विश्व मुटुरोग दिवस सेप्टेम्बर २९ मा नेपालमा मात्र नभई विश्वभरी नै मनाउने गरिएको छ । मुटुको महत्व कति छ ? भन्ने कुरा यसले पनि अझ प्रश्ट पार्छ । मुटुलाई स्वस्थ राख्न, जीवनशैली परिवर्तन, जीवनशैली परिवर्तनका लागि धुम्रपान रहित जस्ता कुरामा विशेष ध्यान दिनु पर्ने चिकित्कहरुको पनि सुझाव छ । स्वस्थ मुटु प्रतिमिनेट ६० देखि ९० पटकसम्म धड्किनु पर्छ । भर्खर जन्मिएको बच्चाको हकमा भने १ मिनेटमा १ सय ४० पटक धड्किनु पर्ने हुन्छ । उमेरसँगै भने मुटुको धडकन घट्दै जाने र मुटुको समस्या भए मानिसको श्वास प्रश्वासमा पनि समस्या देखिने नारायणी बयोधा अस्पताल वीरगन्जको डा राधा भट्टराईले पनि बताइन् ।
मानिसको स्वास फुलेर आउँछ भने मुटु रोग लागेको एउटा लक्षण मध्येको भएको पनि उनको भनाइ छ । बंशाणुगत मुटु रोगको समस्या, गर्भबाटै मुटुको समस्या बोकेर आएका बच्चाहरुलाई शारिरिक बृत्ति विकासमा समस्या हुने, हात खुट्टा वा पुरै शरीर पहेंलिएर जाने जस्ता थप समस्या पनि मुटुरोगबाट सृजित समस्या हुन सक्छन् । शरीरमा सुगरको मात्र, तौल, कोलेस्ट्रोल जस्ता कुरालाई पनि सन्तुलनमा नराख्दा मुटु रोगको अत्याधिक सम्भावना हरेक उमेर समूहका मानिसमा हुन सक्ने चिकित्सकहरुको भनाइ छ । मुटु दिवसमा खास गरी मुटु कसरी बचाउन सकिन्छ ? भन्ने बिषयमा जनचेतना बढाउन पनि दिवसको प्रभावकारीतालाई ठान्ने गरिन्छ । अत्याधिक धुम्रपान, खैनी सेवन र शारिरिक व्यायामको कमी मुटु रोगको उच्च जोखिम निम्त्याउने पक्ष औल्याइएको छ । नारायणी वयोधा हस्पिटलमा कार्यरत मुटु रोग बिशेषज्ञ डा. राधा भट्टराईसंग मुटुलाई बचाउन के–के गर्न सकिन्छ ? लगायतका विषयमा केन्द्रित रही मध्य नेपाल सन्देशका लागी गरिएको बिशेष कुराकानी :
१) मुटु भनेको आम सर्वसाधारणले कसरी बुझ्ने ?
मुटु मान्सपेशीले बनेको अंग हो । यसले पम्पिङ्गको काम गर्छ । शरीरबाट अशुद्ध रगर लिएर जाने, त्यो अशुद्ध रगत मुटुको माथिल्लो कोठामा ल्याएपछि त्यसले फेक्सोमा पु¥याउँछ र फेक्सोबाट शुद्ध रगत मुटुको देब्रेपट्टि कोठामा आएर फेरि त्यो शुद्ध रगत शररिमा फैलिन्छ । यसको काम शुद्ध रगत र असुद्ध रगत शररिबाट लैजाने र ल्याउने काम गर्ने हो । यो एउटा मेसिन जस्तो अंग हो । यसले पम्प गर्ने काम गर्छ । मुटु भनेको हाम्रो शरीरलाई आवश्यक पर्ने अति नै संवेदनशिल अंग हो । मुटु छ त जीवन छ । मुटु छैन त जिवन छैन ।
२) मुटुरोगका लक्षणहरु सामान्य मानिसले कसरी थाहा पाउने ?
मुटु सम्बन्धी रोगहरु थुप्रै छन् । त्यसलाई छुट्याउन पर्छ । जस्तै मुटुको चाल सम्बन्धी रोग भएमा मुटुको धड्कन बढ्ने, बिरामी बेहोस हुने, हृदयघातको कुरा गर्दा छातीको बीच भागमा दुखाई हुन्छ । हिड्दै गयो भने त्यो दुखाई बढ्दै जान्छ । दुखाई सरेर पाखुरा, चिउडो, गाला, पिठ्यु तिर पुग्छ । टाउको दुख्ने, गोडाहरु फूल्ने दम बढ्ने, चिडचिड पसिना आउने सानो बच्चाको हकमा आमाको दुध चुस्दा निलो हुन्छ । नाकको टुप्पो कानहरु निलो औलाका टुपाहरुमा निलो देखिन थाल्यो भने, बच्चा धेरै रुन थाल्यो, स्या स्या गर्न थाल्यो भने त्यसमा जन्मजात मुटुरोग हुन सक्ने हुन्छ । यि सबै मुटुरोगका लक्षणहरु हुन ।
३) यसको प्रमुख समस्याहरु के–के हुन् ?
