धानको टप ड्रेसिङ्गका लागि किसानलाई चाहिएको समयमा रासायनिक मलको हाहाकार भएको छ । धानमा बाला लाग्ने समयमा धानको अन्तिम टप ड्रेसिङ्गका लागि युरिया मल आवश्यक पर्छ । तर यहि समयमा रासायनिक मलको हाहाकार भएको हो ।
धानवालीका लागि मात्र नभई हिउँदे बालीका लागि पनि कृषि प्रधान देशका किसानहरुलाई सरकारले मलको जोहो गरिदिनु पथ्र्यो । तर नेपालका राजनीतिक दलहरु जनताको समस्यामा कहिले केन्द्रित नभई सत्ता परिवर्तन र कुर्सीका लागि मात्र केन्द्रिकृत हुँदा यो बर्षको धान र हिउँदेवालीका लागि किसान छट्पटिनु परेको छ । यो सिजनको अन्तिम समयमा समेत आवश्यक मल प्राप्त हुनेमा किसान चिन्तित छन् । प्रदेश समेत कृषि प्रदेश कहलाउने देशमा मध्य तराईको पर्सा, बाराका मात्र नभई देशै भरका किसान रासायनिक मल अभावमा रहेको गुनासो गरिरहेका छन् । सरकार मातहतको कृषि सामग्री कम्पनीका गोदाम अहिले खाली–खाली छन् । यता किसानका खेतको धानमा पनि मल, खादको अभावमा धानबालीमा बाला लाग्ने समयमा नै धान पहेंलो हुन थालेको छ । कतिपय किसानको खेतमा त सिंचाइ र मलको अभावमा धान नै सुक्न थालेको किसानहरुले बताए ।
नेपाल सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने योजना अनुसार खेतीयोग्य जिल्लाहरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना घोषणा गरेको छ । तर पहिलेको सरकारले गरेका राम्रा काम र घोषणालाई परिवर्तित सरकारले निरन्तरता दिन छोडेपछि कृषक पनि त्यसको चपेटामा परेका छन् । अधिल्लो सरकारले बंगलादेशबाट जीटुजी प्रकृया मार्फत धान रोप्ने समयमा मलको जोहो गरे पनि त्यो सरकारलाई विस्थापित गरेको वर्तमान गठबन्धनको सरकारले आफ्नो मातहतको कृषि समाग्री कम्पनी लिमिटेड मार्फत मल खरिद गर्न तत्कालै सक्ने अवस्था छैन ।
यस्तो अवस्थामा किसानको रातदिन मेहेनत खेतमा नै सुकेर जाने भएको वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्ताका किसान खेदु महतोको दुखेसो गरे । धान बालीमा बाला लाग्न सुरु भइसकेकोले त्यसको लागि मल र पानीको पनि उतिकै आवश्यकता पर्दछ । न सिंचाइको सुविधा छ न मलको उनले भने । आकासे पानीले केही धानबालीलाई राहत भए पनि अहिले धानबालीको जरामा नै रोग लागेर धान सुक्न लागेकाले मलको अभावमा आपत परिरहेको उनको तर्क छ । हुने खानेले महंगो दरमा सीमा पारीबाट मल खाद र बिशादी खरिद गरी छर्ने गरे पनि कृषि प्रधान देशका गरिब किसानका लागि नेता र सरकारको मुख ताक्नु शिवाय अरु केही नभएको किसान महतोले बताए । यस्तै हुने हो भने किसानको मेहेनत खेतमा नै विलाउँछ उनले तर्क गरे । सरकारको जिम्मेवार निकाय र अनुगमन वा सहुलित दिन नसकेको कृष्क खेदु महतो बताउँछन् ।
खेतीपातिले नै दैनिक गुजारा चलाउँदै आईरहेका इटयाही प्रसौनीका स्थानीय कृष्क महेन्द्र राउतको पनी उस्तै समस्या रहेको छ । मंहगो दरमा खाद्य, मल किन्न पनि मृख्य कृष्कहरुलाई समस्या हुने गरेको उनको भनाई छ । आवश्कता नभएको बेला गण्डक नहरमा पानी भरिभराउ हुन्छ तर सिचाईको लागि आवश्यक परेको बेला पानी नभएर समस्या एकातर्फ छदैछ भने, हरेकवर्ष खाद्यको समस्याले झनै समस्या निम्त्याउने गरेको कृष्क राउतले बताए । बेला बखत सस्तो र सहुलियत दरमा किसानले विभिन्न कृषि सुविधा पाएपनी हामीजस्ता कृष्कले हुण्डा बटोहिया लिएर बर्षेनी झण्डै डेढ बिग्हा खेतीपाती गरेपनि कुनै किसिमको सुविधा नपाउने गरेको उनको दुखेसो छ ।
कृषि प्रदान देश र मृख्य कृषिमा अधारित प्रदेशमा पर्ने पर्साका किसानको हाल बेहाल छ । सरकारले अनुदानमा कृषि सम्बन्धी विभिन्न सामग्रीहरु किसानलाई दिने गरेपनी आफ्ना पार्टी प्रतिनिधि बाहेक कृष्कको हातमा थोरै पुग्ने गरेकाले मलमा समेत झेल भएको बहुदरमाई नगरपालिका ६ गमहरियाका कृष्क प्रभु महतोको गुनासो छ ।
धान बाली, काउँली खेती लगायतको अन्य खेतीको लागि चाहिने मल, खाद्यको बजारमा हाहाकार भएपन िपहुँचका अधारमा पार्टी प्रतिनिधिहरुले पाउने गरेको उनको आरोप रहेको छ । सरकारबाट आएको मल, खाद्य बिचौलियाहरुले लिएरमहंगो दरमा बिक्रि वितरण गरेपनी कार्वाही नहुने गरेको उनको भनाई छ ।
धानमा विभिन्न रोग र किराहरुको प्रकोपले पहिलो भएको धानबाली अहिले युरिया मल प्रति केजी ३० रुपैयाको दरले समेत पाउन मुश्किल परेको छ । सरकारी अधिकारीसंग मिलेर बिचौलिया र नेताहरुको पछि लाग्ने कृषकहरुले मात्रै मल पाइरहेको उनको भनाई रहेको छ ।
यता १८ वटा जिल्लामा मल खाद पठाइएको कृषि समाग्रि लिमिटेडले जनाएको छ । धानको बेर्ना राख्ने बेला कृषि समाग्रिले प्रत्येक सहकारीलाई एक/
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
एक सय बोरा दिइएको बरिष्ठ सहायक सिताराम श्रेष्ठले बताए । सि पोर्टमा खाद रहेकाले खाद्य आउन अझै समय लाग्ने उनको भनाई छ । स्थानीय प्रशासनलाई खाध वितरण तथा डिलर र कृष्कलाई वितरण गर्ने अधिकार दिएकाले मल खाद कुन ठाउँमा कति भण्डारण गरिएको छ भन्ने यकिनका साथ भन्न नसकेको बरिष्ठ सहायक श्रेष्ठको भनाई छ ।