कोभिड १९ को महामारीबाट लगभग सवै क्षेत्र प्रभावित बनेका छन् । शिक्षा, स्वास्थ्य, पर्यटन, मनोरञ्जन, उद्योगधन्दा, व्यवसाय, रोजगारी प्राय सवैमा असर परेको छ कोभिड महामारीले । यी मध्ये कतिपय लयमा आइसके भने कतिपय अझै पनि खुलेका छैनन् । सिनेमा हल, स्वीमिंग पुल पर्यटन अझै खुलेका छैनन् भने शैक्षिक क्षेत्र आंशिक रुपमा मात्र खुलेका छन् । कतिपय क्षेत्रमा क्षणिक हानी भयो भने कतिपय क्षेत्रमा यसले दुर्गामी असर पारेको छ । पहिलादेखि नै कमजोर रहेको हाम्रो क्षेत्रको शैक्षिक क्षेत्रमा यसले नराम्रो असर गरेको छ ।
कोभिड १९ को शुरुवाती चरणदेखि नै शैक्षिक संस्थाहरु बन्द भए जुन अहिले पनि पूर्णरुपमा संचालनमा आउन सकेका छैनन् । शिक्षाको अवस्था पहिलादेखि नै नाजुक थियो । तर यो महामारीले अझ थला पारेको हामी सवैले महशुस गरिरहेका छौ । कोभिड १९ को महामारीबाट थला परेका सवै क्षेत्र अव माथि उठ्न प्रयास गरिरहेका छन् । आफनो तौर तरिका रहनसहन परिवर्तन गरेर भए पनि महामारीको मारमा परेको प्रभावलाई कम गर्ने प्रयास गरिरहेका छन् । तर शिक्षा क्षेत्रमा खासै प्रयास भएको देखिदैन । बन्द रहेको शैक्षिक संस्थाहरु खोल्ने नखोल्ने लामो बहस चलिरह्यो । एक पक्ष खोल्न भन्ने अर्काे पक्ष खोल्दा क्षति भयो भने जिम्मेवार को ? भन्ने । यसैमा बहस चलिरह्यो । तर शैक्षिक संस्था बन्द हुदाँ भएको क्षतिलाई कसरी पुर्ति गर्ने, विद्यार्थीको भविष्य कसरी बनाउनेमा खासै बहस भएन । शिक्षा क्षेत्रको सुधारमा हाम्रो प्रयास खोइ ?
देश नयाँ संरचनामा गइसकेको छ । अहिले मुलुकमा तीन तहको सरकार छ । कतिपय ऐन, कानून निर्माण गर्न बाँकी छ । कतिपय अधिकारहरु प्रष्ट पार्न बाकी छ । तर मा.वि. तहसम्मको विद्यालय व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । यसैलाई टेकेर स्थानीय सरकारहरु विद्यालयको व्यवस्थापन गर्नु पर्ने हो । गरिरहेका पनि छन् । स्थानीय सरकार आएपछि विद्यालयमा सुधार नभएका पनि होइनन् । कतिपय ठाउँमा भवन बनेका छन् । पर्खाल उठाइएको छ । पंखा हालिएको त छ । तर समग्रमा अवस्था हेर्ने हो भने सुधार भएको देखिएको छैन ।
जुन किसिमले व्यवस्थापन हुनु पर्ने त्यो किसिमको व्यवस्थापन हुन नसकेको स्वयम् स्थानीय सरकार जनप्रतिनिधि वा कर्मचारीले गरेको अनुगमनको फोटो हेर्दा नै देखिन्छ । पहिलादेखि नै कमजोर अवस्थामा रहेको हाम्रो क्षेत्रलाई सुधार गर्नका लागि जुन किसिमले प्रयास हुनु पर्दथ्यो भएको देखिदैन । विद्यालयलाई राम्रो बनाउनका लागि सबै क्षेत्रबाट सामूहिक रुपमा प्रयास खोइ त ? सवै क्षेत्रलाइै समेटने गरी नेतृत्व गरेको खोइ त ?
कोभिड १९ को महामारीबाट थला परेको शैक्षिक क्षेत्रलाई उकास्नका लागि सरकारको एकल प्रयासले मात्र सम्भव छैन । पहिला पनि विद्यालयलाई व्यवस्थापन गर्नका लागि विद्यालय व्यवस्थापन समिति, प्र.अ. र अभिभावलाई जिम्मेवार बनाएको थियो । अहिले यी सवै निकायहरु मिलेनन् भने फेरि पनि वास्तविक समस्याबाट सुधार सहज छैन । एउटा विद्यालयलाई कसरी अगाडी बढाउने, शैक्षिक अवस्थादेखि भौतिक अवस्था सम्मको जिम्मेवारी प्र.अ. तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई दिईएको छ । तर खोइ त कोभिड पछाडीको योजना ? खोइ त महामारीले प्रभावित भएको विद्यार्थीको भविष्य उज्वल बनाउने योजना ? लामो समयसम्म बन्द रहेका कारण शैक्षिक मात्र होइन भौतिक रुपमा पनि शैक्षिक क्षेत्र ध्वस्त भएका छन् । कतिपय कक्षा कोठाहरु बस्न लायकका छैनन् ।
छाना मुनि बस्ने अवस्था छैन । यी सबै कुरालाई सुधार गरी विद्याको मन्दिर जस्तै बनाउने हाम्रो प्रयास खोइ त ? हामी हाम्रा छोराछोरीहरुलाई विद्यालय मात्र पठाउने की विद्यालयको सुधारको लागि प्रयास पनि गर्ने ?
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)