चाडपर्व भन्नेसाथ मानिसहरुको आवागमन बढि हुने अर्थात शहर बजारमा भिडभाड बढी हुने भन्ने कुरा बुझ्न गाह्रो छैन । पर्सा पनि अहिलेको समयमा यो कुराबाट अछुतो रहन सक्दैन । भिडभाड बढि हुँदा स्वभाविक रुपमा त्यहाँ अपराधका घटनामा पनि वृद्धि हुन सक्छ । राज्यले शान्ति सुरक्षाका लागि बनाएको संयन्त्र नेपाल प्रहरीका पर्सा प्रमुख प्रहरी उपरिक्षक वेल बहादुर पाण्डेसँग पछिल्लो सुरक्षा अवस्थाका बारेमा गरिएको बिशेष कुराकानी :-
१) चाडपर्वमा हुने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न के योजना के बन्दैछ ?
अपराधिक क्रियाक्लाप रोक्नु नै प्रहरीको नियमित काम हो । तर चाडपर्वको बेला अलिकति बढि योजनाबद्ध तरिकाले जाने हो, नत्र भने प्रहरीको त २४ घण्टै ड्युटि हुने भए पनि सदैव योजना चाहिन्छ भने छैन । चाडपर्वको बेला दशै, तिहार र छठ करिब एक÷डेढ महिना लगातार चाडपर्व आउने भएको हुनाले यो समयमा अलिकति अपराधिक क्रियाकलाप बढ्छन् । चाडवाडमा मुख्यत हुने भनेको चोरी नै हो । यो संगसंगै झै–झग्डा पनि बढ्छ । मादक पदार्थ सेवनदेखि जुवातास समेत बढ्ने गर्दछ । कालोबजारीसंगसंगै महंगी र ठगी पनि बढ्छ र अन्य जुन परम्परागत खालको अपराध छ । त्यो पनि यससंगसंगै बढ्ने गर्छ । यो समान्य खालको योजनाले पर्याप्त हुदैन् । त्यसकारण हरेक ठाउँमा प्रहरी परिचालन गर्ने दृष्टिकोणले योजना आएको हो ।
२) प्रत्येक वर्ष चाडपर्वको समयमा व्यापक तस्करी र कालोबजारी हुने गरेको पाइएको छ, । यस वर्ष पनि निरन्तरता हुने हो कि केही फरक योजना बनाएर कार्यन्वयन गरिरहनु भएको छ ?
जहाँसम्म तस्करीको कुरो छ, यो नियमित रुपमा नियन्त्रण गरिरहने नै हो । अहिले तस्करी नियन्त्रण गर्न सिमामा सशस्त्र प्रहरी पनि छन् र हामी पनि छौं । पहिला सिमानाकामा सशस्त्र प्रहरीको बलियो उपस्थिति थिएन् । त्यो बेलमा हामीमाथि लोड बढि थियो । तर अहिले तस्करी हुन सक्ने हरेक क्षेत्रमा सशस्त्र प्रहरीको पहिलो उपस्थिति छ र संगसंगै हाम्रो पनि छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी दुबैको प्रयास र समन्वयमा निरन्तर तस्करी नियन्त्रण गर्न काम भईरहेको छ । जुन सार्वजनिक गर्दै आएका छौं । मुख्यतः खुल्ला बोर्डर हुनु र केही व्यक्तिको जिविकोपार्जनको विषय पनि जोडिने र उसले मौका पाउने बितिकै दुरुपयोग गर्ने अवस्थाका कारण अलिकति चुनौति छ ।
३) तपाई जति इमन्दार बने पनि तल्लो तहका प्रहरी भने तस्करी, कालोबजारी गराउनबाट अछुत छैनन् भन्ने हल्ला छ नि ?
मैले पहिला पनि भने खुल्ला बोर्डर छ । बोर्डरको छेउमा ठुला–ठुला बस्तीहरु छन् । जहाँ जहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीको युनिट हुनु पर्ने हो, त्यहाँ राख्न ठाउँ नपाउने, स्थानीय जनताले राख्न नदिने अवस्था छ । जसले गर्दा प्रभावकारी ढङ्गले परिचालन गर्न सक्ने अवस्था छैन । अर्काे खुल्ला बोर्डर भएको हुनाले पाईला पाईलामा प्रहरी राख्न सकिदैन । जब जनता कुनै पनि मौका पाउने बितिकै वारीका सामान पारी र पारीका सामान वारी गर्ने गर्छन् । त्यस्तै सामाजिक संस्कारमा हुर्केका केही सुरक्षाकर्मीहरु पनि नचुक्लान भन्ने छैन । तर प्रहरीकै संलग्नता छ भने सबुत प्रमाण नभईकन भन्नु ठिक होइन । दैनिक घरायसी प्रयोजनको लागि सामान ल्याउन पाइन्छ भने जुन ग्रे लाइन छ, । त्यसले पनि समस्या खडा गर्छ । प्रहरी मिलेर ठुलो मात्रामा तस्करी भएको छ भन्ने छैन । घरायसी प्रयोजनको लागि ल्याउने सामान बन्द गर्दैनौं । तर त्यसैको आडमा हुने एकदमै तल्लो लेबलको (जस्तै, एकदुई पोका ल्याएर एकदुई सय कमाई दालभात खाने) काम रोक्दैनौं ।
४) दशैं लक्षित सुरक्षाको योजना के छ ?
