वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा “प्रोफेसनल डक्टरल सर्टिफिकेट”बाट सम्मानित गरेको छ । सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा अध्यक्ष गुप्तालाई युनिभर्सिटीले सम्मान गरेको हो ।
सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा दिएको योगदानको कदर गर्दै का युरोपियन इन्टरनेशनल युनिभरसिटीको मोनिटरिङ्ग बोर्डले अध्यक्ष गुप्तालाई “प्रोफेसनल डक्टरल सर्टिफिकेट” दिने निर्णय गरेको थियो ।
बारा–पर्साका नीजिक्षेत्रका छाता संगठन वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्षको हैसियतले गुप्ताले प्राप्त गरेको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित सम्मान वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र बारा–पर्साका सम्पूर्ण उद्योगी व्यवसायीको लागि गौरवको बिषय भएको कार्यबहाक अध्यक्ष अनिल कुमार अग्रवालले जानकारी दिए ।
औद्योगिक तथा व्यापारिक समूह मोहित ग्रुपमा प्रबन्ध निर्देशक रहेका गुप्ता नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारणी सदस्य र नेपाल चामल, तेल, दाल उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष पनि हुन् ।
नेपालको।जिल्ला नगर उद्योग वाणिज्य सङ्घ क्षेत्रबाट अध्यक्षको हैसियतले उल्लेखित सम्मान ग्रहण गर्ने गुप्ता पहिलो व्यक्ति हुन् ।
सन् २००४ देखि संघमा सक्रिय गुप्ताले नेउवामहासङ्घ–बैंकिङ्ग, फाइनान्स एण्ड इन्स्योरेन्स कमिटीका उप–सभापति, नेउवामहासङ्घ–प्रदेश नं। २, नेपाल रेल्वे माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका सल्लाहकारको भूमिका निर्वाह गरिरहेका छन् ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)