पर्सेली पत्रकारहरुको धरोहर भन्नासाथ जोडिने नाम हो जगदीश शर्मा । पत्रकारीतामा अनवरत ठिङ्ग उभिएर त्यो पेशामा आउने नयाँहरुका लागि उनी मार्गदर्शक बनिरहेका छन् । उनको टाउकोका रौंले नै पत्रकारीता पेशामा पाइला राख्दै गरेकाका लागि उनी ‘संग्राहलय पुञ्ज’ हुन् भन्ने पुष्टि गर्न गाह्रो छैन । त्यो तथ्यले उनलाई अर्को पनि जिम्मेवारीमा पु¥याएको छ । त्यो हो जेष्ठ नागरिक संघ पर्साको अध्यक्ष । फित्कैली झैं नदोब्रिने स्वभाव र काम गर्ने ठोस अठोटले त्यो संघको पनि प्रमुख भएर शर्मा पर्सेली ज्येष्ठ नागरिकका लागि सम्झन लायक काम गर्ने व्यक्तित्व बनिरहेका छन् । पर्साका जेष्ठ नागरिकहरुको पछिल्लो यथार्थ अवस्थालगायत बिषयमा केन्द्रित रही अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा उनै जगदीश शर्मासँग मध्य नेपाल सन्देशका लागि गरिएको बिशेष कुराकानी :
१) वर्तममान समयमा ज्येष्ठ नागरिकहरुको अवस्था कस्तो पाउनु भएको छ ?
शहर भन्दा गाउँ घरतिरका ज्येष्ठ नागरिकको शारीरिक र मानसिक अवस्था राम्रो छ । कारण उनीहरुको खानपान, रहनसहन, हावापनी शुद्ध छ । तर समस्या बिहीन छन् भन्ने कुरा पनि होइन । किन भने जतिसुकै बलियो भए पनि वृद्धा अवस्थामा पुगेपछि शारीरिक कमजोरी दुर्बलता हुन्छ नै । शहरका व्यतिm पढे लेखेका र विभिन्न कार्यक्रमहरुमा सहभागी हुने भएकाले उमेर अनुसारको विर्सने रोग उनीहरुमा गाउँ तिरकाभन्दा केही कम हुन्छ । अलजाइमर ( विस्कृति रोग, बिर्सने रोग ) गाउँघरका ज्येष्ठ नागरिकमा अलि बढि देखिन्छ । त्यो उमेरले गर्दा बिर्सने रोग होइन । प्रोटिनको कमीले गर्दा यो रोग लाग्छ । ‘देहात तिर सठीयागइल बा’ भन्छन् । सठियाउनु को मतलव होस हराएको । त्यसलाई साठ्ठी नागेको पनि भन्ने चलन छ । एकातिर रोग पनि बढ्छ । अर्कोतिर उसमा म बुढो भए भन्ने हिन भावना पैदा हुन्छ । समाजमा अज्ञानता छ । अज्ञान समाजको बिचमा हामीले काम गरिरहनु परेको छ । बढ्दो आधुनिकता र प्रविधिले गर्दा घर भित्रकै युवापुस्ता र बालबालिकाहरूसँगको हजुरबा, हजुरआमाको सम्बन्ध टाढिँदै गएको छ । अझ धेरै जसो युवा–युवतीहरू उच्च शिक्षा तथा गुणस्तरीय शिक्षा र राम्रो कामका लागि घर–परिवार छाडेर बाहिरिनु पर्ने बाध्यता पनि छ । यसले गर्दा पनि उनीहरूले आफ्ना बाबुआमाको राम्रो हेरचाह गर्न र सँगै बस्न नपाउने स्थिति छ । फलस्वरुप बृद्ध बाबुआमाहरूले नितान्त एक्लिएको महसुस गर्ने, एक्लै–एक्लै बसेर जीवन गुजारा गर्नु पर्ने हुन्छ । अझ हातखुट्टा राम्रोसँग नचल्दा र शरीरको राम्रो हेरचाह नपुग्दा आवश्यक काम पनि गर्न नसक्ने जस्ता अनेक मानसिक तथा शारीरिक तनावले उनीहरुमा विभिन्न समस्या उत्पन्न हुने गर्छन् । कतिपय ज्येष्ठ नागरिकले काम गरिरहे पनि उनीहरूले काम अनुसारको ‘दाम’ पनि नपाएको स्थिति छ । गाउँघरमा जस्तो शहरी क्षेत्रका पाका व्यक्तिहरू उत्पादनशील काममा लाग्ने गरेको कमै पाइन्छ । घर भित्रको काम गरे पनि आम्दानी मूलक काम उनीहरूसँग हुँदैन, जसले गर्दा आफूले खर्च गर्न मन लागेको बेला खर्च गर्न पैसा हुँदैन । यसरी शहर र गाउँमा बस्ने ज्येष्ठ नागरिकका समस्याहरु फरक भए पनि ज्येष्ठ नागरिक समस्याले जेलिएका छन् ।
२) पर्सामा संघ नै बनाउनु पर्ने सोच कसरी आयो र आवश्यकता किन प¥यो ?
