बिजया दशमीको आज आठौ दिन अर्थात अष्टमी पुजा देशभरका शक्तिपिठहरुमा भक्तजनको घुईचो लागेको छ । पर्सा जिल्लामा समेत यहाँका शक्तिपीठहरुमा दर्शनार्थिहरुको भिड लागेको छ ।
अष्टमी पुजाको अवसरमा विहानैदेखि बीरगंजको प्रसिद्ध गहवामाई मन्दिरमा विशेष पुजाआजाका साथ बलि चढाइएको छ ।

कोरोना महामारीले यसवर्षको दशैँमा विग्तको तुलनामा भिड बढेको देखिन्छ । अष्टमीको अवसरमा मन्दिर तथा किनमेलका लागी वीरगंजमा गएरातिदेखी दर्शनार्थीहरुको चहलपहल बढेको छ ।

प्रदेश नम्बर २ को एकमात्र र देशकै सबैभन्दा ठुलो नाका भएकाले समेत वीरगंजमा बारा, रौतहट, सर्लाही जिल्ला सहित छिमेकी देश भारतको रक्सौल, कोईरिया टोल, सिसहनिया, पटना, बेनौली, सुगौली लगायतको स्थानबाट पनि भारतिय भक्तजनहरुको उपस्थिति रहने गर्दछ । विहानदेखी गहवा युवा क्लबका भोलेन्टीयरहरु दर्शनार्थीहरुको भिड नियन्त्रणका लागी खटेका छन् ।

वीरगंजको गहवामाईसंगसंगै जिल्लाको विर्तामाई मन्दिर, विन्दवासिनी माई र मनसा माई मन्दिरमा समेत दर्शनार्थीहरुको घुईचो लागेको छ ।

यता चाडबाडको समयमा चोरी तथा अपराधिक गतिविधि हुन सक्ने अशंकामा विभिन्न ठाउँमा सादा पोसाकका प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सिमावर्ति क्षेत्रमा भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाईका साथ खटाइएको पर्सा प्रहरीले जनाएको छ ।


गायत्री अश्वमेघ महायज्ञ वीरगंज |वृतचित्र
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लक डाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TVकोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराईBirgunj Documentary (बृहतर वीरगंज परिकल्पना वृतचित्र)#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepalतराईमा बाल विवाह (वृतचित्र) आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदैकेरा खेती गरौँ लाखौँ आम्दानी गरौँ (वृतचित्र)निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादवमहिलाका लागी कतिको सुरक्षित वीरगंज (वृतचित्र)नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना र सफलताहाम्रो वीरगंज राम्रो वीरगंज #Ghadiarwa_Pokhari#Ghantagharहाम्रो वीरगंज राम्रो वीरगंजसुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)