कोरोना महामारीको क्षतिभन्दा कम क्षति नेपाली सामु विपत्का घटनामा पनि छैन । तर जनताका करमा घर चलाउनेहरुले यो कुरामा कहिले ध्यान दिएको पाइदैन । गएका पाँच महिनामा पनि मुलुकभर विभिन्न प्राकृतिक विपद्का १ हजार ८ सय ७५ घटना भएका छन् । ती घटनामा मानवीय क्षतिमात्र २ सय ६५ भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले ०७८ वैशाख १ गतेदेखि असोज १४ गतेसम्म दर्ज गरेका ती घटनामा १ सय २२ वटा त बाढीका मात्र छन् । अविरल वर्षाले ३ सय १९ पटक क्षति गरेको छ । त्यसै गरी १ सय ७१ घटना चट्याङका छन् । २० भन्दा बढीका त सर्पदंशका छन् । देशभर ५ महिनामा ७ सय ४० वटा आगलागी भएका छन् । डढेलो का ६२, हावाहुरी ३४ लगायतका छन् । ती घटनामा ४१ जना त अझै बेपत्ता छन् । ५ सय १९ जना अझै ती घटनाका घाइते उपचारार्थ छन् ।
यति हुँदा पनि नेपाली शासक, राज्यका जिम्मेवार निकायका जिम्मेवार व्यक्तिको मथिंगलमा ती दर्दनाक विपत्का घटनाले ठूङ्ग मार्न नसक्नु विडम्बना हो । विपत् न्यूनिकरणका उपाय अपनाउन नसकिने पनि होइन । हरेक बर्ष उस्तै घटनामा मानवीय र भौतिक क्षतिमा नागरिक छटपटिंदा स्वार्थका पिपासुहरुले आफ्नो शैली फेरेका छैनन् । यस्ता थोत्रो सोच, शैली र स्वार्थका पाखण्डीहरुलाई व्यवस्था बद्लिएर खासै फरक परेको छैन । तरेली परेर समस्या उस्तै र जोखिम कम भई जीवनले कोल्टे फेर्छ कि भन्ने जनताको अपेक्षा उस्तै छ । तर केही गर्न चाहनेलाई पनि ठग र स्वार्थीहरुको हर्कतमा ज्वारभाटा आउँने ठानी स्वार्थीहरुको झुण्ड नै तयार गरेर अगाडी बढ्नु धिकार छ । यसको अतिरिक्त विदेशी चाटुकारहरुले सत्ताको परिवर्तनलाई मात्र आफ्नो मुल मन्त्र ठानी केही नगर्नु घोर आपत्ती छ । गुणस्तरहीन सडकको कारण, क्षयिकरणको कारण, बाडी र पहिरोको कारण अनि आगलागी र डुवानका कारण हरेक वर्ष विपत्को सामना गर्न बाध्य नागरिकले अब माफ गर्ने अवस्था छैन ।
जनताको हितका लागि राजनीतिक दल र राजनीतिकर्मीले सही कदम चाल्ने हो भने नेपाली जनता जस्तो सभ्य र शालिन जनताले राजनीतिकर्मीको ओज निकै माथि पु¥याउने थिए । उनीहरुले राजनीतिकर्मी र राज्यको उपल्लो निकायमा रहनेलाई निकै सम्मान गर्थे । तर उनीहरुको स्वार्थ लिप्सा र गलत रवैयाको कारण अब जनताले स्थायी सत्ता संचालक र अस्थायी सत्ता संचालक प्रति घृणाको दृष्टिले हेरिरहेका छन् । यस्तै गलत रवैयाका कारण नेपाली जनताले हरेक राजनीतिक दल र राजनीतिकर्मीलाई छुद्रभाषाबाट कटाक्ष गर्न पनि पछि परेका छैनन् ।
जनताको माया र सम्मान पाउनका लागि त जनमुखी काम गर्न दीर्घकालिन कार्य सम्पादन अगाडी बढाउन अब विलम्ब गर्नु हुन्न । सत्ताको आडमा धेरै हर्कत भइरहे नेपाली जनताले अब टुलुटुलु हेर्नेवाला छैनन् । पीडा भोग्न बाध्य जनताले आफैले परिवर्तन गरी सत्तामा सयर गराएका दल र तीनका नेताहरुलाई सत्ता बाहिर पु¥याउन पनि बेर लाग्दैन । त्यसैले यो कुराको हेक्का राखी जिम्मेवार व्यक्ति, दल र निकायले हरेक बर्ष आउने विपत्को न्यूनिकरणका लागि ठोस नीति र योजना साथ कार्य सम्पादनमा खरो उत्रिन ढिलो गर्नु हुन्न ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)