कोरोनाको प्रकोप न्यूनिकरण हुँदै गएपछि लामो समय सुस्त रहेको आयात निर्यात सल्बलाउन थालेको छ । सुस्त रहेको अर्थतन्त्र मध्येको आयात निर्यातको पछिल्लो तथ्याँकले यस्तो पुष्टि गरेको हो ।
आयात निर्यातको देशकै मुख्य भार थेगेको वीरगंज भन्सार कार्यालयको पछिल्लो आयात निर्यातको तथ्याँक र मालबस्तु बढि आउँदा संकलन भएको राजश्वले पनि यो कुराको पुष्टि गरेको छ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौं महिनामा भन्सार विभागले दिएको लक्ष्भन्दा १३ प्रतिशत बढि राजश्व संकलनमा प्रगति गर्नु पनि यसैको उदाहरण हो ।
भन्सार विभागले भदौंका लागि १५ अर्ब ७० करोड ९४ लाख ३४ हजार राजश्व उठाउन लक्ष्य दिएकोमा वीरगंज भन्सारले १७ अर्ब ७० करोड ५७ लाख ४६ हजार असुली गरेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए । यो लक्ष्यभन्दा २ अर्ब बढि राजश्व संकलन भएको उनको भनाइ छ । कोनोको बेला नेपाल भारत ओहोर दोहोर गर्ने यात्रुहरु त्रसित अवस्थामा थिए । उतिबेला खासै ओहोर दोहोर थिएन । अहिले मन्त्री परिषद्को नयाँ निर्णय अनुसार नाका खोल्ने प्रावधान बने अनुसार केही समान्य हुँदै गएको उनको तर्क छ । गएको बैशाख, जेठमा व्यापारमा परेको प्रभाव अहिले घट्दै गएपछि व्यापार व्यवसाय पनि फष्टाएको उनले बताए । मानिसको आवत जावत बढ्दै गएपछि बजार चलायमान भएर मालसमानको आयातमा पनि बढोत्तरी भएको वीरगन्ज भन्सारले जनाएको छ ।
आयातित मालबस्तुमा पनि खासगरी कपडा, मसाला, सवारी साधन, गाडीहरुको आयात बढेको सूचना अधिकारी गुप्ताले बताए । अहिले राजमार्गमा पनि गाडीहरु चल्ने बढेकोले इन्धनको मांग र आयात पनि बढेको उनको भनाइ छ । आईटी बेस सिस्टम र आशिकुँणा एप्सबाट कार्यसम्पादन गरिरहँदा नियम कानुनको पालना केही अफठ्यारो भयो भने हामी आफैमा छलफल गरेर वा माथिल्लो निकायसंग समन्वय गरेर सामाधान गर्ने गरेको उनको तर्क छ । बिना कागज कम्पयुटर बेसबाटै काम गर्न अनलाइन सिस्टमलाई व्यवहारमा लागु गरिएको सूचना अधिकारी गुप्ताले बताए ।
यता भन्सारको विभिन्न जिम्मेवारीमा रही अवैध लाभ लिन जान्ने पुराना अनुभवी केही कर्मचारीहरुको अनुभव वर्तमान टिममा पनि जोडिएको बाहिरी हल्ला छ । सूचना अधिकारी गुप्ताले पनि कामको सिलसिलामा अनुभवी टिम भएको स्वीकार गर्नुले बाहिरी हल्लालाई पनि बल मिलेको छ । यो भन्सारमा ठूलो कारोबार हुने भए पनि त्यति धेरै अप्ठ्यारो नआउनुमा अनुभवी टिमकै उपलब्धी भएको उनको तर्क छ ।
भन्सारका कर्मचारी, भन्सार एजेन्ट र व्यापारीको त्रिपक्षीय तालमेल नमिल्दा भने समय–समयमा खटपट हुने गरेको छ । त्यो खटपटले प्रहरीसम्म सूचना पुग्दा भन्सारबाट छुटेका ट्रकमा भन्सार प्रज्ञापन पत्रभन्दा बढिका सामान फेला पर्नु र अर्को सामान फेला पर्नुले पनि सुटुक्क हुने कामको पर्दाफास गरेको छ ।
त्यसता काममा प्रहरीले आफ्नो कामको जश पाउने गरेको तथ्य पनि दर्ज छ । तर एजेन्ट, कर्मचारी र व्यापारीको मेल भएका आयात निर्यातका अवैध बस्तु भने गन्तव्यमा पुग्ने गरेको भन्सारमा दुई दशक लामो अनुभव सम्हालेका एक पुराना कर्मचारीले खुलासा गरे । उनले नाम भने खुलाउन चाहेनन् । व्यापारीको मध्यस्तकर्ता एजेन्ट नै हुन्छ । तर एजेन्ट र व्यापारीका बीच वा एजेन्ट र कर्मचारीका बीच खटपट नभए प्रहरी त के कसैले सूईंको पनि पाउँदैन उनले भने । भन्सार भित्रैबाट अवैध कारोवार गर्नेमा बाहिर स्तरीय व्यापारी भनी कहलिएका र भन्सारका पनि उच्च पदस्थको दरिलो सेटिङ्गमा काम फत्ते हुने दुई दशक यहि भन्सारमा काम गरेर अवकाश लिएका कर्मचारीको तर्क छ ।
भन्सार कर्मचारी, एजेन्ट र व्यापारीको घनिष्ठ सम्बन्धले भन्सार छल्ने प्रवितिमा पनि यल्लो र ग्रीन सिंग्नल भित्र लुसुक्क छिर्ने उनले खुलासा गरे । एक÷दुई वटा केश त्यस्तो नहुने भन्ने नभएको भन्सारका सूचना अधिकारी गुप्ताले खुलासा गर्नुले पनि यो कुरामा रहस्य हुने खुलेको छ । त्यस्तो गरेको भेटे हदैसम्म कार्वाही हुन्छ उनले दावी त गरे । तर विश्वासको भरमा यल्लो र ग्रीन सिंग्नलमा काम गर्नु पर्ने शैलीले मालसमान मगाउने र मालबस्तु दिनेको बीचको इमान्दारीतामा यो भर पर्ने हुन्छ ।
व्यवहारिक रुपमा त्यस्ता लोडेड गाडी खोल्न भन्सार कर्मचारीलाई कठिनाई हुन्छ । नियत खराब भएर एउटा सामान, हाली अर्काे बिल पठाए एउटा अफिसर पाँच छ घण्टामा १०० वटा ट्रक पास गर्नु पर्ने अवस्थामा सबै खोलेर चेक गर्न सम्भव नहुने सूचना अधिकारी गुप्ताले पनि स्वीकारे । विश्वाश कै भरमा काम गर्नु पर्छ उनले भने । रेड सिग्नलवालामा भने गाडीबाट सामान खोलेरै भन्सार पास गरिदिने गरेको पनि भन्सार अधिकृत समेत रहेका सूचना अधिकारी गुप्ताले दावी गरे ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)