मास्क महत्वपूर्ण छ । चाडपर्वमा मानिसहरुको भिडभाड हुने किनमेल हुने जमघट हुने हुँदा यो अवस्थामा कोरोनाको जोखिम बढ्ने हुन्छ । हामी कोभिडबाट पूर्णमुक्त भएको अवस्था छैन । माक्स लगाउने र जनस्वासथ्य सुरक्षाका मापदण्डहरुलाई प्रभावकारी रुपमा पालना गर्ने काम गर्नु पर्ने हुन्छ । हामीले चाडपर्व लक्षित सुरक्षाका मापदण्डहरु बनाएका छौ जुन सबैले पालना गर्नु पर्छ । त्यसको साथसाथै सुरक्षाका लागि सुरक्षाकर्मीहरु पनि खटिएका छन् । प्रहरी सहायता कक्षहरु संचालन गरिएको छ । सबैभन्दा उत्तम उपाय भनेको चाडपर्व मनाउँदा सकभर सांकेतिक रुपमा मनायौं भने कोरोना महामारी र चोरी लगायतका घट्नाबाट बच्न सकिन्छ । त्यसैले आ–आफ्नो दायित्व बुझ्न हामी सबैको कर्तव्य हो । धेरै भिडभाडमा नजाऔं, जानै परे स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरौं र सकभर घरमै बसेर चाडवाड मनाऔं ।
वीरगंज महानगरपालिका भित्र गहवामाई, विर्तामाई र विन्दवासीनीमाई लगायतका मन्दिरमा मेला लाग्छ र त्यहाँको व्यवस्थापनको जिम्मेवारी महानगरसंगसंगै स्थानीया र भक्तजन स्वयम्को पनि हो । चाडपर्वको समय छ । हामी सबै मास्क बिना नै हिडिरहेका छौ । यो समयमा भारत लगायत अन्य मूलुकबाट नेपाल आउने क्रम पनि बढेको छ । जसले गर्दा कोभिडको जोखिम बढ्ने देखिन्छ । कमसेकम मास्कको मात्रै पनि प्रयोग गरियो भने हामी कोभिडको जोखिमबाट बच्न सक्छौ । अहिले महानगरपालिकाले सरकारी अड्डामा बिना मास्क प्रवेश निषेध गरिएको छ । मास्क बिनाको कुराकानी बन्देज छ । र बिना मास्क मन्दिर प्रवेशमा पनि रोक लगाएका छौ । कोभिडको जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै मेला लगाएका छौ । भिडभाडलाई सकभर कम गर्ने हेतुले हामीले पूजा व्यवस्थापन समिति गठन गरेर स्वयम् सेवकहरु परिचालन गरेका छौ । र एक पटकमा ५० जनाको ग्रुप बनाइ मन्दिरमा पसाइरहेका छौ । हामीले आफू अनुशासनमा रही थोरै पनि सहज हुने हो भने मेलाको व्यवसथापन र कोभिडको जोखिमलाई कम गर्न सक्छौ ।
यसमा मेला घुम्न आउने र पूजामा आउने भक्तजनहरु आफै पनि सचेत हुन जरुरी छ । कोरोनाको जोखिम संगसंगै भिडभाडमा हुने चोरीका घट्नाहरु प्नि बढ्ने हुँदा सकभर गरगहना नलगाउने, आफू सचेत रहने, माक्सको अनिवार्य प्रयोग गर्ने धेरै भिडभाड नगरिक पूजा व्यवस्थापन समितिलाई सहयोग गर्नु पर्छ ।
कोभिडका कारण अघिल्लो वर्ष उत्सवहरु भएनन् । तर यो वर्ष कोभिडका केस कम देखिएकोले बजारमा चहलपहल बढेको छ । मेला लागेको छ । बजार भरिभराउ छ । मेला भने कै भिडभाड हने ठाउँ नै हो । तर महानगरपालकाले मेला लगाउने ठाउँको व्यवस्थापन गर्न भने सकेको छैन । हरेक वर्ष झै यस वर्ष पनि सडकमै बजार थापेर भिडभाड बढ्ने देखिन्छ । सडकमा लाग्ने बजारलाई विपी उद्यानको खाली जग्गामा व्यवस्थापन गर्न सके भिडभाड कम हुने र आउजाउ गर्न पनि सहज हुने थियो ।
दशैंको समय छ । भिडभाड बढेकै छ । मेलाको समयमा हुने भिडभाड व्यवस्थापन र चोरी नियन्त्रणका लागि महानगरपालिका र सुरक्षा निकायहरुले पनि आफ्नो तर्फबाट कामहरु गरिरहेकै छन् । तर वीरगंजको मेला लाग्ने ठाउँहरु सिमित छ त्यसैले पनि भिडभाड बढी हुन्छ । अहिले कोरोनाकालको समय छ । यो समयमा सबै सर्तक भएर भिडभाड नगरी व्यवस्थित तरिकाले मनाउदा त ठिकै हुन्छ । नत्र सबैले आ आफ्नो जिम्मेवारी बुझ्ने हो भने भिडलाई व्यवसथापन गर्न सकिन्छ । होइन भने प्रहरी वा पालिकाले मात्र गर्न सक्दैन ।
नेपालीहरुको महान् चार्ड विजयादशमी सुरु भइसकेको छ । यस्मा ९ दिनसम्म मेला लाग्ने गर्दछ । बजारमा चहलपहलहरु बडेको छ । मन्दिरमा भक्तजनहरुको संख्यामा वृद्धि भएको छ । यस्तो समयमा हुने भिडभाड र ट्राफिक व्यवस्थापन र पकेटमारका गुनासाहरु बढ्छन् । यसलाई व्यवस्थापन गर्नु पहिलो जिम्मेवारी प्रसासन, महानगरपालिका, र भोलेन्टियर संस्थाहरुको पनि रहन्छ । मन्दिरमा दर्शन गर्नका लागि टाडाटाडादेखि भक्तजनहरु आउने हुँदा भीड्भाड एकदमै हुन्छ । तर मन्दिरमा सबै व्यक्ति भक्तिभावले नै आउँछन भन्ने हुँदैन । कोही भगवानको दर्शन गर्न आएका हुन्छन् कोहि मेला घुम्न आएका हुन्छन् त कोहि चोरी गर्न पनि आएका हुन्छन् । यस्तो बेलामा हामी आफै सतर्क रहनु आवश्यक छ । हामीले आफ्नो धनमालको सुरक्षा आफै गर्न सक्नु पर्छ । त्यसका लागी धेरै भिड भएको ठाँउमा नजाने, धेरै गरगहना लगाएर नहिड्ने, । र पालिकाले पनि मन्दिर परिसरका व्यवसायीहरुसंग छलफल सहकार्य गर्ने हो भने मेला व्यवस्थापन सहज हुन्छ ।
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) गायत्री अश्वमेघ महायज्ञ वीरगंज |वृतचित्रलकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TVकोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराईBirgunj Documentary (बृहतर वीरगंज परिकल्पना वृतचित्र)#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepalतराईमा बाल विवाह (वृतचित्र) आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदैकेरा खेती गरौँ लाखौँ आम्दानी गरौँ (वृतचित्र)निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादवमहिलाका लागी कतिको सुरक्षित वीरगंज (वृतचित्र)नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना र सफलताहाम्रो वीरगंज राम्रो वीरगंज #Ghadiarwa_Pokhari#Ghantagharहाम्रो वीरगंज राम्रो वीरगंजसुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)