नेपालको राष्ट्रिय चाड वडादशैं वास्तवमा साधारण चाड़–पर्व भन्दा धार्मिक रुपले पनि ठूलो अनुष्ठानको पर्वका रुपमा स्थापित छ ।
दशैंलाइ रमाइलो चाड़को रूपमा पनि मनाइन्छ । दशैंमा माता भगवतीको तपश्यापूर्वक अराधनाको रूपमा मनाइने परम्परा चलिआएको देखिन्छ । अचेलका दिनहरुमा के पहाड़, के तराई, दुबैतिर शक्ति पुजाको प्रयोजनको लागि घटस्थापनाको दिनदेखि नौदिनसम्म नवरात्र व्रत बस्ने धार्मिक विश्वास भएका मनिसहरुको संख्या दिनानुदिन बढ्दो छ । नौ दिनसम्म नवरात्र व्रत बस्न किन आवश्यक छ ? भने शक्ति स्वरुपिणी दुर्गा माताका नौ वटा रुपहरु मार्कण्डेय पुराणमा वर्णित छ । जस अनुसार–प्रथमं शैलपुत्री च द्वितियं व्रह्मचारिणी । तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।। पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च । सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।। नवमं सिद्धिदात्री च नव दुर्गा प्रकीर्तिताः । नवरात्रको पहिलो दिन भगवतीको शैलपुत्री रुपको अराधना हुन्छ भने दोश्रो दिन ब्रह्मचारिणी, तेश्रो दिन चन्द्रघण्टा , चौथो दिन कुष्माण्डा, पा“चौ दिन स्कन्दमाता, छैठौ दिन कात्यायनी, सातौ दिन कालरात्री, आठौ दिन महागौरी, तथा नवौ दिन सिद्धिदात्रीको रुपको अराधना हुन्छ । नौ दिनहरुमा भगवतीको नौवटा रुपहरुको अराधना गर्नु पर्ने भएको हुनाले नै नौ दिनको नवरात्र व्रतको संकल्प हुने गर्दछ । नवरात्र व्रतमा दुर्गाशप्तसतीको पाठ पनि हुने गर्दछ ।
यस शक्ति पुजाको सम्बन्धमा राजा सुरथसित महर्षि मेधा ऋषिले भनेका थिए–‘तामुपैहि महाराज शरणं परमेश्वरीम् । आराधिता सैव नृणां भोगस्वर्गापवर्गदा’ ।। महाराज तपाइले तीनै भगवती परमेश्वरीको शरण ग्रहण गर्नुहोस् । उनी आराधनावाट प्रसन्न भएर मानिसहरुलाई भोग, स्वर्ग र अपुनरावर्ती मोक्ष प्रदान गर्नु हुनेछ । यसै अनुसार अराधना गरेर ऐश्वर्यकामी राजा सुरथले अखण्ड साम्राज्य पाएका थिए भने वैराग्यवान समाधि वैश्यले दुर्लभ ज्ञानद्वारा मोक्ष प्राप्त गरेका थिए । यदि वास्तवमा पूर्ण निष्ठा, सम्यक विधि विधान तथा श्रद्धापूर्वक भगवतीको नवरात्र अराधना गर्ने हो भने साधकले – यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् । जे जे चिताउँछ त्यो अभिष्ट वस्तु निश्चय नै प्राप्त गर्न सफल हुन्छ । जीवेद् वर्षशतं साग्रमपमृत्युविवर्जितः । राम्रो पाठ गर्ने पाठककोलागि केहि नियमहरु पनि निर्दिष्ट छन–माधुर्यमक्षरव्यक्तिः पदच्छेदस्तु सुस्वरः । धैर्यं लयसमर्थं च षडेते पाठका गुणाः ।। अर्थात् अक्षराभिव्यक्तिमां मधुरता, पदच्छेदनमा निपूर्णता तथा सुस्वरबाट पाठ, धैर्य तथा लयसमर्थ आदि छववटा पाठक को गुण मानिन्छ । त्यस्तै–गीती शीघ्री शिरःकम्पी तथा लिखितपाठकः । अनर्थज्ञोअल्पकण्ठश्च षडेते पाठकाधमाः ।। अर्थात् छिटो छिटो गाउनु,, टाउको हल्लाइ हल्लाइ पाठ गर्न, हस्तलिखित प्रति पाठ गर्न, अर्थ के ज्ञान न हुनु, कण्ठस्थ पाठ गर्नु आदि छववटा अधम पाठकहरुको गुण हो ।
