“प्रकृया अनुसारका तोकिएका कागजात लिएर गएको, त्यहि दिन सबै काम भयो” उत्साहित हुँदै उनी थप्छन् “अनि विश्वास भयो, सबले भनेजस्तो छात्राका लागि साइकल पाउन माननियको पछी लाग्नु नपर्ने रहेछ बरु नियमको पालना गर्दै आवस्यक कागजातहरु तयार गरेर प्रकृयागत रुपमा जानुपर्ने रहेछ” यो बुझाई श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय नरबस्तिका प्रधानाध्यापक परशुराम श्रेष्ठको हो ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २ नरबस्ती स्थित विद्यालयले साइकल पाउन धेरै पटक मन्त्रालय धाएर झंझट बेहोर्नु परेन । किनकी प्रअ श्रेष्ठले भनसुन छोडेर नियम र प्रकृयालाई रोजे । गुगल नक्शा पच्छ्याउँदै ठिक १० बजे मुख्यमन्त्रि कार्यालय पुगेका उनले सोध्दै खोज्दै कागजात तोक लगाउने ठाउँ पत्ता लगाए अनि लाइनमा बसे । लाइनमा पालो कुर्दै गर्दा अन्य विद्यालय हरु पटकपटक रित्तै फर्कीएको र “सोर्स नहुनेले साइकल पाउनु असम्भव रहेछ भन्दै” खुई काढेका विषयले उनलाई त्रर्साइरहेको थियो ।
कुनै माननिय ज्यूलाई लौन हजुर नभनेको त्यसमा पनि कमजोर आर्थीक अवस्थाको विद्यालयबाट आएको आफ्नो परिस्थितीका विच काम नबनेर त्यहीं वास बस्नु परे अथवा प्रकृया नपुगेको वाहानामा त्यसै फर्कीनु परे ति दुवै अवस्था पिडादायी हुने सम्झेर उनि छट्पटिएका थिए ।
यस्तैमा उनको पालो आयो, फाइल बुझाए । श्रेष्ठ सम्झिन्छन् फाइल पल्टाउनु पूर्व तोक लगाउन तल्लीन ति व्यक्तिले अलि शंकास्पद हुँदै सोधेको प्रश्न “अँ...... तपाईं कसले भनेर आउनुभएको ? काम हुन्छ म हेरौंला भन्नु भा’को छ की?” उनि झसंङ्ग भए, होइन भने काम नहुने हो की? तर उनले ढाँटेनन् भने “होइन, आसपासका विद्यालयमा बाँडेको देखेर प्रयास गरौं भनेर आ’को” भने, यस्तो जवाफ सुनेर ति व्यक्तीले आनुहारै उज्यालो बनाए र ठिक गर्नुभयो भन्दै फटाफट फाइल चेक गरे अनी सबै दुरुस्त पाएपछी तोक लगाए ।
ने.रा.मा.वि पथलैयाका प्रअ शम्भु मण्डलको सल्लाह बमोजिम कागजात तयार गरेर सोर्स विनाको कोशिसमा लागेका उनले अव भने सन्तोषको श्वास फेरे । वालविकास देखि कक्षा ८ सम्मका लगभग २ सय विद्यार्थीको शैक्षिक अभिभावकका रुपमा गत असार १४ गतेबाट प्रअको जिम्मेवारी सम्हालेका श्रेष्ठ आफ्ना १३ जना बालिकाका लागि साइकल लिन वर्षात्मा भिज्दै मुख्यमन्त्री कार्यालय पुगेका थिए । उनले गरेको सच्चा मेहेनतले सोहि दिन सबै काम भयो ।
मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानकी संयोजक प्रियंका यादवले दिएको सम्पर्क नं. मा कुरा गरेर विरगञ्जबाट भोलि पल्ट नै साइकल ल्याउने कुरा भयो । उनी भन्छन् “जन्मदर्ता र इएमआइएस डाटामा एक अक्षर, मात्रा, स्पेलिंग सम्म पनि मिलेन भने साइकल पास हुन्न, यस्तोमा सोर्सको पछी लागेर काम हुन्छ भन्ने सोच्नु दिवा स्वप्न मात्रै हो” ।
साइकल माग गर्दा नियमलाई मात्र सम्झेका श्रेष्ठले वितरण कार्यक्रममा भने सकेसम्म सबैलाई समेटे । आठ कक्षा पास गरेको विद्यालयबाट साइकल लिंदै गर्दा छात्रा विभुती थापाले अहिले ९ कक्षा पढ्न गइरहेको विद्यालय ४/५ पटक धाएर बल्ल आधा छात्राको साइकल पास गर्दैको अवस्थामा रहेको स्मरण गर्दै आफुहरुले यत्ती छिटै साइकल पाएकोमा प्रअ लगायत मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान कर्मी सबैलाई धन्यवाद दिइन् ।
यसरी श्रेष्ठले अनुभव सुनाउँदै आफुले सहजै साइकल ल्याउन पेश गरेको कागजात बारे जानकारी गराए अनुसार जाँदा आफुले पनि एकै दिनमा विना सोर्स/सिफारीस साइकल पाएको बताउँछिन् श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय नगौलकी प्रधानाध्यापीका प्रतिमा पौडेल । पौडेल भन्छिन् “इएमआइएस डाटा २०७७ मा छात्राहरुको हाइलाइट गरिएको, सोहि डाटा अनुसारको विद्यालयको लेटरहेडमा जानकारी पत्र, जन्मदर्ताको फोटोकपी, साइकल माग पत्र सहित प्रअ जानुपर्ने, प्रअको अनुकुलता नमिलेको अवस्थामा विद्यालयले अख्तियारी पत्र सहित स्थायी शिक्षकलाई पठाएमा सहजै साइकल प्राप्त हुन्छ तर जन्मदर्ता र इएमआइएसको डाटामा गलत हुनुभएन” । त्यस्तै अनुभव छ श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय वजनीको ।
भनसुनको पछी लाग्ने विद्यालय पटकपटक मन्त्रालयबाट फर्कीनु परेको, साइकल पाए पनि कागजात अपुग हुँदा आधाआधी छात्राका लागि मात्रै पाएको भन्ने खबरहरु आइरहँदा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष श्याम भट्ट भने प्रकृयालाई ध्यान दिन सबैलाई आग्रह गर्छन् । प्राविधिक शिक्षाको कागजात पुर्याउन जनकपुर जाँदा साइकल वितरण बारे थाहा पाएर प्रकृयागत ढंगले एकै दिनमा २८ जना छात्राको साइकल पास भएको भन्दै उनी आफ्नो अनुभव सुनाउँदै अफवाहको पछी नलाग्न आग्रह गर्छन् ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)