गाउँ–समाजमा घटेका र दविएका अनेक घटनाको सत्य–तथ्य जानकारी संचार माध्यमबाट समाज सामु पु¥याउनु नै सामान्य अर्थमा पत्रकारीता हो । आजसम्म आम जनमानसले यसरी नै बुझ्दै आएका पनि छन् । विज्ञान र प्रविधिको वर्तमानलाई अझ बदलिँदो युगका रुपमा हेर्न थालिएको छ । समयको माग अनि प्रतिष्पर्धात्मक परिवेशले अत्यन्तै छिटो फड्का मार्दै गरेको यो युगमा पत्रकारीतामा पनि निकै आयाम थपिएका छन् । आजको विज्ञान प्रविधिको युगमा विश्वभरी घटित घटनाक्रमलाई सेकेण्ड भरमै विश्वका कुना कुनामा पुर्याउन शसक्त भुमिका संचार माध्यमले नै खेलिरहेका छन् । यसको नराम्रो वा राम्रो श्रेय चौथो अंगको रुपमा रहेको संचार जगतलाई नै दिने गरिएको छ । हुन पनि यो महत्त्वपूर्ण अंग कत्तिको चलायमान छ ? अर्थात उत्कृष्ट छ कि छैन ? भनी संचार गर्ने सबैलाई चौथो अंग भनिने चलन बढेकै छ । संजालमा फैलिएको संचारको पनि दोष त्यसैले प्रत्यक्ष संचारकर्ममा लाग्नेले नै पाउने अर्को कारण पनि त्यहि हो । नागरिकको बुझाई र चासो पनि यता तर्फ नै बढि झुकेको देखिन्छ ।
सूचना तथा संचारसँग जोडिएको पत्रकारीता शब्द आजको युगमा नयाँ शब्द त्यसैले पनि रहेन । तर यो शब्दसँग जोडिएको कार्य कहाँ र कस्तो रुपमा नयाँ अनि सत्य तथ्य आँउला ? यो भने सबैको खोजी अनि चासोको बिषय बनेको छ । नेपालको इतिहासमा पत्रकारीताको कुरा गर्ने हो भने यस्को इतिहास १ सय २१ बर्ष भइसकेको छ । नेपालको पहिलो पत्रिका अहिलेसम्म पनि उत्तिकै जवानको रुपमा गोरखापत्रका रुपमा हाम्रो सामु विद्यमान छ । पत्रकारीताको स्वरुप पनि विभिन्न समय अनुसार फरक फरक अभ्यासमा मुल मर्म अनि लक्ष्य सहित रहेकै छ । संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिहँदा अनेकौ परिस्थितिसँग पत्रकारीता क्षेत्रले नै सामना गरिरहेको छ । लामो समयको अभ्यासबाट भनौ अथवा आन्दोलन पश्चात नेपालको संविधानले परिकल्पना गरे अनुरुपको शासन व्यवस्थामा संचालित भइैरहनु सुखद पक्ष हो । नेपालको संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रलाई आत्मसाथ गरी राज्यको चौथो अंगको रुपमा परिष्कृत गरेको छ । यो चौथो अंगलाई मर्यादित, स्वतन्त्र, उत्तरदायित्व अनि जवाफदेही बनाउन कत्तिको कार्यान्वयन पक्ष खरो उत्रिदै छ ? चासोको बिषय अब यो हुनु पर्छ ।
स्वतन्त्र मर्यादित पत्रकारिता
विचार अनि स्वतन्त्रतासँगै नागरिक प्रति जनउत्तरदायी र न्याय गर्न विश्वाश रहेको पत्रकारिता पेशाले पत्रकारीता कम र व्यावसायिकीरण बढी गरेको भन्न्ो चर्चा बेला बेलामा उठ्ने गरेको छ । पत्रकारीता गरिरहनेहरुले समाज अनि नागरिकको दायित्व र कर्तव्यसँगै थोरै अर्को व्यावसायिकता मिसाइदिंदा बेला–बेला आलोचना पनि खेप्नु परेको देखिन्छ । के साच्चिकै पत्रकारितालाई पेशा कम अन्य व्यावसायमा बढि मोहले छुन थालेको त होइन । यो संचारकर्मीहरुको हकमा अत्याधिक चासोको बिषय बन्नु पर्छ । पत्रकारिता जस्तो संवेदनशील अनि गम्भिर विषयमा कसैले कसैलाई आरोप लगाउने कारण के हो ? सत्य तथ्यको खोज हुन पर्दछ । इमान्दारीपुर्वक सत्य अनि निष्ठाको पत्रकारिता गर्नैहरुलाई पत्रकारिताको नाउँमा व्यावसाय गर्ने प्रयास यदि कसैले गर्छ भने यो आम संचारको खोजको बिषय बन्नु पर्दछ ।
