भिम बहादुर लिम्बू र देशमाया लिम्बूका पाँच छोराछोरी मध्ये पहिलो संतान हुन् सुरेन्द्र लिम्बु । सुंवासभाको फाबिङ्गमा जन्मिएमा लिम्बु हाल भारतमा जीवनयापन गरिरहेका छन् । तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय उनका अधुरो जीवन सामाजिक उपन्यास २०६१, चुनौती कथा सग्रह २०६९, नव आयाम चिन्तन र विमर्श २०७५ पुस्तक प्रकाशित भएका छन् । करिब १५० जति विभिन्न विधाका फुटकर रचनाहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्र पत्रिकामा प्रकाशित छन् । तीन नेपाली चलचित्रमा अभिनय गरेका लिम्बुले केही गीतहरू समेत रेकर्ड गराएका छन् । हाल विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिको अध्यक्ष साथै अन्तर्राष्ट्रिय परदेशी साहित्यक समूहको अध्यक्ष, नव आयाम वैचारिक चिन्तनका प्रवर्तक पनि हुन् साहित्यकार लिम्बु । विश्व नेपाली साहित्य महासंघको नियमित प्रकाशन साहित्य संसारको प्रधान सम्पादक, अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन परदेशी बिम्बहरू साहित्यिक वार्षिकका कार्यकारी सम्पादक नेपाली भाषा तथा साहित्यको विकाश र प्रवद्र्धनमा पनि उनी चौतर्फी परिचित व्यक्ति हुन् । साहित्यिक बहु प्रतिभाका धनी सुरेन्द्र लिम्बु ‘परदेशी’ सँग मध्ये नेपाल सन्देशका लागि गीता भण्डारीले गरेकाो संक्षिप्त कुराकानी ः
साहित्य के हो ? साहित्य छेत्रमा लाग्नु भएको कति भयो ?
विश्वका विभिन्न चिन्तक, विद्वान, दार्शनिकहरूले साहित्यको अनेकौं परिभाषा गरेका छन् । मैले सुरेन्द्र लिम्बुपरदेशीको रुपमा आफ्नो दृष्टिकोण राख्नु पर्दा जीवन भोगाइका अनुभव र अनुभूतिहरूबाट प्राप्त ज्ञान अथवा चिन्तन र चेतनाका बहुआयामहरूलाई अभिव्यक्त गर्ने सुन्दर कला नै साहित्य हो । जो ँष्अतष्यल काल्पनिक, ल्यल ाष्अतष्यल व्यावहारिक र ःभतब ाष्अतष्यल अकल्पनीय गरी तीन प्रकारका हुन्छन् । मैले साहित्यमा कलम चलाएको झण्डै तीन दशकजति हुन लाग्यो ।
पछिल्लो समयमा के मा व्यस्त हुन्हुन्छ ? अन्य क्षेत्रमा रुचि कत्तिको छ ?
अहिले खासै त्यस्तो कुनै भन्नै पर्ने महत्वपूर्ण काममा त व्यस्त छैन । संस्थागत कामहरू नै चलिरहेका छन् । जीवनयापनबाट बचेको समय विश्व नेपाली साहित्य महासङ्घ र अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको काममा प्रयोग गरिरहेको छु । त्यसको अलवा हामी नवआयाम वैचारिक अभियान नामक केही नवीन मान्यताहरू पनि लिएर हिँडिरहेका छौं । यो विचारलाई मन पराएर अभियन्ताका रुपमा मलाई साथ दिनु भएको छ प्रा.डा.भीम खतिवडा धरान, प्रा.डा.गोपाल भण्डारी मोरङ, डा.लेखनाथ काफ्ले ताईवान, दीपक सुवेदी झापा, मिश्र बैजयन्ती उर्लाबारी, डेन्जोम साम्पाङ अमेरिका, सुनिता राई कन्दङ्वा इजरायल, भीम विरही राई भारत, बुद्धि तेम्बे माइला भारत आदि । अहिले यसै विचारलाई प्रत्यारोपण गरेर एउटा कविता सङ्ग्रहको तयारीमा लागिरहेको छु ।
साहित्य बाहेकको रुचि भन्नुपर्दा अभिनय पनि मेरो रुचिको विषय चाँही हो । मैले निक्कै समय अगाडि तीन वटा नेपाली चलचित्रमा अभिनय पनि गरेको छु । तर पछिल्लो समय जीवन भोगाइका प्रमुखताहरूले रुचिका विषयहरूलाई गौण बनाउँदै लगे ।
यहाँको विचारमा सृजना के हो ? अनि सृजना कस्तो हुनुपर्छ ?
