वेलायतको एक उपग्रहले पृथ्वीको कक्षमा जाल विछाएको छ । जसले अन्तरिक्षको फोहर बटुल्ने जनाइएको छ ।
परीक्षणका लागि सुरु गरिएको यस कोशिस अनुसन्धानको एक हिस्सा हो । अंतरिक्षमा भएका फोहोर मुक्त बनाउने हिसाबले उक्त परिक्षण सुरु गरिएको जनाइएको छ । यस जाललाई पृथ्वीभन्दा ३ सय किलोमिटर उचाइमा राखिएको छ ।
बीबीसीका अनुसार करिब ७ हजार टन फोहोरहरु अन्तरिक्षमा तैरिरहेको छ । फोहरहरु उपग्रह तथा पृथ्वीका लागि खतरा भएपछि फोहोर व्यवस्थापन गर्ने प्रयास सुरु भएको हो । यस जाल प्रयोगको उपग्रहको माध्यमबाट भिडियो समेत बनाइएको बताइएको छ । जसमा एक जुत्ताको डिब्बा आकारको अन्तरिक्षका फोहोरलाई जालले बटुलेको देखाइएको छ ।
वेलायतको ‘सर्रे स्पेस सेन्टर’का निर्देशक तथा प्रोफेसर गगलाइलमो अगलिती भन्छन्, ‘हाम्रो जस्तो सोच थियो जालोले त्यस्कै कार्य गरिरहेको छ ।’ उनका अनुसार जालले अन्तरिक्षको फोहोरलाई व्यवस्थित गर्नेछ ।
अब के हुन्छ?
जालोको प्रयोग एक परीक्षण थियो । जसमा एक जुत्ताको डिब्बा आकारको फाेहरलाई दोस्रो उपग्रहको मद्तमा पृथ्वी तिर फ्याँक्दा जालाेमा फँसेको थियो ।
यदी वास्तवमै यस्तो भएमा फोहर जालमा फसेपछि उपग्रहको मदतमा जालले यसलाई पृथ्वीको कक्षभन्दा बाहिर फालि दिनेछ । पृथ्वी वरिपरी तैरिरहेको फोहरहरु हटाउने बारम्बार छलफल भएको थियो ।
केहीले फोहर व्यवस्थापन गर्ने विभिन्न परीक्षण समेत गरेका थिए । तर अहिलेको प्रयासलाई सफल परीक्षण मानिएको छ । अब छिट्टै नै दोस्रो चरणको प्रयोग हुनेछ । जसमा एक क्यामेरा समेत जडान हुनेछ ।
यसले वास्तविक फोहोरलाई हटाउन सजिलो हुनेछ । सन् २०१९ देखि यस कार्यलाई प्रभावकारी बनाउने बताइएको छ ।
आकाशे फोहोर कति हानिकारक?
पृथ्वीको कक्षमा लाखौ फोहरहरु तैरिरहेका छन् । उपग्रहका टुक्राहरु अन्तरिक्षमा फोहर भएर बसेका छन् । अन्तरिक्ष यात्रीका गल्तीका कारण त्यस्ता फोहर भएका हुन् । यदी फोहर हटाइएन भने अन्तरिक्षमा अध्ययनमा लागि रहेको उपग्रहलाई यसले क्षती पुर्याउनेछ । साथै यसले पृथ्वीलाई समेत क्षति पुयाउने संभावना रहन्छ ।
यस प्रोजेक्टमा काम गरिरहेका इन्जिनियर अलस्टेयर वैमैनले भने, ‘यदी त्यस्ता टुक्राहरु आपसमा ठोक्किए भने अन्तरिक्षमा अझ फोहर जम्मा हुनेछ । यस्तो समस्याले दिनदिनै फोहोर बढ्ने खतरा हुन्छ ।
जसले समस्या सृजना गर्ने निश्चित छ ।’ फोहर व्यवस्थापन गर्ने हिसाबले जालोलाई उपग्रहसँगै चाँडै अन्तरिक्ष पठाइने छ । यदी फोहर व्यवस्थापन गर्न नसके यस उपाय अर्थ विहिन हुनेछ । बीबीसी