तराईको परिपेक्षमा भन्नुपर्दा यहाँका व्यक्तिहरु अन्तिम अवस्थामा मात्रै अस्पताल आउँछन् । यतातिर मैले वाल्यअवस्थामै हुने बाथ रोगका समस्याहरु बढी देखेकी छु । अस्पतालमै आउँने प्राय गर्भवती महिलाहरुमा पनि वाथ मुटुरोगको समस्या छ । जसको कारण डेलीभरीको समयमा ज्यान जाने समेत गरेको छ । यस बारे धेरैलाई ज्ञान छैन । यसबारे जानकारी हुनका लागि समय समयमा मुटुरोग विशेषज्ञसंग परामर्श लिने । चिकित्सक संग जाँच गराउने भन्ने सल्लाह दिने गरेको छु ।
४) मुटुको समस्या कुन उमेर समूहका मानिसमा कढि देखिने गरेको छ ?
महिला वा पुरुष मध्ये मुटुरोग कसमा बढी भन्ने हुँदैन । अहिले त १७÷१८ वर्ष उमेर समूहका किशोर किशोरीमा समेत हृदयघात भएको छ । त्यसैले यो रोगको कुनै खास उमेर समूह छैन । तर पुरुषको हकमा ४० वर्ष पछि यो रोग बढी देखिएको छ भने वंशाणुगत कारणले पनि मुटुरोग देखिएको पाइएको छ ।
५) गाउँघर तिरका मानिसमा भन्दा शहरी क्षेत्रमा मुटुरोगी बढी देखिनुको कारण के हो ?
जीवन शैलीको कारणले गर्दा पनि शहरमा मुटुरोगी बढी देखिएका छन् । दिनभरीको बसाई, शारिरीक व्यायमको कमी, खानपिनको रुटिन नमिल्दा, मानसिक तनाव बढी हुँदा, वातावरण अस्वस्थ भएको कारण पनि शहरमा यो समस्या बढि हुने गरेको छ । मुटुमा रोग लाग्न नदिने समाधान भनेकै सन्तुलित आहार र स्वस्थ्य जिवनशैली हो । मुटुमा रोग लाग्न नदिन हामीले बाहिरका जंक फुड अर्थात प्याकेटका खानेकुराहरु जस्तै चाउचाउ, चिप्स लगायतका नुन बढी भएका उत्पादक खाद्यान्नहरु, बट्टाका अचारहरु खानु भएन । चिलो खाना, रातो मासु, आलू, भात मैदाका परिकारहरु कम खाने गनुपर्छ, । यि भनेका मुटुका दुश्मन खानाहरु हुन । मुटुका साथी खाना भनेको हरियो साग सब्जीहरु, रेसादार फलफूल, गहँु, जौँबाट बनेका परिकार खानामा समावेश गर्नु पर्छ । दिनको आधि घण्टा शारिरीक व्यायम गर्ने, छिटो हिड्ने (शरीरबाट पसिना बग्ने गरी), तनावपूर्ण जिन्दगी छ भने त्यसमाथि यो कोरोना कालमा अझै बढी समस्या थपिएको छ । सकेसम्म तनावको व्यवस्थापन गर्ने, सुर्ति वा मदिरा जन्य पदार्थहरुको सेवन नगर्ने, तौल बढी भए कम गर्ने यी सबै हाम्रो हाथमा हुन्छ । यी नराम्रा बानी हटाएर राम्रा बानीको विकास ग¥यौ भने यो हाम्रै हातको कुरो हो । तर कसैलाई जन्मजात नै मुटुरोग छ वा वंशाणुगत कारणले गर्दा हो भने यी हामीले परिवर्तन गर्न सक्दैनौ ।
६) अन्य रोगीहरुलाई मुटुरोग लाग्ने सम्भावना कत्तिको हुन्छ ?
चिनीरोग र मुटुरोग दाजुभाइ दिदीबहिनी जस्तै हो । अन्य रोग भएकाहरुलाई मुटुरोग लाग्ने चान्सभन्दा पनि, थाइराइड, चिनीरोग, लगायतका रोगहरु छन् भने असर बढी हुन्छन् ।
७) विश्व चर्चामा रहेको कोरोना रोग चाही मुटु रोगीका लागि कतिको खतरनाक छ ?
