धर्म संस्कृति आम मानिसको जीवनको मार्ग निर्देशक सिद्धान्त हो । मानव भएर धर्तिमा जन्मेपछि उसले केही न केही संस्कार सिकेको हुन्छ । त्यो संस्कारको मूल मार्ग निर्देशक पनि धर्म संस्कृति नै हो । धर्म र संस्कृतिले नै मानिसलाई सुमार्गमा हिड्न र गलत कार्य नगर्न प्रेरित गरिरहेको हुन्छ । यो कुरालाई कसैले निकै अंगिकार गरेको हुन्छ भने कसैले उति अंगिकार गरेको पाइदैन । यो फरकका बीच पनि प्राय हरेकले कुनै न कुनै तवरले धर्म संस्कृतिलाई पालना गरेकै हुन्छन् । अहिले समय हिन्दु धर्म संस्कृतिसँग जोडिएको धर्मावलम्बीहरुको महान् चाडपर्व हो । यो समयमा दुर्गाभवानीले मनको ईच्छा पूरा गरिदिने अपेक्षा सहित विभिन्न देवी देवताका शक्तिपीठहरुमा बली दिने पनि गरिएको पाइन्छ । परिवर्तित समय अनुसार बली दिने प्रथा चाही शास्त्रमा बर्णित नभएको भनी कतिले विरोधका गर्न थालेका छन् । यो अंकमा बली प्रथा बारे स्थानीयसँग लिएको प्रतिकृया :
मनु पटेल
धर्मको नाममा निर्दाेष प्राणीको बली दिने कार्य ठिक होइन । परम्परलाई मान्नु पर्छ । तर धर्मको नाममा त्यसरी हिंसा गर्नु कतिको मानवीयता हो ? यो कुरालाई पनि हामीले ध्यान दिन जरुरी छ । किनभने कुनै पनि धर्म ग्रन्थमा बलीको उल्लेख गरिएको छैन । धर्म रीतिरिवाजको जर्गेना गर्दै बलीको साटो फलफूल, धूप, दिप, मिठाई आदिले भगवानलाई पूजा गर्ने चालचलनलाई प्राथमिकताका दिनु पर्छ जस्तो लाग्छ ।
रामलक्षण यादव (पूर्व प्राध्यापक)
बली प्रथा पहिलेबाट चलिआएको चलन भएको हुँदा पहिला बली दिएर देवीदेवता खुशी हुन्छन् भन्ने एउटा अन्धविश्वास रह्यो । पहिला ज्ञान थिएन, अन्धविश्वास थियो र पुस्तेनी आस्थाले गर्दा बली चढाउने गरिन्थ्यो । तर अहिले यो सबै मान्छेको स्वार्थको लागि भन्ने बुझिएको छ । सही गलत विश्लेषण गर्न सक्ने वर्तमानमा फेरि बली दिएरै देवी देवता खुशी हुन्छन् भन्ने कुनै तथ्य प्रमाण पनि छैन । त्यसैले सफा मन राखेर नरिवल, फूलपातीले पनि देवीदेवता खुसी पार्न भोग लगाउन सकिन्छ ।
यशोधा गजुरेल
हामी त प्रणामी हौं शुद्ध सकाहारी । अझ यो बली प्रथाको विरोधी नै भने हुन्छ । आफ्नो स्वादको लागि कुनै प्राणीको हत्या गर्नु र देवी देउता खुशी हुन्छन् भन्नु अन्धविश्वास र ज्ञानको कमी हुनु हो जस्तो लाग्छ । बली प्रथा वास्तवमा भन्ने हो भने राम्रो प्रथा होइन । बली दिएर नै देवीदेउता खुशी हुने भए हिन्दुहरुमा यति धेरै चाडपर्वहरु छन् । दशंैमा मात्रै बली किन दिइन्छ त ? दिपावली, छठमा किन दिइदैन ? यदि बली दिएर नै देवीदेवता खुशी हुने भए सबै पर्वमा बली दिनु प¥यो नि । यो त परापूर्व कालदेखि चल्दै आएको हो । यसलाई हामीले एकै चोटी परिर्वतन गर्न खोजेर पनि हुदैन । शिक्षाको विस्तार भएपछि यो बिस्तारै हराएर जान्छ ।
चरण प्रसाद पुडासैनी (पूजारी)
अरुलाई काटमार नगर उपकार गर दया गर भन्छांै । दया गरे मात्रै पाप तरिन्छ भन्ने शास्त्र पुरानहरुमा उल्लेख छ । वैज्ञानिक तथ्यले पनि मासु खानु हुन्न भन्ने छ । धर्मको नाममा निर्दाेष प्राणीको बली दिने कार्य ठिक होइन । परम्परलाई मान्नु पर्छ । तर धर्मको नाममा त्यसरी हिंसा गर्नु कतिको मानवीयता हो ? यो कुरालाई पनि हामीले ध्यान दिन जरुरी छ । किनभने कुनै पनि धर्म ग्रन्थमा बलीको उल्लेख गरिएको छैन । धर्म रीतिरिवाजको जर्गेना गर्दै बलीको साटो फलफूल, धूप, दिप, नैवेद र मिठाई आदिले भगवानको पूजा गर्ने चलनलाई प्राथमिकता दिनु पर्छ ।