पोहोर साल विश्वव्यापी कोरोना महामारीको कारणले अन्य वर्ष झै दसैंको खासै रम–झम वा चहल पहल देखिएको थिएन । तर यस वर्ष कोरोना महामारीको अस्तित्व विद्यमान रहे पनि गति मत्थर देखिएकोले दसैंको रमझम बढ़ेको देखिदैछ । चाड़–बाड़ रमाइलो गरी मनाउने परम्परा रहेको हुँदा कुरा राम्रै हो । तर सावधानी पालन गर्न त्यतिकै अत्यावश्यक छ । यस वर्ष ‘नवरात्र’ व्रत जम्मा आठ दिनको मात्र हुनेछ । किनकि षष्ठी तिथिको क्षय भएको हुनाले षष्ठी र सप्तमी तिथिको पूजा एकै दिन गर्नु पर्ने हुन्छ । घटस्थापनाको दिन गृहस्थहरुको घर घरमा विधिवत कलशस्थापना आश्विन शुक्ल प्रतिपदाको दिन भइसकेको तथा दैनिक पूजा–अर्चना जारि नै रहेको छ । पञ्चाङ्ग निर्णायकहरुको अनुसार दूर्गा देवीको वास्तविक सवारी घोड़ामाथि सवार भएर सप्तमी तिथि (मंगलवार) हुनेछ । घोड़ामाथि सवार दुर्गा देवीको आगमनले जनमानसमा राज्यभय उत्पन्न हुने विश्वास गरिन्छ । यस दिन रातीको प्रहरमा कालरात्रीको पूजा हुन्छ । सो पूजामा दुर्गादेवीको सृंगार गर्ने परम्परा रहेकोछ । सप्तमीकै दिन शूभ–साइत पारेर दुर्गा भगवतीको मन्दिरहरुमा पूmलपाति भित्र््याउने परम्रा रहेकोछ । सप्तमी तिथिकै दिन माता भगवतीलाई सप्त बली पनि दिने गरेको परम्परा छ ।
मध्य तराईमा घर घरमा माता भगवतीको दैनिक पूजा–अर्चना हुने गर्दछ । चोकहरुमा सामुहिक प्रयासमा पण्डाल स्थापना हुन्छ । त्यो पण्डालमा दुर्गा शप्तसतीको मूर्ति रहस्य अनुसार भगवतीको माटोको आकर्षक मुर्ति स्थापना गरी भक्ति तथा विधिपूर्वक पूजाअर्चना गर्ने गरिन्छ । जसलाई भोजपुरी भाषामा ‘भवानी स्थापना’ भन्दछन् । भवानी स्थापना भएको स्थानमा प्रायः जसो मेला–रमिता पनि लाग्ने गर्दछ । सो मेलाहरुमा विभिन्न किसिमका मिठाइ, फल तथा गृहोपयोगी वस्तुहरु वित्रीm हुनुका साथै विभिन्न खाले खेल–तमाशाहरु पनि हुने गर्दछ । सो स्थानमा आश्विन शुक्ल नवमी तिथिको दिन साइत अनुसार पूर्णाहूती भएर नवरात्र व्रतको समाप्ति हुन्छ । सो दिन माता भगवतीको विदाइ पनि हुन्छ । यस वर्ष भगवती माताको विदाइ हात्तीमाथि सवार गराएर हुदैछ । जुन शुभफदायी हुनेछ, । अझै हात्तीमाथि भगवतीको विदाइ शूभवृष्टिकारक पनि हो भन्ने धार्मिक विश्वास छ । भक्तहरुमा कठिन नवरात्र व्रत गर्न सक्ने शक्ति माता भगवतीले नै प्रदान गरून् । सबैलाई नेपालीहरुलाई बडादशैको हार्दिक शुभकामना ।
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) गायत्री अश्वमेघ महायज्ञ वीरगंज |वृतचित्रलकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TVकोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराईBirgunj Documentary (बृहतर वीरगंज परिकल्पना वृतचित्र)#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepalतराईमा बाल विवाह (वृतचित्र) आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदैकेरा खेती गरौँ लाखौँ आम्दानी गरौँ (वृतचित्र)निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादवमहिलाका लागी कतिको सुरक्षित वीरगंज (वृतचित्र)नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना र सफलताहाम्रो वीरगंज राम्रो वीरगंज #Ghadiarwa_Pokhari#Ghantagharहाम्रो वीरगंज राम्रो वीरगंजसुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)