मेरो विचारमा सिर्जना मन मस्तिष्कको सुन्दर अभिव्यक्ति हो । कुरुप अभिव्यक्ति पनि सिर्जना नै होला । यस्ता सोचले कहिले काहि अन्योलता पनि सृजना गर्छ । तर सृजना मन भित्रको भाव मात्रै नभएर सम्भावना बोकेको अदृष्य कला पनि हो । जसले हिजो आज र भोलीको मार्ग कोर्दछ । सिर्जना कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा चाँही सिर्जना सँधै जीवन र जगतको हितमा हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
नेपाली भाषाको संरक्षणमा नेपाली साहित्यको भूमिका कस्तो पाउनु भएको छ ? यहाँका प्रकाशित कृतिहरूको पनि संक्षिप्त बताइदिनुस् न । मेरो विचारमा नेपाली भाषाको संरक्षणमा नेपाली साहित्यको अहम् भूमिका रहेको हुन्छ । दिनानुदिन बढिरहेको पश्चिमा भाषा साहित्य र संस्कार संस्कृतिको अतिक्रमणमा परेर धरासायी बनिरहेको नेपाली भाषालाई बचाउने, विस्तार गर्ने काम यही नेपाली साहित्यले नै गरिरहेको छ । नेपाल जस्तो बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकमा सबैको साझा भाषाको रुपमा नेपाली भाषाले दरिने जुन सौभाग्य पाएको छ । त्यसको ठूलो कारण साहित्य नै हो । रह्यो मेरा प्रकाशित कृतिहरूको बारेमा भन्नु पर्दा अधुरो जीवन सामाजिक उपन्यास २०६१, चुनौती कथासङ्ग्रह २०६९, नवआयाम चिन्तन र विमर्श २०७५ लगायत १५० जति फुटकर लेख रचनाहरू राष्ट्रिय अन्तर्राष्ट्रिय पत्र पत्रिकामा प्रकाशित भएका छन् ।
साहित्य र जीवन भोगाइ बीचको चक्रलाई कसरी हेर्नू हुन्छ ? साहित्यमा सबैभन्दा कठिन कार्य के हो ?
साहित्य र जीवन भोगाइबिचको चक्रलाई कसरी हेर्नु हुन्छ ? भन्ने प्रश्नले चै अझ घेरै प्रश्न जन्माउँछ । किन कि साहित्यमा कलम चलाउनेहरुको लागि साहित्य र जीवन भोगाइले ठूलो अर्थ राख्दछ । तर ठ्याक्कै यस्को चक्र यहि हो भन्ने चाही त्यो नहुन पनि सक्छ । यसो भनिरहँदा साहित्यिक सुन्दरताबाट जीवनको सार स्वतः सत्य निकाल्नु जे बाँकी रहन्छ त्यो नै साहित्य र जीवन भोगाइबिचको राम्रो तत्व हो । साहित्यमा सबैभन्दा कठिन कार्य भनेको साहित्यिक श्रेष्ठताको कसीमा कुनै पनि विधाको अन्तिम सत्य खोज्नु हो । भनाइको मतलब कविता यस्तै हुनु पर्छ भनेर न त जोन किड्सले भन्न सके न त टि यस एलियटले नै । न त आजका कुनै धुरन्धर कविले नै भन्न सक्छन् । कविता, कथा, गीत, गजल, उपन्यास कुनै पनि विधाको बनावट यही नै हो भनेर कसैले किटानी गरेर भन्न सक्दैन । यदि कसैले भन्छ भने त्यो उसको अल्पज्ञान हो ।
विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय अध्यक्ष हुन्हुन्छ । यहाँको संस्थाले अहिले के गर्दैछ ?
