प्रहरी स्कुल रौतहटमा कार्यरत शिक्षक उदास कुमार पाण्डेलाई स्थायी नियुक्तिका लागि पटक–पटक परीक्षा दिनु परेको छ । तीन पटक परीक्षा दिंदा पनि लिखितमा नाम लिकाल्दै आएका पाण्डे मौखिकमा गुल्ट्याईदै र रोकिदै आएका छन् । कारण बनेको पास गराउनेलाई खुस नदिएको । सोही स्कूलमा करारदेखि कार्यरत पाण्डे अस्थायी, स्थायीका लागि पनि लड्दै आएका छन् ।
पाकहामैनपुर गाऊँपलिका वडा नम्बर २ मानिपुर पर्साका पाण्डेले २०७४ वैशाख २२ गते प्रहरी स्कुल रौतहटको प्रावि तहका लागी कक्षा अवलोकन र मौखिक परिक्षा दिएर अस्थाई रुपमा नियुक्त लिएका हुन् । अध्यापन राम्रो भएका कारण स्कुलले सोही वर्षको फागुनमा अपग्रेड गरेर निमावि तहको कक्षा ८ को अंग्रेजी विषयको शिक्षक पनि उनै पाण्डेलाई नियुक्त गरेको खुलेको छ । सोही महिनामा होस्टल ‘ए’ ब्लकको जिम्मेवारी पनि पाण्डेलाई नै तोकेको पाण्डेले पनि बताए ।
२०७५ सालको भदौमा अस्थाई पदको लागी पुलिस स्कुलले स्थानीय पत्रिकामा विज्ञापन गरी समाजिक विषयको निमावि तहका लागी भर्ना अहवान ग¥यो । उक्त भर्ना अह्वानमा लिखित, मौखिक र कक्षा अवलोकनमा समेत पाण्डे नै सफल भएका थिए । संघीय प्रहरी कार्यालय जनकपुरबाट प्रहरी नायब उपरिक्षक छेदिलाल कान्ती, विद्यालय समावेशक पुरुषोतम कार्की र प्राचार्य टिकाराम भट्टराईको टोलीले पाण्डेलाई अन्तिममा नियुक्त दिएको तथ्य छ । त्यसको दुई वर्षपछि अर्थात २०७७ साल फागुन १ गते फेरि प्रहरी स्कुल रौतहटकै लागि निमावि र प्राविको समाजिक विषयका लागी एक/एक जना स्थायी शिक्षक र निमावि अंग्रेजीको लागी १ जना अस्थाई गरी ३ जना शिक्षकका लागी कान्तिपुर दैनिकमा विज्ञापन प्रकाशित गरी शिक्षक माग गरेको थियो ।
त्यस विज्ञापनमा समेत उदास कुमार पाण्डेले निमावि तहको समाजिक विषयको स्थायी शिक्षकमा आफ्नो नाम लिखितमा निकालेका रहेछन् । पदपुर्ति समितिमा सो समयमा संघिय प्रहरी कार्यालय जनकपुरबाट प्रहरी नायब उपरिक्षक छेदिलाल कान्ती र पुलिस स्कुलका प्राचार्य टिकाराम भट्टराई नै आएको भेटिएको छ । विद्यालय समादेशकका रुपमा भने सुभेष अधिकारी, माध्यमिक विद्यालयका शिक्षक गोपाल शर्मा पौडेल र ठाकुराम बहुमुखी क्यापसको सो विषय विज्ञ सहितको टोलीले शिक्षक पाण्डेको परिक्षा लिएका रहेछन् । लिखित परिक्षामा पास भएपछि सोहि दिन तीनै जनाको मौखिक परिक्षा हुने थियो । तर शिक्षक पाण्डेको भने प्राचार्य टिकाराम भट्टराईले त्यो दिन मौखिक परिक्षा लिन आलटाल गरेछन् । तथापि सोही स्कूलमा अस्थायी शिक्षक भएको कारण पाण्डे विद्यालयमा निरन्तर उपस्थित रहेछन् । पटक पटक आग्रह गर्दा बुझ्दा प्राचार्य भट्टराईले मौखिक परिक्षाका लागी आलटाल गर्दै अन्तिममा केही खर्चबर्च भनी अवैध लाभको डिमाण्ड गरेको शिक्षक पाण्डेले खुलासा गरे ।