निश्पक्षरुपमा पत्रकारीता गर्ने खोजी अनि सत्य तथ्य लेखन कार्यको लागि पेशागत अनि स्वत्रन्त्र पत्रकारीता हुनु पर्दछ । तर कतिपयले पत्रकारिताका आडमा उद्योग व्यापार गरी खाटी पत्रकारीता गर्नेहरुको इमानमा अर्को धक्का पनि दिइरहेका छन् । यसले स्वतन्त्र अनि निष्पक्ष परिकारीतामा प्रश्न चिन्ह खडा गरिदिन्छ । नेपाली आम संचार माध्यममा समाजका सबै जसो विविधतालाई मुखरित गर्न ठूला मझौला अनि साना माध्यमलाई सन्तुलित विकाशको व्यावस्था गर्न संचार नीतिलाई सबै स्थानमा लागु हुन आवश्यक छ । स्वतन्त्र ढंगले लेख्न, बोल्न कहि कतैबाट दवावरहित बनेर मर्यादित बनाउन आफ्नो–आफ्नो ठाँउबाट असल भूमिका खेल्न जरुरी छ ।
समाजमा घटित घटनाक्रमहरुको समाचार कसरी बन्छ ? वा बनाइन्छ ? भन्ने कुराले ठूलो अर्थ राख्छ । समाचारका शिर्षकले विषय वस्तुलाई कसरी उठान गर्ने र विषय वस्तुलाई कसरी पस्कने भन्ने कुरामा संचारकर्मीहरु जवाफदेही बन्न सक्नु पर्छ । नागरिकका समस्यालाई सम्बन्धित निकायमा पु¥याउनमा सबैभन्दा महत्वपूर्ण भूमिका भनेको संचारकर्मीकै भएको हुनाले यस्ता समाचार अनि दवाव प्रतिको उत्तरदायित्व पनि संचारकर्मीकै हुन्छ । सत्य एव्म तथ्य समाचार सम्बन्धित व्यक्ति, समाज, संस्था जो कसैको गम्भिरताको बिषय त छदैछ । नागरिकहरुले पनि सत्य तथ्य समाचार पढ्न पाउनु नागरिकको अधिकार पनि भएको हुनाले यस्ता कुरामा संचारकर्मीलाई चुक्न छुट हुन्न ।
भ्रमपूर्ण एवं कपिपेष्टको वृक्रिति
पत्रकारीताको पाटोलाई नियाल्ने हो भने नेपाली पत्रकारिताले केहि बर्षमा संख्यात्मकरुपमा फड्को मारेको छ । यो सकारात्मक कुरा हो । तर अन्य क्षेत्र झै यो क्षेत्रमा पनि संख्यात्मकभन्दा गुणात्मक विकाश नभइदिनु अझ चासोको बिषय हो । गुणात्मक समाचार लेखनको लागि समाचारका श्रोत खुल्न अनि खुलाउन, सत्य एवंम् तथ्यसगै खोज पत्रकारिता हुन सकेन भने संख्यात्मक वृद्घिले खासै अर्थ नराख्ने देखिन्छ । दक्षता, क्षमता, खोजमुलक समाचार, समाचारको श्रोत अनि सहि तथ्याँकरुपी समाचार जबसम्म बन्न सक्दैन, तबसम्म संचारले सही दिशा दिन सक्दैन । हिजोआज अनलाइनमा आउने गरेका भ्रमात्मक समाचारका कारण खोजमुलक समाचार ओझेलमा परेका छन् । उसो त पत्रकारीता तर्फ बौद्धिक चोरी सामान्य कुरा हो । तर सामान्य कुरा नै आज पत्रकारिता क्षेत्रमा विकराल रुप लिँदै गरेको तथ्यलाई पनि अनदेखा गर्न मिल्दैन । अनलाईनमा आएका श्रोत विनाको फेक समाचारले प्रतिष्ठित पेशालाई पनि ओझेलमा पार्न दवाद सृजना गरेको छ । यो युक्तिसंगत छैन ।
पत्रकारितामा राजनीति दम्भ
राज्यले पत्रकारीताको क्षेत्रलाई हेर्ने, बुझ्ने कुरामा राजनीतिक कारण गर्न हुदैन । ठूला ठूला घटनाक्रमलाई राजनीतिको आढमा ढाकछोप गर्ने प्रविति वास्तवमा राम्रो होइन । धाक धम्की, र ठूलाबडाको पहुँचका कारण कतिपय संवेदनशील घटनाहरु घटनास्थलमै दबिएर रहेका छन् । यसो गर्नाले समाजसामु पुग्नु पर्ने कुरा दब्नु राम्रो संकेत होइन । गलतलाई गलत र सहिलाई सहीलाई भनेर छापिएका समाचारले मात्र समाजमा सहि सूचना प्रवाह भएको ठहर्छ । पत्रकारिता पेशामा लागेकाहरुलाई उसको स्वतन्त्र हक अनि अधिकारमाथि अंकुश लगाउने कार्य कहि कतैबाट हुनु हुदैँन । त्यसैले पत्रकारीताको क्षेत्रमा राजनीति प्रवेश हुनु पनि राम्रो कुरा होइन ।
पत्रकारीता जस्तो संवेदनशिल बिषयलाई राज्यको आँखाले नजिकबाट नियाल्नु पर्छ । पत्रकारीतालाई मर्यादित बनाउन समय अनुसार प्राविधि मैन्त्री बनाउन आवश्यक छ । वर्तमान युगमा लेखेर वा बोलेरभन्दा पनि घटनाको सही भिडियो वा रेर्कडिङ्ग जस्ता सामाग्रीको प्रयोग हुन सके समाचार अझ विश्वसनीय पनि हुन सक्छन । पत्रकारीता जस्तो गहन पेशालाई गुणात्मक र विश्वसनीय बनाउन समाजले पनि सकारात्मक भूमिकामा आफूलाई उभ्याउन चुक्नु हुन्न ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)