दशैँको आज सातौँ दिन देशभर विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको घुईचो लागेको छ ।
फुलपातीको अवसरमा तराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा पनि आज विहानदेखी विभिन्न शक्तिपिठहरुमा भक्तजनको घुइँचो लागेको छ । मनोकाक्षा पुरा हुने जनआस्था राखी पर्सा जिल्लाको शक्तिपीठहरु गहवामाई मन्दिर, विर्तामाई मन्दिर, विन्दवासिनी माई र मनसा माई मन्दिरमा विहानदेखी देवि माताको दर्शनका लागी दर्शनार्थीहरुको घुईचो लागेको छ ।
गतवर्ष मन्दिरमा निषेधाज्ञा जारी गरेर भक्तजनहरुलाई मन्दिर प्रवेशमा रोक लगाइएपनि यसवर्ष भने कोरोना खोप र कोरोना महामारी कम हुदैँ गएकाले भक्तजनको उल्लेख्य रुपमा उपस्थिति रहेको छ ।
एका विहानैदेखि मन्दिर अगाडि लाइनमा लागेर मन्दिर गेट अगाडिबाट पुजा आजा गर्नुका साथै मन्दिर वरिपरि स्थानहरुमा मिठाई, नागरिवल लगायतका प्रसाद चढावा चढाएर दर्शनार्थीहरुले पुजा आजा गरिरहेका छन् ।
फुलपातीको अवसरमा महासप्तमीको अवसरमा आजको दिन नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत लिएर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र मालपोत चोकबाट स्थानीय युवाहरुले गहवामाई मन्दिरमा फुलपाती भित्रयाइएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी र वीरगंज महानगरका मेयरले फुलपातीको अवसरमा विशेष पुजाआजा गर्नुको साथै बोकाको बलि पनि दिइएको छ । गहवामाई मन्दिर परिषर अगाडि रहेको पार्कमा विशेष पुजा गरी फुलपाती भित्रयाइएको हो ।
आज घर घरमा फूलपाती भित्रर्याइने गरिन्छ । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनको समझनामा महाउत्सवको रुपमा महासप्तमी मनाउने चलन रहि आएको छ । आजको दिन कालरात्रि देवीको पूजा आराधना गर्नाले मनोकाक्षा पुरा हुने देवी देवताको वास हुने आस्था रहि आएको छ ।
वीरगंजमा विजयादशमीको दशौँ दिनसम्मलाई भक्तजनहरुले विशेष रुपमा गहवामाई मन्दिरमा पुजा पाठ गर्दै दशैँ मनाउने गर्दछ ।
गायत्री अश्वमेघ महायज्ञ वीरगंज |वृतचित्र
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लक डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TVकोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराईBirgunj Documentary (बृहतर वीरगंज परिकल्पना वृतचित्र)#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepalतराईमा बाल विवाह (वृतचित्र) आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदैकेरा खेती गरौँ लाखौँ आम्दानी गरौँ (वृतचित्र)निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादवमहिलाका लागी कतिको सुरक्षित वीरगंज (वृतचित्र)नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना र सफलताहाम्रो वीरगंज राम्रो वीरगंज #Ghadiarwa_Pokhari#Ghantagharहाम्रो वीरगंज राम्रो वीरगंजसुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)