेज प्रमुख अनिल चौधरी, सहायक कलेज प्रमुख चन्द्र बहादर लिम्बु, द्धारकिा उप्रती, रामप्रसाद पौडेल, शिक्षाप्रेमी, बुद्धिजिवी, प्राचार्य, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।
व्यवस्थापनको योजना यस्तो छ
एम.वि.एसको कक्षा संचालन, व्यवस्थापन लगाएतका खर्च तथा विद्यार्थीबाट लिइने शुल्कको लेखाजोखा गरी सोही अनुसार शिक्षक हरुसँग सुरुका वर्षहरुमा सहयोग स्वरुप अध्यापनमा संलग्न हुनेगरी अनुरोध गरेको व्यवस्थापन पक्षले जनाएको छ । तत्कालका लागि आर्थीक व्यवस्थापन कलेजले आन्तरीक श्रोतबाटै गर्नेे व्यवस्था गरीएको कलेजका प्रचार्य शालिकराम अधीकारीले जानकारी दिनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना स्वरुप ३ जना शिक्षक वाहिरबाट ल्याउने तथा सिमरालाई शैक्षिक हबका रुपमा विकास गर्ने उद्देश्यलाई मध्येनजर गर्दै बाँकी शिक्षकको व्यवस्थापन स्थानिय स्तरमै गर्ने समेत व्यवस्थापन पक्षको योजना छ ।
प्राचार्य अधिकारीका अनुसार यो योजनाबारे धेरै पहिले देखि नै छलफल चलेको भएपनि २०७७ फाल्गुन ११ गते गोरखापत्रमा प्रकाशित गरिएको सुचनाको आधारमा एम.बि.एस कक्षा संचालनको लागि सिमरा कलेजले प्रस्ताव पेश गरेको थियो । गत चैत्र ६ गते व्यवस्थापन संकाय विद्यापरिषद् स्थायि समितिको बैठकले सिमरा कलेजलाई एम.बि.एस कक्षा संचालनको सम्भाव्यता अध्ययन सुचिमा राखेको थियो । सम्भावयता अध्ययन पश्चात् त्रि.विले २०७८ श्रावन १ गते एक सुचना जारि गर्दै सिमरा कलेज सहित देशका २३ कलेज÷कयाम्पसलाई शैक्षिक वर्ष २०७८÷७९ देखि एम.बि.एस कार्यक्रम संचालन गर्न स्वीकृति दिएको हो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)