मानिसको आवागमन बढि हुने बजार क्षेत्र र दूर्घटना हुने ठाउँमा त्यसको न्यूनिकरणका लागी राज्यले सुरक्षाकर्मीलाई नै परिचालन गरेको छ । बोलचालको भाषामा त्यो निकायका सुरक्षाकर्मीलाई ट्राफिक प्रहरी भन्ने चलन छ । पर्सामा पनि मुलुकको प्रमुख आर्थिक नगरी र जिल्लाको सदरमुकाम रहेको वीरगन्जमा मानिसको आवागमनमात्र नभई भीड समेत हुने गरेको छ । यसैको लागि जिल्ला ट्राफिक कार्यालय नै स्थापना गरी यहाँ पनि सवारी दूर्घटना र भीड नियन्त्रण गर्ने गरिएको छ । पछिल्लो समयमा बजार क्षेत्रमा मात्रै नभई ग्रामिण भेगका पनि ठाउँ ठाउँमा भिडभाड बढ्न थालेको छ । यस्तो समयमा ट्राफिक व्यवस्थापन र दूर्घटना न्यूनिकरणमा पर्साको ट्राफिक कार्यालयले कस्तो व्यवस्थापन गर्दैछ ? अझ नेपालीहरुको महान् चाडपर्व नजिकिदै गरेको समयमा पर्सा ट्राफिक कसरी अगाडी बढिरहेको भन्ने सवालमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुमन कार्कीसँग गरिएको बिशेष कुराकानी :-
१) चार्डपर्वको बेला वीरगंजको ट्राफिक व्यवस्थापन व्यवस्थित बनाउने उपाय के खोजिदैछ ?
चार्डपर्वको समयमा ट्राफिक व्यवस्थापन, भीड नियन्त्रण तथा आपराधिक क्रियाकलाप रोक्न जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, वीरगंज महानगरपालिका लगायत विभिन्न संघ संस्थाको ठूलो योगदान हुन्छ । चार्डपर्वमा हुने आपराधिक क्रियाकलापलाई निरुत्साहित गर्न जिल्ला प्रहरीले विभिन्न योजना बनाइरहेको छ । चार्डपर्व खास गरी दशैंको बेला बढि भिड भएको ठाउँमा गाडीलाई डाईभर्सन गर्नु पर्ने अवस्था हुन्छ । चार्डपर्वको बेला कतिपय ठाउँमा गाडीलाई जान दिई पैदल यात्रीहरुलाई त्यसपछि जान दिने गरी बैकल्पिक बाटो पनि तय गर्नु पर्ने हुन्छ । आवश्यकता अनुसार व्यवस्थापनको समग्र तयारी तयारी भइरहेको छ ।
२) बजार क्षेत्रमा बर्षाैंदेखिको ट्राफिक जामको समस्यालाई न्यूनिकरण गर्न थप योजना पनि छन् ?
वीरगंजमा अस्तव्यस्त भन्न सकिन्छ । तर पूर्णरुपले लामो जाम हुने किसिमको देखिदैन । पर्साको ग्रामिण भेगलाई वीरगंजसंग जोड्ने तिलावे पुलमा ‘वन वे’ नहुँदा कहिले काही जाम भइरहेको छ । तिलावे पुलमा लगाइएको डाईभर्सनलाई पानीले बगाएपछि र समयमा पुल निर्माण नहुँदा त्यहाँ निर जाम लाग्ने गरेको छ । अहिले पानी पर्ने समय सकिएकोले पुन डाईभर्सन बनाउन हामीले ताकेक्ता गरेका छौं । डाईभर्सन बनेपछि जामको समस्या हट्छ । तर त्यो पुर्ण भने दिर्घकालिन होईन् । पुल निर्माण नभएसम्म त्यहाँ जामको समस्याको सामाधान हुँदैन ।
३) वीरगंजको बैंङ्गकिङ्ग क्षेत्रमा हुने ट्राफिक जामको समस्या कसरी हल हुन्छ ?