गस्ती परिचालन, पिकेट बढाई गाडीसहितको मोबाईलको रुट दिएर सामान्य समयकोभन्दा बढि गतिशिलता बढाउँछौं । अहिले सायद २ वटा बढि गाडी आयो । कतिहतैबाट जोगाड गर्न सक्यो भने तैनाती बढ्छ । त्तच्त् बढ्छ । अझै मोटरसाईकलहरु थपिरहेका छन् । भित्री गल्लीहरुमा गस्ती पेट्रोलिङ्ग बढाउँछौं । उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी हरेक ठाउँमा गतिशिलता बढाउने र पौदल गस्तीलाई बढि फोकस गर्ने काम गरिन्छ । चोक पोवाइन्ट र ट्राफिक प्रहरी सहितको चेकिङ्ग पनि छ । वीरगंजको इनार्वामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त हेल्प डेक्स नै छ । बसपार्क र घण्टाघरमा ट्राफिक प्रहरी र हाम्रो संयुक्त हेल्प डेक्स छ । चाडपर्वको बेला भारतबाट फर्किने नेपालीहरु कही कतै ठगी हुने, चोरी लुटपात हुने लगायतका अन्य विषयलाई के कसरी सम्बोधन गर्न सकिन्छ भने हेल्प डेक्स राखेका छौं । यस विषयबारे पाटीपट्टिका सुरक्षाकर्मीहरुसंग पनि समन्वय भएको छ ।
५) कति प्रहरी परिचालन हुँदैछ ?
ट्राफिक र अलिकति विपत गुल्मबाट पनि केही जनशक्ति मागेका छौं । अहिले पास आउट भएर पनि भखरै केही नयाँ जवानहरु आउँदैछन् । सबै गरेर हामी ९७६ जना हुन्छौ । रेगुलर पोलिसीङ्गमा रहेका प्रहरीलाई नै परिचालन गरेका छौं । बोर्डरसहित अन्य आन्तरिक विषयमा पनि सशस्त्र प्रहरीसंग समन्वय भएर काम गर्दै आएका छौं ।
६) पछिल्लो समय लागु औषध जस्ता अबैध कारोबारमा बढि युवाहरुकै संलग्नता देख्नुको कारण के हो ?
खास गरी त्यति परिपक्क उमेर समूह नभएका र कोहीकसैको देखासिखीमा बढि कमाउने लालसा र गलत व्यक्तिको चंगुलमा केही युवाहरु लागु औषध सेवन र ओसार पसारमा संलग्न भएका छन् । त्यो दुव्र्यसनीमा युवाहरु यस्ता कारोबारमा घट्नुको सट्टा बढिरहेको छ । यसको रोकथामको लागि सचेतना कार्यक्रमहरु संचालन छन् । सरोकारवाला पक्षसंग पनि हामी समन्वय गरी नियमित रुपमा गरिरहेका छौं । लागु औषध ऐन २०३३ बमोजिम कारबाही गरिने प्रकृयामा लगि निरन्तर सकृय राखेको छ । युवा दूव्र्यसनमा बढि देखिनु बडो चिन्ताको विषय हो ।
७) लागु औषध कारोबारीलाई निर्मूल गर्न थप योजना केही छन् ?
लागु औषधको कारोवारलाई नै निर्मूल गर्न त्यति सजिलो छैन् । राज्य संयन्त्र नै लागेर गर्दा पनि सजिलो छैन । किनभने आजको भोली नै समस्या समाधान गर्न सकिने अवस्था होइन । अहिले तत्कालन यसलाई न्युनिकरण गर्दै न्यूनतम बिन्दुमा लाग्ने तर्फ केन्द्रित हुने हो । प्रहरीको तर्फबाट गर्ने पहल कदमी पनि त्यहि हो । लागु औषध बिक्री वितरण, ओसारपसार रोक्ने र कारबाही गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई भएको कारणले त्यसलाई कडाई गर्ने कुरामा प्रहरी सचेत छ ।
८) लागु औषध सम्बन्धी प्रहरीले चलाउँदै आएको सचेतना मूलक अभियान अझै सुरु भएको छैन ? किन ?