सीसि क्यामराको निगरानीमा भएको लिखित परिक्षापछि मौखिकका लागि आलटाल गर्दै १६ दिन कटाएर चैतमा पदपुर्ति समितिका लागी संघिय प्रहरी कार्यालय जनकपुरबाट प्रहरी नायब उपरिक्षक छेदिलाल कान्ती, पुलिस स्कुलका प्रचार्य टिकाराम भट्टराई, विद्यालय समादेशकका रुपमा सुभेष अधिकारी, माध्यमिक विद्यालयका शिक्षक गोपाल शर्मा पौडेल, ठाकुराम बहुमुखि क्यापसका विषय विज्ञ र पदपुर्ति समति विपरित विद्यालय जग्गादाताका छोरा दिलिप गुप्ता समेतले मौखिक परिक्षा लिए । ‘सो दिन साँझ मौखिक रुपमा प्राचार्य टिकाराम भट्टराईले तपाई पास हुनु हुन्छ । ढुक्क हुनुस् तपाई बाहेक कसैको हुदैन’ भनेर जानकारी गराए शिक्षक पाण्डेले भने ।
दिन वित्दै जादाँ प्राचार्य टिकाराम भट्टराईले आफ्नो क्वाटरमा बोलाएर पुनः घुसको डिमाण्ड गरे शिक्षक पाण्डेले मलिन अनुहार लगाउँदै भने । पैसा नभएको कुरा पटक–पटक अवगत गराएपछि प्रचार्य भट्टराईले उनकै श्रीमति गायत्रीको एनएमबी बैक निजगढ शाखामा रहेको खाता नम्बर ०८९००३०००२१५६७०००००२ मा महिनामा २१/२१ हजार गरेर जम्मा गर्न नेपाल प्रहरीकै स्कुलको सियुजी मोबाइल नम्बर ९८५१२२८९९० बाट शिक्षक पाण्डेको ९८४५२३२९५५ नम्बरमा गरेको म्यासेज भने सुरक्षित रहेको भेटिएको छ । सो म्यासेजको एक हप्ता वितिसक्दा पनि रकम जम्मा नगरेपछि प्रचार्य भट्टराईले मौखिक परिक्षामा फेल भएको मौखिक रुपमा जानकारी गराएको विस्तृतमा शिक्षक पाण्डेले खुलासा गरे ।
यता संघिय प्रहरी एकाई जनकपुर र गृह मन्त्रालयमा शिक्षक पाण्डेले अन्तवार्ताको क्रममा विभेद र पूर्वाग्रह राखेर फेल गराएको भन्दै छानविन गर्न उजुरी पनि दिएको भेटिएको छ । उजुरी पश्चात प्रहरी नायब उपरिक्षक रवि रावलको कमाण्डमा प्रहरी निरिक्षक राजाराम केशरी, प्रहरी नायब निरिक्षक प्रकाश महतो सहितको टोलिले छानविन गरेको खुलेको छ । छानविन टोलीले घुस मागेको र पदपुर्ति समिति बाहेका व्यक्ति राखेर परिक्षा लिएको पुनःमौखिक अन्तवार्ता गर्न जिल्ला प्रशासन कार्यलयको १९३९ नम्बरको चलानी नम्बरद्वारा राय सुझाव सहित गृह मन्त्रालयको गुनासो व्यवस्थापकमा पठाएको पनि भेटिएको छ ।
छानविनको राय सुझाव अध्ययन गरी गृह मन्त्रालयको ५३४ नम्बरको पत्र मार्फत संघिय प्रहरी एकाई जनकपुर र प्रहरी प्रदेश कार्यालय प्रदेश नम्बर २ जनकपुरलाई शिक्षक उदास कुमार पाण्डेको पुनः अन्तवार्ता गर्ने र पदपूर्ति समितिमा बसेकालाई कार्वाही गर्ने अनि सो को जानकारी गृह मन्त्रालयमा पठाउन पनि भनेको छ । त्यस लगतै प्रहरी स्कुल रौतहटले साउन ७ गते छुट्टिका दिन ईमेल मार्फत प्राचार्य टिकाराम भट्टराईले म्याद नथप्ने भन्दै जागिरबाट निकाला गरेको जनाएका छन् ।