पहिला जस्तो सडकमा अस्तव्यस्त भई जाम हुने समस्या धेरै नै कम भएको छ । हामीले बनाएको संयुक्त योजनामार्फत विभन्न गाडी अस्तव्यस्त लैजाने, लेनको पालना नहुने, ट्रयाकहरु नछुट्याएको अवस्था र रेखाङ्कन र सडक चिन्हहरु मेटेको अवस्थामा गाडीहरु अस्तव्यस्थ थिए । तर अहिले कतिपय ठाउँमा रोड म्यापिङ्ग, जेब्रा क्रसिङ्ग, पार्किङ्ग बनेको, गाडी चल्ने लेनहरु छुट्याईएको छ । सिमित स्रोत साधनको बाबजुद पनि विभिन्न ठाउँमा ट्रयाकहरु बनाई दिएकोले पहिलेभन्दा धेरै सहज भएको छ । जसले ट्राफिक व्यवस्थापनमा धेरै सहयोग पनि भएको छ । बैंङ्गकिङ्ग क्षेत्रमा त्यो किसिमका भिडभाड छैन । किन भने फूटपात, सडकमा गाडी, मोटरसाइकल राख्दा पनि जाम हुने गथ्र्याे । त्यस्तालाई कारबाही गरी सचेत गराई निगरानी गरेका छौं । जसले सडकमा जथाभावी गाडी राख्ने काम भएको छैन र त्यति ट्राफिक अस्वतव्यस्त पनि छैन ।
४) यहाँ आएदेखि पहिलेकोभन्दा फरक के भएको छ ?
ट्राफिक जाम नहनको लागि त पहिला भौतिक पूर्वाधार सडककै कुरा आउँछ । ट्राफिक जाम रोक्नको लागि फराकिलो सडक हुनु प¥यो । पैदल यात्रीहरुलाई हिड्नको लागि फूटपातहरुको उचित व्यवस्थापन हुनु प¥यो । धेरै साँघुरो सडक भएपछि ट्राफिक जाम हुन्छ नै । अहिलेको तुलनामा आगामी दिनमा सवारी साधनको अनुपात बढ्दै जान्छ । यस्ता विभिन्न कारणले ट्राफिक जाम हुन्छ । मुख्यतः पहिला फराकिलो सडक बनाउनु पर्छ, अनि पैदल यात्रीहरुलाई हिड्न फुटपात बनाई दिनु पर्छ । यो भए सडकबाट पैदल यात्री हिडन बाध्य हुदैनन् । त्यसले सवारी आवागमनमा सहजता हुन्छ ।
अहिले हामीले लेन छुट्याएर साना सवारी साधनलाई जथाभावी चल्न नदिई छल्ने, यात्रु छाड्ने र रोक्ने ठाउँ तोकिदिएका छौं । घण्टाघरबाट मेन रोडमा भित्र छिर्न नदिएकोले अहिले धेरै सहज भएको छ ।
हामीले ट्राफिक जाम व्यवस्थापन दुई तरिकाले गर्ने गरेका छौं । एउटा प्रविधि र अर्काे मानववीय । ट्राफिक लाईट लगाउन वीरगंज महानगरसंग समन्वय भईरहेको छ । पहिले गाडी चल्ने कुनै मापदण्ड नै थिएन । तर अहिले हामीले सबै ठाउँमा चल्ने सवारी साधनलाई व्यवस्थापन गरेका छौं । बढि भिडभाड भएको समयमा ट्राफिकले रोक्ने, लेनको अनुशासन पालना गराउने लगायतका काम ट्राफिकले धेरै गरिरहेको छ । पालना पनि पहिलेभन्दा भएको छ ।
५) ट्राफिक प्रहरीेले दुर्घटना रोक्न के कस्तो पहल गरेको छ ?
