सयौं नागरिकको सहादतबाट प्राप्त संघीयता ल्याउन तराई–मधेशका नागरिकको मुख्य भुमिका रहेको छ भन्नेमा कसैको दुईमत न होला, तर त्यही संघीयतालाई आधार बनाएर मधेशको मुहानको रुपमा रहेको प्रदेश २ सरकारमा देखिएको भ्रष्ट छबिले सम्पुर्ण मधेशि समुदायलाई नै लज्जित बनाएको छ ।
स्थापना भएको ४ वर्ष बितिसक्दा पनि नाम र स्थायी राजधानी पाउन नसकेको प्रदेशमा भने भ्रष्टाचार र कुसाशन व्याप्त छ । बिभिन्न मन्त्रालयहरुबाट सञ्चालन हुने योजनाहरुमा मन्त्रीको कमिशन र कार्यकर्ताको गिद्दे नजरका कारण बिवादित बनिआएको प्रदेश २ पछिल्लो पटकको मुख्यमन्त्री कार्यालयबाट सञ्चालन हुने योजनामा देखिएको भ्रष्टाचार र अख्तियारको छापामारी पश्चात थप बदनाम भएको छ ।
छोरीहरुको शिक्षामा पहुंच बढाउने उद्देश्यले सञ्चालित ‘बेटी बढाउ, बेटी बचाउ अभियानमै अनियमितता देखिएपछि अन्य योजनाहरुको अवस्थाबारे आफै मुल्यांकन गर्न सकिन्छ । अभियान अन्तर्गत कक्षा ८ मा पढ्ने किशोरिहरुलाई बिधालय जान प्रोत्साहन गर्ने उद्देश्यले साईकल प्रदान गरिने योजना रहेको छ । करिब ३ वर्षमा हजारौ किशोरीहरुलाई साईकल बितरण पनि गरिएको छ । तर बितरण गरिने साईकल खरिदमै व्यापक अनियमितता देखिएपछि सरकारको उक्त योजनाप्रति नै प्रश्न चिन्ह खडा भएको छ ।
मुख्यमन्त्री कार्यालयले विद्यालयले पठाएको विद्यार्थी विवरणअनुसार साइकल उपलब्ध गराउँछन । प्रदेशस्थित शिक्षा निर्देशनालय, जिल्लास्थित शिक्षा समन्वय इकाइ र स्थानीय तहसँग समन्वय नगरी सोझै विद्यालयलाई साइकल वितरण गर्दा प्रदेश सरकार निकटका राजनीति दलको पहुँच भएका विद्यालयले मात्र साइकल पाएको गुनासो पनि छ । प्रदेश सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका प्रधानध्यापकलाई साथमा ल्याएर मुख्यमन्त्री कार्यालयबाट साइकल बुझ्दै आएका छन।
प्रतिगोटा करिब साढे ६ हजारमा किनिएको साईकल एक वर्ष नबित्दै अर्को पटक साढे ८ हजारमा खरिद गरिएको छ । खरिद गरिएका साईकलका न त नाम छ न त लोगो । त्यति मात्रै नभई कम रेटमा टेण्डर भरेका सप्लायर्सलाई बाईकाट गरि बढि रेटमा टेण्डर भरेकासंग खरिद गरिएको छ । यस्ता तथ्यले खरिद प्रकृयामा अनियमितता भएकै हो भन्ने कुरा प्रष्ट गर्दछ ।
अझै उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड नै नभएका १७ हजार दुई सय ६२ थान साइकल खरिदको जिम्मा पाएको ओम सत्यसाई प्रालिका सञ्चालक राजेश अग्रवाल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच घनिष्ठ सम्बन्ध रहेको तथ्य समेत एक अर्को दृष्यको कल्पना गरिरहेको छ । विरगञ्जबासी गद्दि र अग्रवाल एकअर्काका सहयोगि भएको पनि बिभिन्न श्रोतहरुको दाबि छ । दुबैबिचको घनिष्ठताकै आधारमा मुख्यमन्त्री राउतले अग्रवाललाई साइकल खरिदको ठेक्का दिलाएका हुनसक्ने आंकलन छ । जगदम्बा इन्टरप्राइजेजका निर्देशकसमेत रहेका अग्रवालले १७ हजार २६२ साइकल किन्न ११ करोड १० लाख २९ हजार १८४ रुपैयाँको ठेक्का पारेका थिए । उनी वीरगन्ज महानगरपालिकाका मेयर विजय सराबगीका सम्धी पनि हुन्, सरावगी र राउत एउटै पार्टिबाट निर्वाचित भएका हुन् ।
भ्रष्टाचारका कुरालाई अभियानका लागि नियुक्त गरिएका कर्मचारीहरुको मुख्यमन्त्री तथा मन्त्रालयका सचिवसंगको कनेक्सनले अझै थप बल दिएको छ ।
मुख्यमन्त्री कार्यालयमा पहिलादेखि कार्यरत प्रेस सल्लाहकारलाई कार्यक्रमको संयोजक बनाईएको छ भने मन्त्रालयका सचिवको छोरालाई सहसंयोजक बनाईएको छ । सचिवकि श्रीमतीलाई समेत सोहि कार्यक्रममा कर्मचारी समेत बनाईएको छ । यि, यावत तथ्यलाई कोटल्दा साईकल खरिदमा भएको भ्रष्टाचार,मनसाय,लाभ र स्वाथ्र्यलाई छरपष्ट देखिन सकिन्छ । अख्तियारले ई सबै कुहरुलाई एक ठाउंमा राखि आफ्नो अनुसंधान त गर्नेनै छ ।
यत्रा धेरै प्रमाणहरु हुंदाहुंदै पनि ‘जो चोर, उसैको ठुलो स्वर’ भनेझै मुख्यमन्त्री लालबाबु राउत गद्दीको पार्टि जनता समाजवादी पार्टिले पर्सामा शनिबार आन्दोलन पनि गरेको छ । अख्तयार मुर्दावाद, संघियता मास्न पाइदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा शान हुन्, अख्तियार गो व्याक लगायतका नारासहित जसपाका नेता कार्यकर्ताहरुले आन्दोलन गरेका थिए ।
भ्रष्टाचारको प्रमाणका सांथ छापामारी गरेको अख्तियारलाई प्रभावित गर्ने मनसायले आन्दोलनको घोषणा गरिएको आम जनमानसको धारणा बनिसकेको छ । विभिनन समाजिक सञ्जालमार्फत समेत अख्तियारबिरुद्धको आन्दोलनको चौतर्फि आलोचना भईरहेको छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)