जागिरबाट निकाला गरेको ईमेल पाएपछि शिक्षक पाण्डेले उजुरी माथि कार्वाही गर्न संघिय प्रहरी प्रमुख उमाशंकर पंजियारलाई आग्रह गरेको बताए । त्यहाँबाट पनि आफूले राहत नपाएपछि थप छानविनका तथा कार्वाहीका लागी प्रहरी प्रधान कार्यालयको उजुरी छानविनमा निवेदन दिएर प्रहरी प्रवक्ता बसन्त कुँवरलाई समेत न्यायका लागि पहल गरिदिन आग्रह गरेको पाण्डेको भनाइ छ । गएको भदौ अन्तिम साता प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २ का प्रहरी नायब महानिरिक्षक उमेश रञ्जितकारलाई भेटेर सबै कुरा पनि अवगत गराएको पाण्डेको भनाइ छ । उल्टै रञ्जितकारले प्रहरी प्रधान कार्यालयमा दिएको उजुरीबारे छानविन हुने जो दोषी छ उसलाई कार्वाही हुन्छ तपाईको हकमा केही थाहा छैन भनी हप्काएर पठाएको खुलेको छ ।
अलि हेलमेल भएका पूर्व प्रहरी अधिकृत मार्फत विस्तृत कुरा गर्न प्रहरी नायब महानिरिक्षक उमेश रञ्जितकारसँग आग्रह गरेको शिक्षक पाण्डेले बताए । उनले पनि रञ्जितकारको निकटको मानिस सुशिला थापा दहाल भन्ने महिलाको मोबाइल नम्बर ९८४२१२००९९ बाट प्रहरी नायब महानिरिक्षक उमेश रञ्जितकार मेरै मान्छे हो, तपाईको नियुक्त भइहाल्छ भनेर आश्वासन दिएको खुलासा गर।े । ती महिलाले पनि फोन गरेर प्रहरी नायब महानिरिक्षकसंग विस्तृत कुरा गरेर आफुलाई जानकारी गराइरहेकी भनेकी थिइन् । उनको पनि भनाइ ६ लाख रुपैयाको डिमाण्ड पछि मात्र काम हुने थियो । उनले यो कुरा गएको भदौ २८ गते ९ बजेर १२ मिनेटमा गरेकी थिइन् ।
अडियो रेकर्डमा महिलाले डिआइजी रञ्जितकार, प्रचार्य भट्टराई र अन्य एकजना व्यक्तिलाई समेत मिलाए मात्रै जागिर हुने भनेर ६ लाखको डिमाण्ड गरेको आवाज भेटिएको छ । एक शिक्षकका लागी यत्रो हुर्मत लिनु पर्ने कारण भने केवल घुस वाहेक अरु नभएको खुलेको छ । न्यायका लागि विभिन्न सम्बन्धित पक्षलाई गुहार गरेपछि आफू माथि सुरक्षा थ्रेट बढेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएको पनि पत्र भेटिएको छ । प्रदेश २ का प्रहरी प्रमुख डिआइजी रञ्जितकारसँग काम गराइदिन्छु भन्ने महिला सुशिला थापा दहाल भने डिआइजी कार्यालयबाट पक्राउ परेकी छन् । डिआइजीको नाममा विभिन्न व्यक्तिलाई बार्गेनिग गर्ने गरेको भनेर उनी पक्राउ परेकी हुन् ।
यो शिक्षक नियुक्ति लगायतको बिषयमा प्रदेश प्रमुख कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरिक्षक कृष्ण प्रसाईले विज्ञप्ती नै सार्वजनिक गरी डिआइजी रञ्जितकारलाई बद्नाम गर्न खोजेको भनी बद्नाम गर्ने महिलालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताएका छन् । शिक्षक नियुक्तिको बिषयमा भने डिआइजी रञ्जितकारले यहाँबाट केही गर्न नसकिने बताएका छन् । त्यसै गरी खाता नम्बर नै दिएर रकम माग गर्ने टिकाराम भट्टराईले पनि यो कुरा लाञ्छना लगाइएको र झुटो रहेको दावी गरेका छन् ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)