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रिय समितिको अध्यक्षको रुपमा कार्य सम्पादन गर्न थालेको अहिले तेस्रो वर्षमा प्रवेश गरेको छ । अहिलेसम्म विश्वको २४ देशमा २८ राष्ट्रिय शाखा उपशाखाहरू रहेका यो संस्थाले विभिन्न विश्वव्यापी साहित्यिक प्रतियोगिताहरू आयोजना गरिरहेको छ । साहित्यिक पुस्तकहरू प्रकाशन गरिरहेको छ । विभिन्न साहित्यिक कार्यक्रमहरूको आयोजना गरिरहेको छ । यो महासङ्घ अन्तर्गत अहिलेसम्म पचासभन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन् ।
विश्वव्यापी कविता प्रतियोगिता, मुक्तक प्रतियोगिता सम्पन्न भइसकेको छ । अहिले विश्वव्यापी लघुकथा प्रतियोगिता चलिरहेको छ । एउटा हिन्दी भाषामा र एउटा नेपाली भाषामा दुई किताब प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ । दुईवटा साहित्यिक विश्व सम्मेलन पनि सम्पन्न भइसकेको छ । मेरो कार्यकालमा कोरोना महामारीले धेरै असर गरिरहेको छ । यद्यपि नेपाल प्रज्ञा प्रतिष्ठानमा स–शरीर एउटा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । मेरो कार्यकालमा महासङ्घको विश्व केन्द्रिय समितिमा मात्रै पचासभन्दा बढी भर्चुअल कार्यक्रमहरू सम्पन्न भएका छन् । हरेक महिना हाम्रा केही निश्चित साहित्यिक कार्यक्रमहरू हुन्छन् ।
समाज रुपान्तरणमा साहित्यको भूमिका कस्तो हुन्छ ?
समाज रुपान्तरणमा साहित्यको महत्वपूर्ण भूमिका रहेको हुन्छ । साहित्यले विचार प्रवाह गर्ने हुनाले विचारले मान्छेलाई निर्देशित अथवा परिचालित गर्ने गर्दछ । राष्ट्रले कोल्टो फेर्ने हरेक ऐतिहासिक मोडहरूको प्रायः सबै ठाउँमा साहित्यको कतै न कतै भूमिका रहेको हुन्छ । तर ती त्यस्ता साहित्यिक सिर्जनाहरु हुन्छन् जो विचारप्रधान हुन्छन् ।
पूर्व आधुनिक कालमा चलिआएको इश्वरीय प्रभुसत्ताको युगलाई भत्काएर विवेकको घोषणा गर्दै सत्रौं शताब्दीमा आधुनिक काल ल्याउने फ्रान्सिस वेकन, रेने देकार्त टी यस एलियट, पाब्लो नेरुदा, भर्जिनिया उल्फहरू होस् अथवा उन्नाइस सय साठीको दशकमा बहुविवेको घोषणा गरेर उत्तरआधुनिक काल ल्याउने जैक डेरिडा, मिसेल फुको, मार्टिन हाइडेग्गर, बैल हुक्स, अमेलिया जोन्सहरू होस् अधिकांश विद्वानहरू साहित्यकार नै हुन् । त्यसैले समाज रुपान्तरणमा साहित्यको महत्वपूर्ण भूमिका रहने गर्दछ ।
साहित्यको आडमा राजनीति गर्नेलाई के भन्नू हुन्छ ?