हाम्रो कामै हो सवारी साधन, पैदल यात्री व्यवस्थापन गर्ने र दुर्घटना न्युनिकरण गर्ने । ट्राफिक व्यवस्थापन भएन भने दुर्घटना हुन्छ । त्यसको लागि ठाउँ ठाउँमा चिन्हको संकेत जडान गर्ने, सचेतना कार्यक्रमलाई संगसंगै लैजाने । यस्ता धेरै कार्यहरुको कार्यान्वयन निरन्तर हुँदै गयो भने दुर्घटना न्यूनिकरण हुन्छ । पर्सामा सहरी भेगमा जहाँ बढि चाप हुन्छ । त्यहाँ पहिला प्राथमिकता दिने हो । वीरगंज बजार क्षेत्रमा चाप बढ्दै जाँदा हामी विभिन्न ठाउँमा ‘चालकसंग १ मिनेट’ शिर्षकमा दुर्घटनाबाट बच्ने बारे सचेतना फैलाउने काम गर्दै आएका छौं । जस्तै, मोटरसाईकल दुर्घटना किन हुन्छ ? हेलमेट नलगाएको, लगाए पनि फिता नलगाएको, दूई जनाको सट्टा तीन जना चढ्नु, तिब्र गति र जिकजाँकमा चलाएर, दुईटा सवारीको बिचमा छिराएर भलाउनु आदि कारण हुन् ।‘
चालकसंग १ मिनेट’ अभियानमा हामीले यी सबै कुराको बारेमा जानकारी दिदै आएका छौं । चालक अनुमति पत्र नभएका सिकारुहरुले गाडीहरु लिएर हिड्दा आतिएर पनि अर्काे गाडीमा ठोक्ने अवस्था हुन्छ । त्यसकारण चालक अनुमति पत्र नभएको मान्छेलाई गाडी चलाउन नदिनुस् भनेर छोटो समयमा यी सबै सुझावहरु दिने गरेका छोैं । यस्तै, ठूला गाडीलाई साँघुरो ठाउँ वा जथाभावी पार्किङ्ग नगर्न सुझाव दिदै आएका छौंं । ठूलो गाडीले त पर्किङ्ग गर्छ । तर अन्य सवारी साधन र यात्रीहरुलाई सास्ती हुन्छ । पुल, उकालो, उरालो ठाउँमा कसरी दुर्घटना हुन्छ भने बारे हामीले टिप्स दिई सचेत गराउने काम गर्दै आएका छौं ।
६) ट्राफिकको जनशक्ति नसक्नुका कारणके हो ?
प्रायः भिडभाड हुने बजार क्षेत्रमा ट्राफिक प्रहरी खट्ने गर्दछ । पर्साको ग्रामिण भेग हुलाकी राजमार्गमा पनि दिनानुदिन सवारी साधनको चाप बढ्दैछ । हामीसंग जनशक्ति त्यति धेरै छैन् । भिडभाड र जाम हुने केही ठाउँमा मात्रै खट्ने गर्दछ । हामीसँग ४२/४३ जनाले सबै ठाउँमा बिस्तार हुने सम्भव छैन । त्यसमा पनि अफिसमा काम गर्ने पनि छन् । तैपनि भिडभाड हुने मुख्य ठाउँमा खटेकै छौं ।
७) वीरगंजको इनरबाईपासमा लगायतका सडकमा फुटपातमा गाडी, ठेला लगायतका सामग्रीहरु जथभावी राखिएको हुन्छ । त्यसलाई हटाउने तर्फ ट्राफिक प्रहरीले योजना बनाउँदै छ ?
बीरगंजवासीले पछिल्लो समयमा अवलोकन गर्नु भयो होला । विगत १/२ महिनादेखि सबै हटाइएको छ । इनरबाईपासमा २÷२ दिनसम्म ठूला गाडीहरु राख्ने प्रवृति थियो । तर त्यसलाई कारर्बाही गरेर अहिले हटाएका छौं । लामो समयसम्म गाडीहरु रोकिंदा विपरित दिशाबाट आवत जावत गर्ने सवारी साधनले दुर्घटना हुने जोखिम थियो । तर कारबाही गरेर हटाउँदा अहिले त्यस्तो अवस्था छैन । बिच बिचमा हाम्रो अनुपस्थितिमा कसैले राख्ने गरेको होला । तर हामीले निरन्तर अवलोकन गरी कारर्वाही गर्ने गरेका छौं । पहिलेको तुलनामा अहिले धेरै फराकिलो छ ।
८) अन्यतमा के भन्न चाहनु हुन्छ ?
आम जनतालाई मेरो अनुरोध छ । अहिले कोरोना महामारी पूर्णरुपले निर्मूल भएको छैन् । चार्डपर्व आइरहेकोले सम्पूर्ण जनसमुदायले यसलाई ख्याल गरेर बढी भिडभाड नगर्ने, भिडभाड भएको ठाउँमा नजाने, मास्कको प्रयोग लगायतको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दछु । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा वीरगंजको बसपार्कमा यात्रु सहायता कक्ष र नागरिक सहायता कक्ष स्थापना गरिएको छ । त्यहाँ चालकलाई चेकजाँच गर्न स्वास्थ्य शिविर गरिएको छ । किन भने चालक नै अस्वस्थ्य भयो भने सम्पूर्ण यात्रु नै असुरक्षित हुन पुग्छन् । यो हाम्रै लागि हो भन्ने सोचले सबैले यसको पालना गरी सहयोग गर्न अनुरोध गर्दछु ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)