वृद्धा आश्रम स्थापना गर्ने क्रममा नवलपरासीमा एक कार्यक्रम राखिएको रहेछ । त्यहाँबाट मलाई पनि निमन्त्रणा आएको थियो । म त्यो कार्यक्रममा सहभागी भएपछि ज्येष्ठ नागरिक संघ खोल्नुस् भन्ने प्रस्ताव आयो । त्यसको लगतै उहाँहरु नै वीरगंज आउनु भयो । पशुपति विक्रम शाहको अध्यक्षतामा हामीले ज्येष्ठ नागरिक संघ गठन ग¥यौं । विधान पास गरियो र विस्तारै यसप्रति चासो बढ्दै गयो र यो अवस्थासम्म आइपुगेका हौं ।
३) परिवारिक माया विना हेंला भएकालाई संघले कस्तो सहयोग गर्छ ? ज्यष्ेठ नागरिकका खास समस्या के छन् ?
एक दुईवटा त्यस्ता घटनाहरु आएका थिए । तर हामीले त्यसमा रुचि लिएनौ । उसको छोरालाई हामीले यसो गरिस भनेर दवाव दियौ भने अझ फाटो बढेर जान्छ भन्ने हाम्रो ठम्याई भयो । दुःखमा अझ दुःख थपिन्छ भन्ने लाग्यो । संविधानमा मैले कमाएको सम्पत्ति मैले आफ्नो इच्छाले दिन पाउँछु भन्ने पास गरिएको छ । तर नियम बनेको छैन । जसले गर्दा प्रायः अंशकै कुरामा ज्येष्ठ नागरिक हेंलामा र अपमानमा पर्ने गरेका छन् । यो विषयमा समय समयमा राष्ट्रियस्तरको गोष्ठी, अधिवेशन हुन्छ । हामीले पनि कुराहरु उठाइरहेका छौ । वर्तमान समयमा निकै समस्याहरू छन् । ज्येष्ठ नागरिक सम्बन्धी स्पष्ट कानूनी व्यवस्था नहुनु, राष्ट्रिय प्रतिबद्धताको कमी, ज्येष्ठ नागरिकबारे स्पष्ट नीति तथा कार्यक्रम नहुनु, ज्येष्ठ नागरिक तथा अशक्तको उचित संरक्षणको कमी, ज्येष्ठ नागरिकको प्रमुख समस्या हुन् । त्यसैगरी उनीहरुको सम्मानका लागि प्रचार प्रसारको कमी, नीति तथा कार्यक्रमको कमजोर कार्यान्वयन, अपर्याप्त सेवा तथा सुविधा, पुनस्र्थापना पर्याप्त नहुनु, आर्थिक सशक्तीकरणका लागि आर्थिक कार्यक्रम सञ्चालन नहुनु, मनोरञ्जनका लागि गाउँटोलमा क्लब तथा संस्थागत व्यवस्था नहुनु थप महत्वपूर्ण समस्या हुन् ।
४) ज्येष्ठ नागरिक संघले पछिल्लो समयमा के काम गरिरहेको छ ?
१५ सदस्यीय समितिबाट सुरु गरेको जेष्ठ नागरिक संघ हाल एक सय पचास सदस्य छ । महिना दुई महिनामा कार्यक्रमहरु गरिरहेका हुन्छौ । खास गरी वृद्ध–वृद्धामा हुने रोगहरुको बारेमा फिजियोथेरेपी, डाइट, अल्जाइमर, लगायतमन विज्ञ चिकित्सकहरुबाट परामर्श दिने गरेका छौ । ज्येष्ठ नागरिकका थप समस्या पहिचान र समूलमा हुने निदानमा हाम्रो बिशेष ध्यान केन्द्रित छ ।
५) सरकारहरुले कत्तिको सहयोग गरेका छन् ?
