सानो पाइला नामक संस्थाले एक लाख मास्क वितरण गर्ने भएको छ । मास्कको अपरिहार्यतालाई महशुस गर्दै नेपाल सरकारले सुरु गरेको नेपाल मास्क अभियानमा सानो पाइलाले ऐक्यबद्धता जनाउँदै एक लाख मास्क वितरण गर्ने जनाएको हो ।
कोरोना भाइरसको संक्रमण दर न्युन भए पनि चाडपर्वको बेला हुने भिडभाड र स्वास्थ्य मन्त्रालयले समेत तेस्रो लहर आउन सक्ने दिएको चेतावनीलाई मध्य नजर गरी सानो पाईलाले प्रदेश २ सहित विभिन्न जिल्लाहरुमा १ लाख मास्क बाँड्ने भएको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरी सानो पाइलाका सभापति सुदीप कुमार लामाले नेपाल मास्क अभियानमा सानो पाइलाको ऐक्यबद्धता जनाई १ लाख मास्क वितरण घोषणा गरेका छन् ।
कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले मास्क अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सर्वसाधारणले मास्क लगाउन बिर्सिसकेको अवस्थामा खबरदार गराउनुका साथै सचेतना फैलाउनुपर्ने सहायक प्रजिअ पौडेलले आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पाण्डेले आफु र अरुको सुरक्षाका लागि मास्क अनिवार्य लगाउन सुझाव दिए । अहिले हामी सबैले मास्क लगाउन बिर्सेको लापरवाहीलाई स्पष्ट पार्दै मास्क प्रत्येक नागरिक मास्क लगाउन आवश्यक रहेको बताए ।
संस्थाका संस्थापक कञ्चन झाले सानो पाइलाले नेपाल मास्क अभियानलाई सफल पार्नका एक लाख मास्क वितरण गर्ने लक्ष्य लिएको बताउँदै आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्नका लागि जनचेतना जगाउने अभिप्रायले निःशूल्क रुपमा मास्क वितरण गरिएको बताए । यसअघि पनि अन्य सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको संस्थाले आगामी दिनमा पनि समाज र सामाजिक प्राणिको हितमा हुने कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता पनि झाले व्यक्त गरे ।
संस्थाका समापति सुदिप लामाले कोरोना मात्र नभई अन्य रोगहरुको संक्रमणबाट जोगाउन र फैलिनबाट रोक्न मास्कको नियमित प्रयोग गर्नुपर्नेमा जोड दिए । एक लाख मास्क वितरण गर्ने अभियानअन्र्तगत घण्टाघरमा मोटरसाइकल चालक, सवारी चालक, पैदल यात्रु लगायत गरी एक हजार मास्क वितरण गरिएको संस्थाकी स्विटी चौरसियाले जानकारी दिईन ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)