प्रदेश नं. २ सरकारको ‘बेटी बचाऊ, बेटी पढाउ’ अभियान अन्तर्गत वितरण गरिएको साईकलमा मुख्यमन्त्री लालबाबुु राउतले गरेको भ्रष्टाचार ढाकछोप गर्न जनता समाजवादी पार्टी आन्दोलनमा उत्रेको छ । संघीयताको जननी कहलाउने प्रदेश २ सरकारमा देखिएको भ्रष्टाचारले सम्पुर्ण मधेशि समुदायलाई नै लज्जित बनाएको छ । तर मुख्यमन्त्री राउतले गरेको भ्रष्टाचार ढाकछोप गर्न जसपा पर्साको नेतृत्वमा वीरगंजमा प्रदर्शन गरेको हो ।
‘बेटी बचाऊ, बेटी पढाउ’ अभियान अन्तर्गत कक्षा ८ मा पढ्ने किशोरिहरुलाई बिधालय जान प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिएको साईकल खरिदमै व्यापक अनियमितता देखिएपछि उक्त भ्रष्टाचारलाई दबाउन मुख्यमन्त्रीको समर्थनमा वीरगंजमा २ दिन देखी जसपका नेता कार्यकर्ताशरुले अख्तियारको बिरोधमा प्रदर्शन गरेका छन् ।
प्रतिगोटा साढे ६ हजारमा किनिएको साईकल ४ महिनाको अन्तरालमासाढे ८ हजारमा खरिद गरिएको छ । अख्तियारले मुख्यमन्त्री कार्यालयमा पुगी आवश्यक कागजात खोजतलास गर्दा खरिद गरिएका साईकलको ब्राण्ड न त लोगो भेटिएको थियो । कम रेटमा टेण्डर भरेका सप्लायर्सलाई टेण्डर नपारी बढि रेटमा टेण्डर भरेकासंग खरिद गरिएको छ । यस्ता तथ्यले खरिद प्रकृयामा अनियमितता भएकै हो भन्ने कुरा प्रष्ट गरेपछि छानबिन प्रकृयालाई अगाडी बढ्न नदिन जसपाले अख्तियार बिरुद्ध प्रदर्शन गर्न थालेको हो ।
उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड नै नभएका १७ हजार दुई सय ६२ थान साइकल खरिदको जिम्मा पाएको ओम सत्यसाई प्रालिका सञ्चालक राजेश अग्रवाल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच घनिष्ठ सम्बन्ध रहेकाले समेत भ्रष्टाचारलाई उदागो पारेको छ ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीका सम्भी तथा जगदम्बा इन्टरप्राइजेजका निर्देशकसमेत रहेका अग्रवालले १७ हजार २६२ साइकल किन्न ११ करोड १० लाख २९ हजार १८४ रुपैयाँको ठेक्का हात पारेका थिए । सरावगी र राउत एउटै पार्टिबाट निर्वाचित भएकाले संस्थागत रुपमा भ्रष्टाचार गर्न सकेको कतिपयको बुझाई छ ।
मुख्यमन्त्री राउतले गरेको भ्रष्टाचार पर्दाफास हुने डरले अनुशन्धान नै ढाकछोप गर्न अख्तियार बिरुद्ध जसपाले आन्दोलन सुरु गरेको छ ।शनिवार मसाल जुलुस निकालेका जसपाले आज विभिन्न नारा लगाउदै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अख्तयार मुर्दावाद, संघियता मास्न पाइदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा शान हुन्, अख्तियार गो व्याक लगायतका नारा सहित प्रदर्शन गरेका थिए ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)