जितेन्द्र कुमार वर्मा (प्रबन्धक )
बली प्रथालाई हेर्ने आ–आफ्नै दृष्टिकोण छन् । मानवीय नाताले हेर्ने हो भने बली प्रथा राम्रो प्रथा भने होइन । किनभने एउटा निर्धाे जनावरको बली दिएर देवीदेवतालाई अर्पित गर्ने कार्य राम्रो हो भन्न नमिल्ला । बरु बलिको सट्टा हामीले नरिवर फूलपाती वा कुभिन्डोको बली दिएर पनि पूजा गर्न सकिन्छ । तर हाम्रो धार्मिक दृष्टिकोणले हेर्ने हो भने प्रायः सबै देवीदेवतालाई बलिनै चढाउँनु पर्छ भन्ने मान्यता छ । बलिले नै देवताहरुको अभिषेक गर्ने परम्परा छ । बलीचढाए देवीदेवता खुःशी हुने र आफ्नो मनोकामना पूरा हुने विश्वाास छ । त्यसैले बली प्रथालाई राम्रो पनि भन्न मिल्दैन र नराम्रो पनि भन्न मिल्दैन । यो आ–आफ्नो सोचाइमा भर पर्ने कुरा हो ।
उमेश साह कानु (स्थानीय)
विजया दशमी विजयको उत्सवको रुपमा मनाउने पर्व हो । जुन दश दिनसम्म चल्छ । यसमा दुर्गा भवानीको पूजा गरिन्छ र अष्टमीको दिन बली दिएर दुर्गाको अविषेक गरिन्छ । यो प्रचलन आजको होइन । यो आदी कालदेखि चलि आएको छ । यस विषयमा विभिन्न संघ संस्थाहरुले विरोध पनि गरेका छन् । आफ्नो तर्क राख्ने अधिकार सबैको छ । तर हाम्रो सनातन धर्म हो । यो धर्म यति प्राचिन र वैज्ञानिक छ कि बली प्रथा कहिलेबाट सुरु भयो ? भन्ने यकिन छैन् । तर यो हाम्रो आस्थासंंग जोडिएको छ । मैले बली प्रथालाई समर्थन गर्नुको कारण बली हाम्रो धार्मिक आस्थासंग जोडिएको कुरा हो । शास्त्रमा पनि जहाँ बलीको प्रसंङ्ग छ । त्यहाँ मासु नखानु राम्रो हो भनिएको छ । तर यदि खाने हो भने देवी र पित्रीहरुलाई चढाएर खानु भनिएको छ ।
बिनोद साह कानू (व्यवसायी)
पहिलाको परम्परा अनुसार बली प्रथा जायज छ । केही कारण भएरै त बलीको प्रचलन बसेको होला नि । बिना कारण निर्दोष पशुको हत्या किन गरिन्थ्यो र ? हाम्रो पूर्खादेखिको चलन हो । बली प्रथा मान्नु पर्छ ।
गीता श्रेष्ठ मानन्धर (स्थानयि)
यो पुख्र्यौली चलन हो । दशंै असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा मनाइने विजय उत्सव हो । बली हाम्रो आस्था संस्कार रीति र विश्वाससंग जोडिएको हुन्छ। हामीले दिने बलीसंग धार्मिक मान्यता पनि जोडिएको छ । भगवतीको गणहरुले खाने हो । यो गरिएन भने विपत्तिहरु आउँछ । समयसंगै परिवर्तन आवश्यक छ । तर आधुनिक भइयो भन्दैमा धर्म संस्कृतिलाई वेवास्ता गर्दै हिड्नु पनि हँुदैन ।
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) गायत्री अश्वमेघ महायज्ञ वीरगंज |वृतचित्रलकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TVकोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराईBirgunj Documentary (बृहतर वीरगंज परिकल्पना वृतचित्र)#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepalतराईमा बाल विवाह (वृतचित्र) आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदैकेरा खेती गरौँ लाखौँ आम्दानी गरौँ (वृतचित्र)निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादवमहिलाका लागी कतिको सुरक्षित वीरगंज (वृतचित्र)नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना र सफलताहाम्रो वीरगंज राम्रो वीरगंज #Ghadiarwa_Pokhari#Ghantagharहाम्रो वीरगंज राम्रो वीरगंजसुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)