अहिले शैक्षिक संस्था भर्खरै संचालन भएको छ । खुले पनि परीक्षा नै हुन लाग्दा सुरु भएको छैन । किन भने हामीले पनि स्कुलसंग कक्षा मागेर सचेतना कार्यक्रम संचालन गर्ने हो । अहिले चाडपर्व नै छ । अहिले कै अवस्था यो सम्भव हुन्न । चाडपर्वपछि स्कुल स्कुलमा कक्षा लिई सचेतना अभियान संचालन गरिन्छ ।
९) यहाँको मुख्य चुनौती र गरेको सहज काम के हो ?
चुनौती त चोरी, तस्करी नै भयो । भारतबाट आउने लागु औषधजन्य पदार्थ । मकवानपुर, धादिङ्ग लगायतको ठाउँबाट आएको गाँजा पर्साको नाका भएर भारत जान्छ । यी सबै चुनौति छन् । प्रत्येक दिन हामीले पुलिसिङ्ग गरेका छौं । त्यसले शान्ति सुुरक्षा कायम गर्नमा हाम्रो काम कारबाही पर्याप्त हुन्छ । अरु त्यत्रो खासै चुनौति छैन ।
१०) अन्यमा थप केही भन्न चाहनु हुन्छ ?
अहिले हिन्दु धर्मावलम्बीहरुका महान् चाडपर्व सुरु भइसकेका छन् । बर्षदिन भरीको थकाई र कष्ट भूलेर रमाउने क्षण हो यो । वडादशैं, यमपञ्चक र छठ । हाम्रो पूर्खाहरुले पहिलादेखि नै त्यही प्रयोजनमा मनाईदै आईरहेकोले हामी पनि त्यही प्रयोजनामा प्रयोग गरेर त्यसैलाई निरन्तरता दिदैछौं । चाडवाड हर्षाेल्लासका साथ मनाउ । तर कोरोनाको जोखिम कायमै रहेकोले कम भिडभाड गरौं, मठमन्दिरमा जाँदा पनि कम भिडभाड गरौं । चाडपर्वको बेला गरगहना, सूनचाँदी जुन प्रदर्शन गर्ने चलन छ । त्यो भनेको अपराधलाई नै आमन्त्रण गर्र्ने हो । भिडभाड कम गरियो भने कोरोनाको जोखिमबाट पनि बच्न सकिन्छ । अर्काे अपराधीले गर्ने अपराधबाट पनि बच्न सकिन्छ । यो समयमा घरमा पनि चोरी हुन सक्छ । त्यसकारण अति सजगता, सुरक्षा अपनाऔं ।
अनावश्यक रुपमा पैसा, गरगहना नराखौं । गरगहना, सुनचाँदी बैंकमा राख्न सकिन्छ । अपराधिक मानसिकताका व्यक्ति सबैभन्दा बढि चाडवाडमा नै पैसाको खोजीमा हुन्छन् । यसले चोरी, लुटपात नै बढाउने हो । यसले गर्दा हत्या, हिंसा, कुटपिट जस्ता अन्य काम पनि कही कतै भए तुरुन्त प्रहरीसँग समन्वय गर्न सबैमा अपिल पनि गर्दछु । अनि सकेसम्म सुरक्षा सतर्कता अपनाइ भिडभाडमा गइएन भने कोरोनाबाट पनि बच्न सकिन्छ । जीउधनको सुरक्षार्थ सबैले ख्याल गरौं भन्छु । अनि आफ्नो वरिपरि कुनै किसिमको गलत खालको काम भएको छ भने १०० मा फोन गरी गलत कार्य न्यूनिकरणमा सबैको साथको पनि अपेक्षा गरिन्छ । यसो भयो भने समाजले देखाउने प्रतिक्रियाको सापेक्षतामा हाम्रो कामको प्रभावकारीता हुन्छ ।
गायत्री अश्वमेघ महायज्ञ वीरगंज |वृतचित्र
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लक डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TVकोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराईBirgunj Documentary (बृहतर वीरगंज परिकल्पना वृतचित्र)#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepalतराईमा बाल विवाह (वृतचित्र) आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदैकेरा खेती गरौँ लाखौँ आम्दानी गरौँ (वृतचित्र)निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादवमहिलाका लागी कतिको सुरक्षित वीरगंज (वृतचित्र)नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना र सफलताहाम्रो वीरगंज राम्रो वीरगंज #Ghadiarwa_Pokhari#Ghantagharहाम्रो वीरगंज राम्रो वीरगंजसुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)