साहित्यको आडमा राजनीति गर्नु भनेको एक प्रकारको अपराध हो । अतः साहित्यको आडमा राजनीति गर्नेलाई अपराधी माने पनि पाप लाग्दैन । तर यस्तो मन्दबीष प्रयोक्तालाई कानूनी दायरामा ल्याउन नसकिने हुनाले खुलेरै अपराधी भन्न चाँही सकिँदैन । तर त्यस्तो अमानवीय काम निन्दनीय अवस्य हुन्छ ।
नेपाली भाषा साहित्यको पहुँचलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन के गर्नु पर्छ जस्तो लाग्छ ?
नेपाली भाषा साहित्यको पहुँचलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन हामीले बढीभन्दा बढी अन्तर्राष्ट्रिय भाषाहरूमा हाम्रा सिर्जनाहरूलाई अनुवाद गर्न सक्नु पर्छ । अहिलेको विश्व सामाजिक सञ्जालमा जेलिएको हुनाले कुनै पनि विषयलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने मार्ग प्रशस्त भएको छ । वैश्विक अतिक्रमणबाट बाँच्नलाई समयानुकूल परिमार्जित हुँदै जान सक्नु पर्छ । समयको तालमा हिँड्न सकिएन भने छुटिन्छ । त्यो समयसँग नछुटौँ भन्ने आग्रह नै नवआयाम वैचारिक अभियान हो ।
यहाँ लामो समयदेखि नेपाल बाहिर नै हुनुहुन्छ । नेपाल बाहिर बसेर नेपाली भाषा साहित्यको प्रवद्र्धन गर्ने वातावरण सहज छ ?
छैन । विषम परिस्थितिमा पनि साहित्यिक माहोललाई टुट्न नदिनेहरूले मात्रै परदेशमा रहेर पनि नेपाली साहित्यको सेवा गरिरहेका हुन्छन् । समग्रमा भन्नु पर्दा १० वर्षभन्दा लामो समयदेखि परदेशमा रहेर पनि निरन्तर रुपमा कसैको साहित्यिक सक्रियता रहन्छ भने उ भित्र वास्तवमै साहित्यिक समवेदना र भाषिक मोह छ । त्यो पक्का हो । किन कि १० वर्षको अन्तरालमा कुनै न कुनै समय उसको परदेशी जीवनमा जटिल अप्ठ्याराहरू आएका हुन्छन् । यद्यपि उसले साहित्यिक कर्मलाई नछुटाउनु भनेको उ एक प्रकारले साहित्यिक अग्नि परिक्षा पास भएको हो ।
अन्त्यमा, नेपाली साहित्यको बारेमा यहाँले भन्नै पर्ने केही कुराहरु छुटेजस्तो लाग्छ किप्महत्त्वपूर्ण कुराहरू केही छन् कि ?
सर्वप्रथम त मलाई आफ्नो कुरा राख्ने यो महत्वपूर्ण अवसर दिनु भएकोमा तपाईं र मध्य नेपाल सन्देश परिवार प्रति म हार्दिक आभार प्रकट गर्दछु । अर्को कुरा साहित्यिक सन्दर्भ र महत्वका कुराहरू गर्नु पर्दा चाँही भाषा साहित्य भनेको कुनै पनि समुदायको पहिचानको मेरुदण्ड हो । नेपाली महाजातिको रुपमा हामीले हाम्रो पहिचानलाई जीवित राख्नको लागि हाम्रो भाषा साहित्यलाई जीवित राख्नु नितान्त जरुरी हुन्छ । अन्यथा हाम्रो पहिचानको अस्तित्व समाप्त भएर जान्छ ।
आधुनिक अस्तित्ववादी डेनिस दार्शनिक सोरेन किर्केगार्डले खनेको बाटोमा महान् अस्तित्ववादी दार्शनिकहरू फ्रेडरिक नित्से, जिया पाउल सात्रे, अल्बर्ट कामु, मार्टिन हाइडेग्गरहरूले विश्वलाई हिँडाएको हुनाले नै आज हामी अस्तित्वको यो मोडमा आईपुगेका छौं । अतः हामी सबैले भाषा साहित्यलाई माया गर्ने गरौं ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)