कोभिडले असर गर्ने भनेको रोग प्रतिरोधात्मक शक्ति कम भएकाहरुलाई बढि हुने हो । मुटुरोगी चिनी रोगी, थाइराइड, फेक्सोको समस्या भएकाहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुलाई बढी असर गर्छ ।
८) आम मानिसले चाही मुटुको समस्यालाई कतिको महत्व दिएको पाउनु भएको छ ?
मुटुरोग सम्बन्धी धेरैमा जनचेतना नै छैन । मुटुमा आउने समस्यालाई दिने प्राथमिकताको त कुरै छोडौ । मैले हेर्ने बिरामीहरु मै पनि कत्तिको ब्लडप्रेसर २०० (माथिको प्रेसर) छ । डाक्टर साब मलाई कुनै पनि समस्या नै छैन । म आफै हिडेर आएको मेरो ब्लड प्रेसर यति बढी छ भनेर विश्वास नै छैन भन्छन् जाँच गर्न आउने बिरामी । यस्तोमा के भन्ने ? अबको मुख्य फोकस जनचेतनामा हुनुप¥यो । यदि तपाईको उमेर १७ वर्ष पुगिसकेको छ भने वर्षको एकपटक सबैले प्रेसर जाँच गराउनुहोस् । हृदयघातको मुख्य कारण भने कै ब्लडप्रेसर हो । यसलाई कार्डियो वा सक्लोरिक्स भन्छौ हामी । अझ कोलस्ट्रोेल, थाइराइड, चिनीरोग, भएका व्यक्तिहरुले ३/३ महिनामा स्वास्थ्य परीक्षण गराउनु राम्रो हो । स्वस्थ व्यक्तिले (मुटु सम्बन्धी वा अन्य कुनै पनि रोग नभएका) वर्षमा एक पटक मुटुको चाल सम्बन्धी परीक्षण ( इ.सि.जि) लिक्यूडप्रोफाइ पे्रसर जाँच गराउनु एकदमै आवश्यक छ । अहिले फिटलिको भन्ने जाँच हुन्छ । जस्ले गर्भावस्थामा भएको बच्चाको मुटु ठिक छ छैन । भल्ब ठिक छ छैन ती कुराहरुको चेकजाँच हाम्रो वयोधा हस्पिटलमा चेक हुन्छ ।
९) मुटुको उपचार पद्धति कतिको खर्चिलो छ ?
खर्चभन्दा पनि यो त हाम्रो जीवनसंग प्रत्यक्ष जोडिएको छ । यत्ति नै खर्च लाग्छ भन्न अलि अप्ठ्यारो छ । नेपाल सरकारले नागरिक लगानीकोष भनेर मुटु सम्बन्धी रोगका बिरामीलाई छुट्टै एकलाख रुपैयाको सहुलियत दिएको छ । मुटुमा रगत प्रवाह गर्ने नशा बंद भएर हृदयघात हुने हो । त्यस्तो अवस्थामा जाली लगाउनु पर्ने हुन्छ । हामीले त्यसलाई स्ट्याण्ड लगाउने भन्छौ । नेपाल सरकारले दिएको सहुलियत बराबरको रु १ लाख रुपैया एउटै स्ट्याण्डमा सकिन्छ । रकमको दृष्टिकोणले त्यो धेरै नै खर्चिलो हो । तर मुटुको ईसिजि, वा ब्लड टेस्ट ( लिपिड प्रोफाईल गरी कोलेस्ट्रोल हेर्ने) त्यो खासै खर्चिलो छैन र सेवा सबैको पहँुचमा पनि छ ।
१०) मुटु दिवसनै मनाइरहँदा यसको स्वस्थताको लागि खास ध्यान दिनुपर्ने कुरा चाही के हो ?
मुटुलाई स्वास्थ्य राख्न त मुटुको बारेमा हामीलाई जानकारी हुनु पर्छ । के के कुरा वा बानीले मुटुमा असर गर्छ । कस्ता लक्षणहरु देखिए मुटुरोगका लक्षण हुन भन्ने चेतना हुनु पर्छ । मुटुरोग भन्ने बित्तिकै विश्वव्यापी रोग मै पहिलो नम्बरमा आउने भएको हुनाले यसबारे एउटा जनचेतना मूलक अभियान नै संचालन गर्नु पर्छ । मुटुलाई स्वस्थ राख्न संतुलित भोजन सेवन गर्ने, नियमित व्यायम गर्ने, तौललाई सन्तुलनमा राख्ने, तनाव हटाएर खुशी रहने, चुरोट रक्सी लगायतका मदिराजन्य पदार्थ सेवन नगर्ने, थाईराईड, सुगर, रक्तचापको समस्या छ भने चिकित्सकको परार्मश लिने काम गर्ने गर्नु पर्छ । यसो गरियो भने मुटुरोग लाग्नबाट बच्न र मुटुरोगकै कारण हुने मृत्युमा पनि कमी ल्याउन सकिन्छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)