अरु ठाँउमा के भइरहेको छ भन्ने कुराको जानकारीका लागि थप शाखा विस्तार नभएकोले हामीलाई त्यति जानकारी छैन । तर यहाँ अहिले महानगपालिकाले राम्रो काम गरिरहेको छ । जनप्रतिनिधि आएपछि वर्षेनी केही रकमहरु दिने गरेको छ । बेलाबखत सहयोगहरु पनि गर्ने गरेको छ । वीरगंज १५ लक्षमनवा पार्कको जिम्मेवारी नै हामीलाई दिने भनेको छ । त्यहाँ हाम्रो कार्यालय हुन्छ । पुस्तकालय हुन्छ । पुस्तकालयको लागि करिब २ लाखसम्मको किताबहरु हामीले खरिद गरिसकेका छौ । ठाउँ अभावका कारण राख्न सकिएको छैन । हाम्रो हकमा भन्नु पर्दा वर्तमान समयमा स्थानीय सरकारले सहयोग नै गरेको छ ।
६) राज्यले दिने सेवा सुविधाहरुबाट तपाईहरु कत्तिको संन्तुष्ट हुनुहुन्छ ? नीति कार्यान्वयन पक्ष दूरुस्त छ ?
ज्येष्ठ नागरिकले आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रप्रति समर्पण गरेको हुन्छ । त्यसरी नै परिवार, समाज र राष्ट्रले दायित्व बहन गर्नु पर्ने परिस्थितिको निर्माण अझै भएको छैन । परिवारको हकमा कुनै रोजगार पेसा व्यवसाय गर्ने छोराछोरीले आफ्नो आम्दानीको १० प्रतिशत बाबुआमाको निश्चित बैङ्किङ खातामा जम्मा गर्ने, व्यवस्था अनिवार्य गर्नु पर्छ । समाजले ज्येष्ठ नागरिकले ज्ञान, सीप दक्षतालाई ग्रहण गर्दै सम्मान गर्ने र राष्ट्रले ज्येष्ठ नागरिकका सम्पूर्ण सेवा सुविधाको व्यवस्था गर्नु पर्छ । यसो भए मात्र ज्येष्ठ नागरिक सम्मानपूर्वक बाँच्न पाउने छन् । राज्यलाई थप व्ययभार पनि बढ्ने छैन । ज्येष्ठ नागरिक समाजका गहना हुन् भन्ने कुरालाई आत्मसात गरेर सामथ्र्यमा आधारित रोजगार सिर्जना गर्ने, योगदानमा आधारित सेवासुविधा उपलब्ध गराउने, र सीप र दक्षतालाई मध्यनजर गरी सोही अनुसार अवसर दिने परिपाटी बसाल्ने हो भने ज्येष्ठ नागरिकहरू वृद्घाश्रममा रोएर बाच्नु पर्ने अवस्था आउँदैन ।
ज्येष्ठ नागरिकका हक अधिकार स्थापना गर्न अन्तर्राष्ट्रिय रूपमा पहल भइरहेको छ । ज्येष्ठ नागरिकको हक अधिकार सम्बन्धी महासन्धी गर्नु पूर्व अन्य महासन्धीले ज्येष्ठ नागरिकका समस्यालाई सम्बोधन गर्छ कि गर्दैन भन्ने कुरालाई थप प्रष्ट पारिनु पर्छ । अन्तर्राष्ट्रिय मुद्दा उठाएर ज्येष्ठ नागरिकका विषयमा विश्वको ध्यान आकर्षण गर्नु पर्ने बेला आएको छ । हालसम्म ज्येष्ठ नागरिकका विषयमा कुनै पनि विश्वव्यापी घोषणापत्र वा महासन्धी भएको छैन । त्यसैले हरेक राष्ट्रले ज्येष्ठ नागरिकका मुद्दामा बाध्यात्मक कानून लागू गर्न सकिरहेका छैनन् । आन्तरिक रुपमा बनेका नीति कार्यान्वयन भएका छैनन् । सरकारले दिएको छुट लिन त ज्येष्ठ नागरिकलाई फलामको चिउरा चपाउनु सरह छ भने थप सुविधा पाउन राज्य नै अग्रसर नभए मुस्किल छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)