काठमाडौं– सांसदको संख्याको आधारमा मन्त्रालय भागबण्डा गरिनुपर्ने बिषयमा नेपाली कांग्रेस र माओवादी केन्द्र सहमत भएपछि सत्तारुढ गठबन्धनमा फुटको संकेत देखिएको छ ।
चारदलिय गठबन्धको सरकार गठन भएको ८० दिन पुगिसक्दा समेत मन्त्रिमण्डल बिस्तार नभएपछि आज गठबन्धन कार्यदलको छलफल शुरु भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदल बैठकले मन्त्रालयको भागबण्डा मिलाउन बिषयगत मन्त्रालयहरुको बाडफांड लगायतको कुरामा छलफल चलेपनि सहमति हुन सकेन ।
यसअघि संख्यागतरुपमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति भएको थियो । तर आज काँग्रेस र माओवादीले पार्टीका सांसद संख्याको आधारमा मन्त्रालयको संख्या तय गर्नुपर्ने तर्क अगाडि सारेपछि गठबन्धनबिचको टकरार शुरु भएको हो ।
नेकपा एकीकृत समाजवादी र जसपालाई समान संख्यामा मन्त्रालय दिन नसकिने काँग्रेस र माओवादीले एक स्वरमै भनेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।
प्रतिनिधिसभामा काँग्रेसका– ६१ ९दुई निलम्बित०, माओवादीका–४८, एकीकृत समाजवादीका–२२ र जसपाका–२० जना सांसद छन् ।
कांग्रेस–माओवादीले, कांग्रेसलाई ८, माओवादीलाई ७, एकीकृत समाजवादी र जसपालाई ५–५ मन्त्रालय हुने गरी भागबण्डा मिलाउनुपर्ने अडान राखेको छ ।
एकीकृत समाजवादी र जसपा भन्ने त्यसलाई मान्न तयार नभएको जसपाका एक नेताले बताएका छन् । वर्तमान सरकार बनाउने कुरामा चारै दल निर्णायक भएकाले मन्त्रालयको भागबण्डा पनि समान ढंगको हुनुपर्ने उनीहरुको माग छ ।
आजै पुनः कार्यदलको बैठक बस्ने र थप छलफल गरिने समेत ति नेताले जनाए । मन्त्रालय भागवण्डाका लागि मन्त्रालयहरुको कार्य अनुसारको बिभाजन समेत गरिएको छ । सबैलाई सबै क्षेत्रमा काम दिनुपर्ने भावले मन्त्रालयहरुको बिभाजन गरिएको हो । तिन समुहमा बिभाजन गरिएको मन्त्रालयहरुको पहिलो समुहमा शक्तिशालि मन्त्रालयहरुलाई राखिएको छ ।
पहिलो समुहमा गृह, अर्थ, रक्षा, परराष्ट्र, संघीय मामिला र सञ्चार गरी ६ वटा मन्त्रालयलाई राखिएको छ । दोश्रो समुहमा विकाशे मन्त्रालयहरु राखिएका छन, जसमा भौतिक, उद्योग, शहरी विकास, वन, उर्जा, पर्यटन, खानेपानी र कृषि मन्त्रालय छन ।
तेश्रो समुहमा सेवा सम्बन्धि मन्त्रालय राखिएका छन् । जसमा शिक्षा, स्वास्थ्य, श्रम, भूमिसुधार, खेलकुद, महिला तथा बालबालिका गरी ६ वटा मन्त्रालयलाई सेवाका रुपमा राखिएको छ ।

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)