मुलुककै आर्थिक राजधानी भनेर चिनिने वीरगञ्जमा आगामी कात्तिक ५ गते पहिलोपटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) को आयोजनामा उद्यमशीलतामा नेपाली महिलाको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलोपटक यहाँ सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनबाट महिलामा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । लेडिजसर्कल नेपालसँगका सहकार्यमा हुने उक्त सम्मेलनमा मुलुकभरका करिब १०० भन्दा बढी सफल महिला उद्यमीको सहभागिता रहने सम्मेलन संयोजक मनिषा सुनुवारले जानकारी दिईन् ।
सम्मेलनमा विविध क्षेत्रमा सहभागी महिला उद्यमीको मेहेनत, सङ्घर्ष तथा सफलताका विषय प्रस्तुति रहने लेडिजसर्कल नेपालका निवर्तमान अध्यक्ष रश्मी दासले बताईन् । सम्मेलनमार्फत विभिन्न क्षेत्रमा व्यवसायमा सफल महिला उद्यमीको सफलता, सङ्घर्ष र धैर्यताका अनुभव आदानप्रदान गरिने छ ।
व्यवसायमा स्थापित उद्यमी र स्टार्टअपबीच हुने सम्मेलनबाट सहभागीलाई ज्ञान, सीप, तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको एनवाइइएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए ।उद्यममा महिलाले भोग्नुपरेका समस्यालाई उठान गर्ने र समाधानका उपायमा गहन छलफल गर्नु सम्मेलनको मूल उद्देश्य हो ।
सम्मेलनमा हुने विभिन्न सत्रका विषयवस्तु व्यवसायमा नवप्रवेशीका लागि प्रेरणाको स्रोत बन्न सक्ने दाबी गरिएको छ । सम्मेलनमा सफल उद्यमी र स्टार्टअपहरूबीचको अनुभव साटासाटले व्यवसायको क्रममा आउने समस्यालाई अवसरका रुपमा रुपान्तरण गर्ने दक्षता विकास हुने विश्वास आयोजकको छ ।
अहिले पनि आर्थिकरुपमा महिलाको सहभागिता र सक्रियता न्यून भएको अवस्थामा आयोजना हुन गइरहेको सम्मेलनले उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तन र व्यावसायिक चुनौती सामनाको सामथ्र्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको हो । जनसङ्ख्यामा आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको आर्थिक सशक्तीकरण नभई अर्थसामाजिक विकास सम्भव नहुने आयोजकको निष्कर्ष छ ।

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)